बेनी अस्पतालमा एचडीयू र अक्सिजनसहितको आइसोलेशन

म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडीयू) र अक्सिजनसहितको २० शय्याको छुट्टै आइसोलेशन कक्ष सञ्चालन गरिएको छ । बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको ५/५ लाख सहयोगमा अस्पतालको निर्माणाधीन भवनको पाँच कोठामा आइसोलेशन सञ्चालन गरिएको हो । तीन कोठा बिरामी राख्न र दुई कोठा स्वास्थ्यकर्मी तथा चिकित्सकका लागि तयार पारिएको छ । निर्माणाधीन भवनका कोठा रङरोगन, पार्टेसन, शौचालय निर्माण, पानी र विद्युत् जडान गरेर आइसोलेशन शुरू गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘दुईओटा एचडीयू शøया भएको आइसोलेशन कक्षका सबै शय्यामा सिलिण्डरका साथै प्रशोधन केन्द्रबाट पाइपमार्फत सीधै अक्सिजन आपूर्ति हुन्छ,’ उनले भने, ‘एक–दुई दिनमा कोरोना संक्रमित महिलाको शल्यक्रियामार्फत प्रसुति सेवा शुरू गरिन्छ ।’ प्रदेश सरकारले विनियोजन गरेको ३० लाख बजेटबाट आइसोलेशनको क्षमता बढाउने तयारी भएको अध्यक्ष कटुवालले बताए । आइसोलेशनमा दशओटा विद्युतीय शय्या जडान गरिएको छ । साथै गतवर्ष शैक्षिक तालीम केन्द्रमा स्थापना गरिएको आइसोलेशनका सामग्री पनि प्रयोग भएको छ ।  कोरोना संक्रमितको मात्र उपचार गर्न छुट्टै आइसोलेशन कक्ष सञ्चालन भएपछि अस्पतालका अन्य नियमित सेवालाई निरन्तरता दिन सहज हुने बताइएको छ । यसअघि आकस्मिक र अन्तरंग कक्ष (बिरामी वार्ड)का साथै बरण्डामा शøया राखेर कोरोना संक्रमितको उपचार गरिएको थियो । अस्पताल परिसरमा अक्सिजन प्रशोधन केन्द्र सञ्चालन भएको छ । समुदायस्तरबाट अक्सिजन र कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने उपकरण प्राप्त भइरहेको छ । आइसोलेशनमा बुधवारसम्ममा १९ जना उपचाररत छन् । चिकित्सक र स्वास्थ्यकर्मीहरूको सहज पहुँच र निगरानी हुने भएकाले अस्पतालकै भवनमा आइसोलेशन बनाउन चिकित्सकले सुझाव दिएका थिए । अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले अस्पताल परिसरमै भएको आइसोलेशनमा जनशक्ति व्यवस्थापन र उपचारमा सहज हुने बताए । जिल्लामै संक्रमितको उपचार हुन थालेपछि विपन्न समुदायका नागरिकलाई राहत मिलेको छ । अस्पतालले वैशाख तेस्रो सातादेखि फिवर क्लिनिक सञ्चालन गरेको छ । छुट्टै ब्लकको भवनमा सञ्चालित बहिरंग, शल्यक्रिया लगायत सेवालाई प्रभावित हुन दिइएको छैन । सदरमुकाम बाहिरका अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिकाले आफ्नो क्षेत्रभित्र करीब १०० शøया क्षमताको आइसोलेशन केन्द्र सञ्चालन गरेर कोरोना संक्रमितको गाउँमै उपचार गर्न थालेका छन् ।

सम्बन्धित सामग्री

अमेरिकापछि इंग्ल्याण्डमा पनि आइसोलेशन अवधि पाँच दिन

इंग्ल्याण्डमा कोरोना संक्रमण पोजिटिभ भएकाहरुकाहरुका लागि  आइसोलेशन अवधि घटाइएको छ । यसअघि   १४ दिनबाट  १० दिन हुँदै आइसोलेशन अवधिलाई घटाएर सात दिनमा झारिएको थियो । बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले आउँदो सोमबारबाट लागू हुनेगरी नयाँ नियमको घोषणा गरेका हुन् । सोमबारबाट कोरोना संक्रमण पोजिटिभ भएका मानिसहरुले पाँच दिन आइसोलेशन बसेर पाँचौ र छैटौं दिनको  नेगेटिभ ‘ल्याटेरल […]

चितवनमा खाली हुँदै आइसोलेशन

जिल्लामा कोरोना सङ्क्रमण बढ्दै जाँदा स्थानीय तहहरूले स्थापना गरेका आइसोलेशन खाली हुँदै गएका छन् । यहाँका आइसोलेशन र अस्पतालमा सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ । जिल्लामा सात स्थानीय तहहरूले कोरोना कहरको समयमा स्थानीयको उपचारका लागि भन्दै स्थानीय तहमै आइसोलेशन सञ्चालनमा ल्याएका थिए ।सात स्थानीय तहमध्ये अहिले पाँच स्थानीय तहका आइसोलेशनमा बिरामीको सङ्ख्या शून्य छ । स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती

रुकुम पूर्वका सबै आइसोलेशन खाली

पछिल्लो समय भूमे गाउँपालिको आइसोलेशन र रुकुम पूर्व अस्पतालको आइसोलेशनका सङ्क्रमित डिस्चार्ज भएकाले त्यहाँका वार्ड खाली भएका हुन्। सिस्ने गाउँपालिकाले भने आइसोलेशन अस्पताललाई नै हस्तान्तरण गरेकामा त्यहा कोभिड सङ्क्रमितको उपचार हुँदै आएको छ।

