मंसिर ३, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले २७औं वार्षिक साधारण सभा मंसिर २९ गते गर्ने भएको छ ।
कम्पनीले सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुुने जानकारी दिएको छ ।सभाले १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनीको सहायक कम्पनी बिओके क्यापिटल मार्केट लिमिटेडको आव २०७७/ ७८ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १० गते देखि २९ गतेसम्म बन्द रहने पनि कम्पनीले बताएको छ । यस आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।