काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ ।
पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ प्रतिशत नगद लाभांश कम्पनीले सम्बन्धित शेयरधनीले उल्लेख गरेको हितग्राही खातामा उपलब्ध गराएको बैंक खातामा जम्मा गरिदिएको हो ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयर दाखिला खारेज बन्द हुने मितिसम्म कायम रहेका शेयरधनीहरूको हितग्राही खातामा बैंक खाताको विवरण अध्यावधिक भएको हकमा नगद लाभांशबापतको रकम सम्बन्धित बैंक खातामा नै जम्मा भइसकेको कम्पनीले जानकारी दिएको छ ।
हालसम्म पनि भौतिक रूपमा नै शेयर प्रमाणपत्र राखेका वा हितग्राही खाता खोलेर पनि कम्पनीको शेयर अभौतिकीकरण नगराएका शेयरधनीले यथाशीघ्र शेयर अभौतिकीकरण गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि मात्रै नगद लाभांश बैंक खातामा प्राप्त हुनेछ । कम्पनीको शेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।