एक सातादेखि धमिलो पानी प्रयोग गर्न बाध्य उपभोक्ता

काठमाडौँ – केही दिनयता ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारका बासिन्दा धमिलो पानी प्रयोग गर्न बाध्य छन् । ताप्लेजुङ बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वितरण गर्दै आएको खानेपानी झण्डै एक हप्तादेखि माटोको लेदोसहित धमिलो आइरहेको छ । दिनमा दुई समय बिहान र बेलुका उपभोक्ताका घरघरमा प्रवाह हुने पानी हप्तौँदेखि मैलो र धमिलो आएपछि बजारवासी तथा उपभोक्ता […]

सम्बन्धित सामग्री

मनाङको तापक्रम माइनस १६ डिग्री, बेंसी झर्न थाले स्थानीय

मनाङ । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करीब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ ।  प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामे आसपासका क्षेत्रमा माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । तापक्रम मापन गर्दा अत्यन्त कम देखाउँदै गएको उनले बताए । जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उनले बताए ।  प्रजिअ लामिछानेले भने, ‘चिसोले धारामा पानी जमेको छ भने खोलानालामा पनि पानी जम्दै गएको छ । बाटोमा हिउँ छ । सवारीसाधनको आवतजावत न्यून मात्रामा छ । पिउने पानी जोहो गर्नै मुस्किल हुन थालेको छ ।’ चिसो बढ्दै जाँदा यहाँका पूर्वाधार निर्माणका काम ठप्प भएको प्रजिअ लामिछानेले जानकारी दिए ।   चामे गाउँपालिकाले सूचना जारी गरी विकास निर्माणमा प्रयोग हुने सिमेन्टजन्य काम नगर्न आग्रह गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत नमनारायण मल्लले चिसोका कारण सिमेन्टसँग सम्बन्धित निर्माण कार्यमा समस्या हुने भएकाले काम बन्द गर्न भनिएको बताए ।   पूर्वाधार कार्यालय मनाङका प्रमुख जय विष्टले भने, ‘चिसो अत्यधिक छ । त्यसैले सिमेन्टजडित कार्य ठप्प भएको छ । योजनाको नापजाँच, परीक्षणको काम गरिरहेका छौं ।’  पहिलो हिमपात हुनासाथ यहाँका शैक्षिक संस्था बन्द भएका छन् । शैक्षिक संस्था बन्द भएपछि यहाँका अधिकांश स्थानीय जाडो छल्न जिल्लाबाहिर गएका छन् । यहाँका स्थानीय लमजुङ, काठमाडौं, पोखरातर्फ झर्ने क्रम जारी रहेको छ ।  चिसोका कारण स्थानीय तल झरेपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई प्रहरी चौकी सदरमुकाम सारिएको प्रजिअ लामिछानेले जानकारी दिए । उनका अनुसार नार्पाभूमिका अत्यावश्यक कामकाजका लागि सदरमुकामस्थित चामे गाउँपालिका–३ कोतोमा अस्थायी कार्यालय स्थापना गरी सेवा प्रवाह भइरहेको छ ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इकाई कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले चिसो बढिरहेको अवस्थामा पनि पर्यटकको आगमन भइरहेको बताए । ‘सिजन’मा भन्दा पर्यटकको आगमन कम भए पनि आउने क्रममा जारी रहेको उनले जानकारी दिए । उनले भने, ‘चिसोमा पनि दैनिक १५ देखि २० पर्यटक आएका छन् । बाटोमा केही मात्रामा हिउँ छ । हिउँ खेल्दै रमाउँदै पर्यटक थोराङ्ला भञ्ज्याङ, तिलिचो तालतर्फ जाने आउने भइरहेको छ ।’  माथिल्लो क्षेत्रमा रहेका होटल व्यवसायी पूर्ण रूपमा बन्द नभएको भुजेलले जानकारी र्दिए ।  पर्यटकलाई मौसमसम्बन्धी जानकारीका साथै बाटोमा हुनसक्ने जोखिमलाई मध्यनजर गरी यात्रा गर्न सुझाव दिँदै आएको उनले बताए ।  मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका किसान सोनाम लामाले धेरैजसो गाउँले तल झरेका बताउँछन् । आफूहरू घर कुर्ने र याकचौंरी हेर्न घरमै बसेको उनले बताए । उनले भने, ‘चिसोमा माउ चौंरी र युवा अवस्थाका याकलाई खुवाउन र बचाउन सजिलै हुन्छ । तर, चिसोमा बच्चालाई जोगाउन भने मुस्किल हुन्छ । ठूला पशुचौपायले पानी, घाँस आफै खोज्न सक्छन् ।’ ‘लामो समयसम्म हिमपात भयो भने अलिअलि जम्मा गरेर राखेको घाँस सकिन्छ र खान नपाई दुब्लाएर मर्ने गर्छन् । जाडो मौसममा बच्चालाई गोठ बनाएर राखिन्छ भने हिउँ बढी परे पनि ठूला पशुचौपायलाई हिउँमै छाड्नुपर्छ । जाडोमा घाँस कम हुने भएकाले दूध पनि कम हुने हुँदा बच्चालाई मात्र पुग्छ । हामीले यो समयमा दूध दुहँदैनौं,’ उनले भने, ‘लेकका खर्कबाट गाउँघर नजिक याकचौंरी ल्याइन्छ । नावर पनि याकचौंरीसँगै अलि तल नै झर्छन् । जसले गर्दा हिउँ चितुवा पनि पशुचौपाया नजिकै आहाराका लागि आउने गर्दछन् । यसबाट जोगाउन पनि हामी यहाँ बस्नुपर्ने हुन्छ ।’ यहाँ फागुनको पहिलो सातादेखि खेतीपातीको समय शुरु हुन्छ । त्यसबेला बेंसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ । हाल जिल्लाभर चार हजार तीन सय ९७ याकचौंरी रहेका भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख नरेन्द्र राईले जानकारी दिए । जाडो कम हुँदै गएपछि यहाँका स्थानीय पनि घर फर्कन थाल्छन् । रासस

