'एमसीसीका कारण देश नै द्वन्द्वमा जान सक्नेतर्फ बेलैमा सचेत बनौँ'

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीको विषय पर्यटन क्षेत्रमा पनि प्रवेश गरेको छ । नेपाल ट्रेकिङ ट्राभल्स र्‍याफ्टिङ, एयरलाइन्स, सांस्कृतिक, पुरातात्त्विक कार्गो, कुरियर श्रमिक युनियन यूनिट्राभको तेह्रौँ राष्ट्रिय अधिवेशनमा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले एमसीसीका कारण देश नै द्वन्द्वमा जान सक्नेतर्फ बेलैमा सचेत बनेर राजनीतिक नेतृत्वले उचित निर्णय लिनुपर्ने बताएका हुन् । उनले मुलुकलाई भड्काउन लागिपरेकाहरूप्रति सचेत बन्दै सार्वभौमिकता रक्षा, विका

सम्बन्धित सामग्री

‘दुई पार्टी सिस्टम लागू गर्ने षड्यन्त्र हुँदैछ, यो चुनाव जीवन मरणको लडाइँ’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक प्रशिक्षणका लागि देश दौडाहामा छन् । एमसीसीका कारण दुई ध्रुवमा बाँडिएको पार्टी पङ्क्तिलाई एक ढिक्का बनाएर चुनावमा केन्द्रित गर्ने प्रयासमा प्रचण्ड रहेका छन् । पार्टीको निर्णयानुसार प्रदेश १, बागमती, कर्णालीदेखि सुदूरपश्चिम प्रदेशमा विशेष प्रशिक्षण दिइसकेका प्रचण्डले बुधबार काठमाडौँमा गैरभौगोलिक ३ प्रदेशको संयुक्त प्रशिक्षण कार्यक्रममा पार्टीका नेता कार्यकर्तामा देखिएको विचलन, चुनावी रणनीतिदेखि विविध विषयमा

एमसीसी पारित भएपछि म निकै खुसी छु, देश दुर्घटनाबाट बच्यो: प्रचण्ड

निजी निवास खुमलटारमा सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष दाहालले एमसीसीका कारण राजनीतिक दलहरु र समाज नै विभाजित भई प्राप्त उपलब्धि पनि गुम्ने खतरा पैदा भएको बताएका हुन्।

धनगढी पुगेर पाण्डेले भने- एमाले सरकारमा जान इच्छुक छैन

कैलाली। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकारमा जान इच्छुक नभएको बताएका छन् । पछिल्लो पटक एमसीसीका कारण गठबन्धन कमजोर भइरहेको बताइएका बेला उनले एमाले सरकारमा जान इच्छुक नभएको प्रतिक्रिया दिएका हुन् । प्रेस चौतारी नेपाल कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘एमाले सरकार जना इच्छुक छैन तर एमाले नभई देश नचल्ने अवस्था सृजना […]

सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जान्छ : नेता खनाल

काठमाण्डाै – सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जाने चेतावनी दिनुभयो । आज शुक्रवार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेकपा एमालेसँग सहमति गरेर एमसीसी पास गरेपछि देशमा शान्ति कायम हुन्छ भन्ने सपना देख्नु कांग्रेसको दिवासपना मात्र भएको जिकिर गर्नुभयो ।  सम्मानित नेता खनालले एमसीसीका कारण अहिले समाज, देश, राजनीतिक पार्टी र संसद् विभाजित बनिरहेको उल्लेख गर्दै यस्तो बेलामा नेपाल एकताबद्ध हुनुपर्ने बताउनुभयो ।...

झलनाथको प्रश्न : एउटा आर्थिक सम्झौताले देश विभाजित गर्न मिल्छ ?

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकाका कारण सिंगो नेपाल र नेपाली जनता विभाजित भएको बताएका छन् ।  आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल भएपछि नेता खनालले एमसीसीका कारण नेपाल र नेपाली जनता दुई भागमा विभाजित भएको प्रतिक्रिया दिएका हुन् ।  ‘अमेरिकाको दवाबले अहिले सिंगो नेपाल विभाजित भयो । सडकमा आन्दोलन चलिरहेको छ’, खनालले भने, ‘मान्छेका टाउका फुटिरहेका छन् । यहाँ संसद पनि विभाजित भएको छ ।’ नेता खनालले यसरी देशलाई विभाजित गरेर एमसीसी टेबल गर

एमसीसीका कारण गठबन्धन भत्कनसक्ने

काठमाडौं, २२ भदौ । एमसीसीबारे सत्ता गठबन्धनका मुख्य दुई नेताबीच फरक खालको भनाई एकैदिन आएपछि राजनीति तरंगित भएको छ । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अगाडि बढाउनुपर्ने भन्दै अनावश्यक राजनीति नगर्न आग्रह गरे । मंगलबार काँग्रेस संसदीय दलको बैठकमा बोल्दै देउवाले देश विकासका लागि अनुदान ल्याएर ऋण घटाउने भएकाले एमसीसी बढाउनुपर्ने […]