काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिले २०८२ असार १९ गते गरेको नेपाल औषधी लिमिटेड र त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित छात्रावासको मेसको स्थलगत अनुगमनका सम्बन्धमा छलफल हुनेछ ।
टीकापुर– कैलालीका जानकी गाउँपालिका–५ पहाडीपुरका नारायण जोशीको परिवारको मुख्य आम्दानीको स्रोत सागसब्जी खेती हो । बाइस वर्षअघि उनका पिताले थालेको सागसब्जी खेतीलाई उनले व्यावसायिक रूपमा अघि बढाएका छन् । रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले किसानलाई खेतीमा हौसला मात्र होइन व्यावसायिक बन्न सघाएको छ । आयोजनाको सहयोग पाएका किसान खेतीमा प्रविधि र नयाँ […]