सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जान्छ : नेता खनाल

काठमाण्डाै – सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जाने चेतावनी दिनुभयो । आज शुक्रवार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले नेकपा एमालेसँग सहमति गरेर एमसीसी पास गरेपछि देशमा शान्ति कायम हुन्छ भन्ने सपना देख्नु कांग्रेसको दिवासपना मात्र भएको जिकिर गर्नुभयो ।  सम्मानित नेता खनालले एमसीसीका कारण अहिले समाज, देश, राजनीतिक पार्टी र संसद् विभाजित बनिरहेको उल्लेख गर्दै यस्तो बेलामा नेपाल एकताबद्ध हुनुपर्ने बताउनुभयो ।...