चामेबाट देखिएको लमजुङ हिमाल

मनाङको सदरमुकाम चामेबाट देखिएको लमजुङ हिमाल । तस्बिर : नविन लामिछाने, मनाङ, रासस

सम्बन्धित सामग्री

तस्वीर : आकर्षक देखिएको पर्यटकीय घलेगाँउ

समुद्री सतहदेखि २ हजार १०० मिटर उचाईमा रहेको लमजुङ क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँ । यतिबेला घलेगाउँमा पर्यटकले यहाँ सञ्चालित घरवास भरिभराउ भएको छ । लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा रहेको दक्षिण एशियाकै नमूना घलेगाउँले सबैकाे मन लाेभ्याउँछ । यहाँबाट लमजुङ, मनास्लु, अन्नपुर्ण, माछापुच्छ्रे, गणेश हिमाल आदि दर्जर्नौ हिमश्रृङ्खलाहरुको आँखै अगाडिबाट अवलोकन गर्न सकिन्छ ।तस्वीर : रासस

तस्वीर– टल्कँदै लमजुङ हिमाल

लामो समयपछि मौसम खुलेसँगै आइतबार बिहान लमजुङ बेंसीशहरबाट देखिएको टल्किँदै गरेको लमजुङ हिमाल । यी लगायत दर्जनौँ हिमाल हेर्नकै लागि विदेशी पर्यटकसमेत आउने गरे पनि यतिबेला कोरोना सङ्क्रमणका कारण लामो समयदेखि पर्यटक आएका छैनन् । तस्वीर : रासस

तस्वीर : लमजुङ हिमालको दृष्य

लामो समयपछि मौसम खुलेसँगै आइतवार बिहान लमजुङ बेंसीशहरबाट देखिएको टल्किँदै गरेको लमजुङ हिमाल । यी लगायत दर्जनौं हिमाल हेर्नकै लागि विदेशी पर्यटकसमेत आउने गरे पनि यतिबेला कोरोना संक्रमणका कारण लामो समयदेखि पर्यटक आएका छैनन् । तस्वीर : रासस

तस्वीर – मुस्कुराउँदै लमजुङ हिमाल

बादल फाटेसँगै बेँसीशहर नगरपालिका– ८ बाट शुक्रबार बिहान देखिएको लमजुङ हिमाल । तस्बिरः रासस

मनाङमा ट्रक दुर्घटना, एक बालक र दुई महिलाको निधन

लमजुङ । हिमाल पारीको जिल्ला मनाङमा भएको ट्रक दुर्घटना एक बालक र दुई महिला गरी ३ जनाको निधन भउको छ । मनाङको नासों गाउँपालिका– ३ को खोत्रोमा सो दुर्घटना शनिबार साँझ भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी दुई बालक सहित ५ जना घाइते भएको प्रहरी भनाई छ । उक्त दुर्घटनामा परी मनाङको नासों गाउँपालिका– […] The post मनाङमा ट्रक दुर्घटना, एक बालक र दुई महिलाको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

बिहानीपख देखिएको लमजुङ हिमाल [तस्वीर]

लमजुङ बेँसीशहर नगरपालिका– ८ जिल्ला अस्पताल परिसरबाट आइतबार बिहान देखिएको लमजुङ हिमाल ।यस जिल्लाका विभिन्न स्थानबाट दर्जनौँ सुन्दर हिमाल हेर्नकै लागि पर्यटकहरु आउने गरेका छन् । तस्विर : रासस

हिउँ नपर्दा किसान चिन्तित, हिमालमा हिउँ छैन, सेता हिमाल काला हुँदै

यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी मरुभूमि जस्ता भएका छन् । हिउँले ढाकिएका जमिनमा रसिलो माटो अनि खेतबारीमा मल भिज्नाले बाली फस्टाउने यहाँका किसान बताउँछन् । “सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन”, किसान याङ्डु गुरुङले भन्नुभयो । विगतमा मङ्सिर शुरु नहुँदै डाँडाकाँडा हिउँले सेताम्मे हुन्थ्यो । चारैतिर सेता हिमाल टल्किन्थे । केही वर्षयता भने हिउँ कम पर्न थालेको छ । यसपालि हिमपात नहुँदा सेता हिमाल कालापत्थरमा परिणत भएको छ । अन्नपूर्ण हिमशृङ्खलामा पर्ने हिमालमा अन्नपूर्ण दोस्रो, तेस्रो, चौथो, गङ्गापूर्ण, लमजुङ हिमाल छन् । अन्य ससाना चुचुरा छन् ।

निर्वाचन लोकतान्त्रिक बाटो : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्वाचनमा जाने कुरा असंवैधानिक नभई लोकतान्त्रिक बाटो भएको बताएका छन् । लमजुङ हिमाल सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो चौतारी ९१.४ मेगाहर्जको १०औँ वार्षिक साधारणसभाको आज बेँसीशहरमा उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले समृद्धिको बाटोमा रहेको सरकारलाई काम गर्न नदिने र प्रधानमन्त्रीलाई थाहै नदिइ अविश्वासको प्रस्ताव दर्ता गर्न खोजेपछि प्रधानमन्त्रीसँग संसद् विघटनबाहेक अर्को बाटो नभएको बताए ।मुख्यमन्त्री गुरुङले भने, ‘सुखी नेपाली र