रुकुम पूर्वका सबै आइसोलेशन खाली

कोरोना सङक्रमित बिरामीका लागि बनाइएका यहाँका आइसोलेशन वार्ड अहिले खाली भएको छ । पछिल्लो समय भूमे गाउँपालिको आइसोलेशन र रुकुम (पूर्व) अस्पतालको आइसोलेशनका सङ्क्रमित डिस्चार्ज भएकाले त्यहाँका वार्ड खाली भएका हुन् । सिस्ने गाउँपालिकाले भने आइसोलेशन अस्पताललाई नै हस्तान्तरण गरेकामा त्यहा कोभिड सङ्क्रमितको उपचार हुँदै आएको छ ।जिल्लास्थित सबै आइसोलेशनमा रहेका सङ्क्रमित निको भई डिस्चार्ज भइसकेका र नयाँ सङ्क्रमित भर्ना नभएकाले साउन ३२ गतेदेखि नै ती वार्ड खाली भएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति

भैरहवामा कोभिड आइसोलेशन सेन्टर सञ्चालनमा

सेवा इन्टरनेशनल नेपाल र हिन्दु स्वयंसेवक संघ नेपालले भैरहवास्थित केशवधाममा १५ श्ययाको कोभिड आइसोलेशन सेन्टर निर्माण गरी सञ्चालनमा ल्याएको छ । हिन्दु स्वयंसेवक संघ नेपालको सिद्धार्थनगर–१३ सेवापथस्थित नवनिर्मित कार्यालय भवनमा आइसोलेशन सेन्टर सञ्चालनमा ल्याइएको संघका विभाग कार्यवाह रविकान्त उपाध्यायले बताए ।आइसोलेशन सेन्टरको मंगलबार लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले उद्घाटन गर्दै  विषम परिस्थितिमा हिन्दु स्वयंसेवक संघ र सेवा इन्टरनेशनलले आइसोलेश

१० श्ययाको आइसोलेशन तयार

पोखरा, २९ वैशाख: गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएशनले आफ्नो कार्यालय भवनमा १० श्ययाको आइसोलेशन तयार गरेको छ । कोरोना सङ्क्रमण भएका विपन्न परिवार वा डेरामा बस्नेलाई समस्या देखिएकाले उनीहरुको प्रयोजनका लागि आइसोलेशन तयार गरिएको एसोसिएशनका अध्यक्ष राजन गोगंजुले जानकारी दिए । गोगंजुका अनुसार एसोसिएशनको पोखरा महानगरपालिका–१४ चाउथेमा रहेको भवनलाई आइसोलेशन सेन्टर बनाइएको हो । जटिल […]

तुलसीपुरमा आइसोलेशन सञ्चालन

दाङ, २८ वैशाख: तुलसीपुर उपमहानगरपालिकाले कोरोनाका सङ्क्रमितलाई लक्षित गरेर २५ श्ययाको आइसोलेशन अस्पताल सञ्चालनमा ल्याएको छ । तुलसीपुर नगरपालिका–८ को अश्वारा सोमबार रातिदेखि अस्पताल सञ्चालनमा आएको हो । तुलसीपुर मेट्रो अस्पताल सञ्चालनका लागि बनाइएको भवनमा आइसोलेशन सञ्चालनमा ल्याइएको नगरप्रमुख घनश्याम पाण्डेले बताए । “केही निर्माणको काम बाँकी थियो त्यसलाई चौबिसै घण्टा काम गरेर सम्पन्न गरेपछि […]

आइसोलेशन निर्माणको तयारीमा जुट्दै जनप्रतिनिधि

कोरोना संक्रमणको दर दिनप्रतिदिन बढेसंगै धादिङका स्थानीय तहले आइसोलेशन निर्माणमा जुटेका छन् । देशका विभिन्न स्थानका अस्पतालमा वेड र अक्सिजन सुविधा नपाउँदा दिनहुँ कोरोना संक्रमित बिरामीको मृत्यु हुन थालेपछि अक्सिजनसहितको आइसोलेशन तयार गरेका हुन् ।...

वीरगंजका संक्रमितका लागि सय बेडको आइसोलेशन तयार

वीरगंज : प्रदेश २ को एक मात्र वीरगंज महानगरपालिकाले सय बेडको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याउने तयारी गरेको छ। केन्द्र सरकारले हरेक पालिकाले आफनो आफनो छुटाछुटै आइसोलेशन बनाउनुपर्ने निर्देशन दिएपछि वीरगंजका मेयर विजयकुमार सरावगीको सक्रियतामा वीरगंज घडिअर्वापोखरी नजिकै गोपालमण्डलीमा सय वेडको आइसोलेशन निर्माण गर्ने काम पुरा भएको हो। ‘करिब सय जना…

डोटीमा १२ श्ययाको आइसोलेशन स्थापना

डोटी, १३ बैशाख । जिल्ला अस्पतालमा १२ श्ययाको आइसोलेशन कक्ष स्थापना गरिएको छ । कोरोना सङ्क्रमण देखिएका व्यक्तिलाई उपचार गर्नका लागि अस्पतालले उक्त आइसोलेशन कक्ष स्थापना गरेको हो । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भारतबाट रोजगारी गरी घर फर्किएका अधिकांश नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेपछि जिल्लामा पनि सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने भन्दै आइसोलेशन कक्ष स्थापना गरिएको […]