पहिरोले मुहान पुरेपछि खानेपानी हाहाकार

प्यूठान नगरपालिका–७ पुण्यखोला गेग्राकी सीता थापा एक सातादेखि पानी अभावले चिन्तित छन् । पानीको मुहान पहिरोले पुरेपछि उनलाई समस्या भएको हो । घरमा आउने धाराको मुहान पुरिएपछि अहिले पानी जोहो गर्न निकै कठिन भइरहेको उनले बताइन् । मुहान रहेको स्थान पत्ता नलाग्ने गरी गेग्रानले पुरेको उनले बताइन् । ‘गाउँमा अहिले पिउने पानीको चर्को समस्या छ,’ उनले भनिन्, ‘पहिले प्रयोग गर्दै आएको मूल अब भेटिन्छ जस्तो लाग्दैन ।’

दूधकोशीमा सुक्खा पहिरो

ओखलढुंगा । दूधकोशी नदी किनारमा सुक्खा पहिरो झरेको छ । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका–३ मा पर्ने दूधकोशी नदी किनारमा करीब दुई सातादेखि सुक्खा पहिरो झरेको हो ।      दूधकोशी कोरिडोर सडकको चुने भन्ने ठाउँ नजिकै शुरू भएको सुक्खा पहिरो करिब २० दिनदेखि झरेको उँबुका स्थानीयवासी हर्कबहादुर राईले बताए । उनका अनुसार दशैंमा परेको वर्षा रोकिएपछि पहिरो शुरू भएको थियो । सो पहिरो हालसम्म अनुमानित २५० मिटरभन्दा अग्लो भएर झरिसकेको छ । एक साताअघिसम्म झरेको पहिरो अहिले केही रोकिएको छ । तर, सानो परिमाणमा झर्ने क्रम रोकिएको छैन । पहिराबाट झरेको ढुंगा, माटो सीधै दूधकोशीमा खसेका कारण नदीमा पानीको बहावसमेत केही मात्रामा रोकिएको छ । दूधकोशी कोरिडोरअन्तर्गत जयरामघाट–मोली सडक खनेकै ठाउँबाट पहिरो झर्न शुरू गरेको थियो । बेलाबेलामा ठूलो मात्रामा पहिरो खस्दा त्यसको धूलो उँबुको तल्लो भेग फकुलगाउँसम्म आइपुग्ने गरेको छ । पहिरोका कारण मानेभन्ज्याङ गाउँपालिका–६ मा पर्ने रिब्दोम गाउँको करिब १२ घर जोखिममा छन् । त्यसैगरी सोदु कुरुब्वामलुङ गाउँका स्थानीयवासी र विद्यार्थी विद्यालय जाने, अर्काे गाउँ जाने बाटो नै बन्द भएको छ । खचापुलगायत गाउँलेहरू जयरामघाट बजार जान एक घण्टाभन्दा बढी समय घुमेर पहिरोको शिरबाट जोखिमयुक्त बाटो प्रयोग गर्न बाध्य भएका छन् । पहिरोबाट झरेको ढुंगा, माटोले दूधकोशी नदीको करीब २० प्रतिशत बहाव रोकेको जयरामघाटका स्थानीय मिलन राईले बताए । पानीको बहाव छेकेपछि नदीको पानी खोटाङको हलेसी तुवाचुङ नगरपालिकातर्फ पर्ने जंगल पसेर बग्न थालेको छ । यो ठाउँमा पहिले पहिरो खासै नभएकाले सडक खनेकै कारण पहिरो शुरू भएको अनुमान गरिएको छ । रासस

