नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अमेरिकाका कारण सिंगो नेपाल र नेपाली जनता विभाजित भएको बताएका छन् । आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल भएपछि नेता खनालले एमसीसीका कारण नेपाल र नेपाली जनता दुई भागमा विभाजित भएको प्रतिक्रिया दिएका हुन् । ‘अमेरिकाको दवाबले अहिले सिंगो नेपाल विभाजित भयो । सडकमा आन्दोलन चलिरहेको छ’, खनालले भने, ‘मान्छेका टाउका फुटिरहेका छन् । यहाँ संसद पनि विभाजित भएको छ ।’ नेता खनालले यसरी देशलाई विभाजित गरेर एमसीसी टेबल गर