विराटनगर : विराटनगरस्थित विराट नर्सिङ होममा एक महिलाको पाठेघरबाट नौ किलो २०० ग्रामको फाइब्रोड नामक ट्युमर शल्यक्रिया गरी झिकिएको छ।मोरङको पथरी शनिश्चरे नगरपालिका–४ निवासी ३९ वर्षीया महिलाको पेटबाट अस्पतालका चिकित्सक ज्ञानेन्द्रमान सिंह कार्कीको नेतृत्वमा आज सफल शल्यक्रिया भएको हो।करिब एक घण्टा २० मिनेट लगाएर गरिएको शल्यक्रियामा डा. भानु न्यौपाने, डा. वात्सल्य अर्याल, डा. फारिदा खातुनलगायतको टिम सहभागी थियो। सफल शल्यक्रियापछि डा. कार्कीले यति धेरै वजनको मासुको थुप्रो लिएर ती महिला