हिमालयन स्प्रिङ वाटर पुनः सञ्चालन

एक दशकदेखि बन्द रहेको रसुवाको धुन्चेस्थित हिमालयन स्प्रिङ वाटर प्रालि आगामी असोेजको दोस्रो सातादेखि पुनः सञ्चालनमा आउने भएको छ । अब यसको नाम हिमालयाज स्प्रिङ वाटर हुनेछ । कोरियन लगानीमा स्थापित यस कम्पनीले हिमालयाज वन टप ब्रान्डको पानी उत्पादन गर्नेछ । ४० करोड रुपैयाँको लगानी रहेको यस कम्पनीको पानी उत्पादन तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । यसले प्रयोग गर्ने पानीको मुहान लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ । कम्पनीका महाप्रबन्धक गंगा धितालका अनुसार कम्पनीले अहिले स्प्रिङ वाटरको परीक्षण उत्पादन गरिरहेको छ । ‘कम्पनीमा नयाँ उपकरण जडान, मर्मत र नयाँ थप्ने काम भइरहेको छ,’ धितालले भने । सुरुमा दैनिक ५०हजार बोटल स्प्रिङ वाटर उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । दैनिक उत्पादन क्षमता एक लाख बोटल रहेको कम्पनीले परीक्षणको रूपमा थोेरै उत्पादन गर्न लागेको हो । नौ सय मिलिमिटर पानीको बोटलको मूल्य ३५ देखि ४० रुपैयाँसम्म पर्ने धितालले बताए । निर्यात गर्ने उद्देश्यले उत्पादन सुरु गरिएको भए पनि हाललाई नेपाली बजारमा पनि विक्रीवितरण हुने कम्पनीले बताएको छ । सन् १९९८ मा कोरियाको नारा इन्टरनेसनल हिमालयन स्प्रिङ वाटर र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा कम्पनी स्थापना भएको थियो । राष्ट्रिय वाणिज्य बैंकको ऋणमा स्थापना भएको कम्पनीले २००० देखि उत्पादन सुरु गरेको थियो । वर्ष ५, अंक ४६, २०६७, साउन ३–९

