ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल मर्जरमा जाने, असार ३ गते विशेष साधारण सभा

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले र बिओके क्यापिटल लिमिटेड मर्जरमा जाने भएका छन् । मर्जर प्रस्ताव पारितका लागि दुवै कम्पनीले असार ३ गते विशेष साधारण सभा बोलाएका छन् ।  ग्लोबल आइएमई क्यापिटलले कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा बिहान ९ बजे र बिओके क्यापिटलले कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा बिहान ९ बजे सभा बोलाएका हुन् । बिओके क्यापिटलको १ कित्ता शेयर बराबर ग्लोबल आइएमई क्यापिटलको शून्य दशमलव ५३ कित्ता शेयर आदानप्रदान गर्दै यी दुई कम्पनी एक हुन लागेका हुन् । दुवै कम्पनीले सभामार्फत मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निणर्यसमेत गर्नेछन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक भएसँगै दुवै बैंकका सहायक कम्पनीसमेत एक हुन लागेका हुन् ।