समुद्री सतहदेखि २ हजार १०० मिटर उचाईमा रहेको लमजुङ क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँ । यतिबेला घलेगाउँमा पर्यटकले यहाँ सञ्चालित घरवास भरिभराउ भएको छ । लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा रहेको दक्षिण एशियाकै नमूना घलेगाउँले सबैकाे मन लाेभ्याउँछ । यहाँबाट लमजुङ, मनास्लु, अन्नपुर्ण, माछापुच्छ्रे, गणेश हिमाल आदि दर्जर्नौ हिमश्रृङ्खलाहरुको आँखै अगाडिबाट अवलोकन गर्न सकिन्छ ।तस्वीर : रासस
लामो समयपछि मौसम खुलेसँगै आइतबार बिहान लमजुङ बेंसीशहरबाट देखिएको टल्किँदै गरेको लमजुङ हिमाल । यी लगायत दर्जनौँ हिमाल हेर्नकै लागि विदेशी पर्यटकसमेत आउने गरे पनि यतिबेला कोरोना सङ्क्रमणका कारण लामो समयदेखि पर्यटक आएका छैनन् । तस्वीर : रासस
लामो समयपछि मौसम खुलेसँगै आइतवार बिहान लमजुङ बेंसीशहरबाट देखिएको टल्किँदै गरेको लमजुङ हिमाल । यी लगायत दर्जनौं हिमाल हेर्नकै लागि विदेशी पर्यटकसमेत आउने गरे पनि यतिबेला कोरोना संक्रमणका कारण लामो समयदेखि पर्यटक आएका छैनन् । तस्वीर : रासस
लमजुङ बेँसीशहर नगरपालिका– ८ जिल्ला अस्पताल परिसरबाट आइतबार बिहान देखिएको लमजुङ हिमाल ।यस जिल्लाका विभिन्न स्थानबाट दर्जनौँ सुन्दर हिमाल हेर्नकै लागि पर्यटकहरु आउने गरेका छन् । तस्विर : रासस