बेनी अस्पतालमा एचडीयू र अक्सिजनसहितको आइसोलेशन

म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडीयू) र अक्सिजनसहितको २० शय्याको छुट्टै आइसोलेशन कक्ष सञ्चालन गरिएको छ । बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको ५/५ लाख सहयोगमा अस्पतालको निर्माणाधीन भवनको पाँच कोठामा आइसोलेशन सञ्चालन गरिएको हो । तीन कोठा बिरामी राख्न र दुई कोठा स्वास्थ्यकर्मी तथा चिकित्सकका लागि तयार पारिएको छ । निर्माणाधीन भवनका कोठा रङरोगन, पार्टेसन, शौचालय निर्माण, पानी र विद्युत् जडान गरेर आइसोलेशन शुरू गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘दुईओटा एचडीयू शøया भएको आइसोलेशन कक्षका सबै शय्यामा सिलिण्डरका साथै प्रशोधन केन्द्रबाट पाइपमार्फत सीधै अक्सिजन आपूर्ति हुन्छ,’ उनले भने, ‘एक–दुई दिनमा कोरोना संक्रमित महिलाको शल्यक्रियामार्फत प्रसुति सेवा शुरू गरिन्छ ।’ प्रदेश सरकारले विनियोजन गरेको ३० लाख बजेटबाट आइसोलेशनको क्षमता बढाउने तयारी भएको अध्यक्ष कटुवालले बताए । आइसोलेशनमा दशओटा विद्युतीय शय्या जडान गरिएको छ । साथै गतवर्ष शैक्षिक तालीम केन्द्रमा स्थापना गरिएको आइसोलेशनका सामग्री पनि प्रयोग भएको छ ।  कोरोना संक्रमितको मात्र उपचार गर्न छुट्टै आइसोलेशन कक्ष सञ्चालन भएपछि अस्पतालका अन्य नियमित सेवालाई निरन्तरता दिन सहज हुने बताइएको छ । यसअघि आकस्मिक र अन्तरंग कक्ष (बिरामी वार्ड)का साथै बरण्डामा शøया राखेर कोरोना संक्रमितको उपचार गरिएको थियो । अस्पताल परिसरमा अक्सिजन प्रशोधन केन्द्र सञ्चालन भएको छ । समुदायस्तरबाट अक्सिजन र कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने उपकरण प्राप्त भइरहेको छ । आइसोलेशनमा बुधवारसम्ममा १९ जना उपचाररत छन् । चिकित्सक र स्वास्थ्यकर्मीहरूको सहज पहुँच र निगरानी हुने भएकाले अस्पतालकै भवनमा आइसोलेशन बनाउन चिकित्सकले सुझाव दिएका थिए । अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले अस्पताल परिसरमै भएको आइसोलेशनमा जनशक्ति व्यवस्थापन र उपचारमा सहज हुने बताए । जिल्लामै संक्रमितको उपचार हुन थालेपछि विपन्न समुदायका नागरिकलाई राहत मिलेको छ । अस्पतालले वैशाख तेस्रो सातादेखि फिवर क्लिनिक सञ्चालन गरेको छ । छुट्टै ब्लकको भवनमा सञ्चालित बहिरंग, शल्यक्रिया लगायत सेवालाई प्रभावित हुन दिइएको छैन । सदरमुकाम बाहिरका अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिकाले आफ्नो क्षेत्रभित्र करीब १०० शøया क्षमताको आइसोलेशन केन्द्र सञ्चालन गरेर कोरोना संक्रमितको गाउँमै उपचार गर्न थालेका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड महांकालद्वारा वितरण गरिएको खानेपानीमा ढल

काठमाडौं / काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) वितरण केन्द्र महांकाल चौरले वितरण गरेको पिउने पानीमा फोहोर र ढल मिसिएको भेटिएको छ । गौरीघाट कुमारीगाल संगम टोल क्षेत्रका करिब दुई सय घरमा जडान गरिएको खानेपानीको धारोमा ढल र फोहरयुक्त पानी आउने गरेको हो । सातादेखि धारोमा प्रयोग गर्न लायक पानी नआएको स्थानीयको भनाइ छ । घरघरको... The post काठमाडौं उपत्यका खानेपानी लिमिटेड महांकालद्वारा वितरण गरिएको खानेपानीमा ढल appeared first on Purbeli News.

काठमाडौं उपत्यका खानेपानी लिमिटेड महांकालद्वारा वितरण गरिएको खानेपानीमा ढल

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) वितरण केन्द्र महांकाल चौरले वितरण गरेको पिउने पानीमा फोहोर र ढल मिसिएको भेटिएको छ । गौरीघाट कुमारीगाल संगम टोल क्षेत्रका करिब दुई सय घरमा जडान गरिएको खानेपानीको धारोमा ढल र फोहरयुक्त पानी आउने गरेको हो ।  सातादेखि धारोमा प्रयोग गर्न लायक पानी नआएको स्थानीयको भनाइ छ ...