हिमाल आरोहणबाट आम्दानी

पछिल्लो पटक आएका समाचारका अनुसार यसपालिको वसन्त ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण गर्न आएका विदेशी तथा स्वदेशी पर्वतारोहीबाट नेपाल सरकारले ४८ करोड १ लाख १९ हजार ५ सय १ नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा सलामी दस्तुरबाट मात्रै आम्दानी गर्न सफल भएको छ । तथ्यांक हेर्दा यो वर्ष स्वदेशी तथा विदेशी पर्वतारोहीबाट वसन्त ऋतुमा मात्रै नेपाल सरकारले […]

सम्बन्धित सामग्री

हिमाल आरोहण गर्न ९०३ ले लिए अनुमति

काठमाडौं  । २०२३ को वसन्तऋतु शुरू भएसँगै mount everest आरोहणका लागि अनुमति लिने क्रम बढेको छ । पर्यटन विभागका अनुसार हालसम्म नेपालसहित ५८ मुलुकका पर्वतारोहीले सगरमाथा आरोहण अनुमति लिएका हुन् ।  विभागले ७२ महिलासहित ३९६ जनालाई यो सिजनमा सगरमाथा चढ्न अनुमति दिएको छ । अनुमति लिएको ७५ दिनसम्ममा पर्वतारोहीले सगरमाथा आरोहण गरिसक्नुपर्छ । वसन्त ऋतुमा आरोहीले खासगरी सगरमाथा आरोहण गर्न बढी रुचाउँछन् । विभागले ६ हजार मीटरभन्दा अग्ला अन्य हिमाल र हिमचुचुरा आरोहणका लागि पनि अनुमति जारी गर्छ ।  यो सिजनमा सगरमाथा आरोहण अनुमतिबाट विभागले ५५ करोड ३७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सगरमाथा सहित २३ ओटा हिमाल तथा चुचुरा आरोहण अनुमति जारी गर्दा विभागले कुल ६४ करोड ४८ लाख राजस्व संकलन गरेको छ । सगरमाथा आरोहणका लागि पर्वतारोहीले अन्य हिमाल तथा चुचुराको तुलनामा बढी राजस्व बुझाउनुपर्ने हुँदा यसबाट हुने आम्दानी बढी नै हुन्छ ।  यो सिजनमा कुल ९०३ पर्वतारोहीले विभागबाट अनुमति पाएका छन् । सगरमाथापछि बढी आरोहीको रोजाइमा परेको हिमाल ल्होत्से हो । विभागका अनुसार ल्होत्से आरोहणका लागि ८० पर्वतारोहीले अनुमति लिएका छन् ।  विभागले अन्नपूर्ण, सुर्मासरोवर, पाँग्री गोल्डुम्बा, मनासलु, थोरोङ पिक, बरूण त्से, नुप्त्से, हिमलुंग हिमाल, धवलागिरि, थापा पिक, अमादब्लम, मकालु, अरनिको चुली, पुमोरीलगायत हिमाल आरोहणका लागि अनुमति दिएको छ ।

हिमाल आरोहणमा आकर्षण

नेपालमा मानिसले आफ्नो जन्मथलोभन्दा टाढाको देशमा गएर लाखौंलाख खर्च गरेर कैयौं दिन लगाएर ज्यानसमेत जोखिममा राखी विश्वका अग्ला र खतरनाक मानिने हिमाल चढ्ने गर्छन् । मानिस आफ्नो ज्यानको समेत पर्वाह नगरी किन हिमाल चढ्छन् त ?   विदेशीहरू किन हिमालय क्षेत्रमा घुम्न आउँछन् भन्ने विषयमा नेपालका भूगोलविद् तथा अनुसन्धानकर्ता डाक्टर हर्क गुरुङले भनेका छन्, ‘पशुले आहारा खोजेझैं मानवले रहस्य खोतल्छ । उसको सभ्यता अनुसन्धानमाथि निर्भर गर्छ । बौद्धिक उत्सुकताले धर्म तथा विज्ञान उम्रिन्छ र शारीरिक जाँगरमाथि उभिन्छ मिश्रको पिरामिड तथा चीनको पर्खाल । केटाकेटीमा चीलको उडाइसित ईर्ष्या लाग्छ भने पछि त्यही इच्छा जीवनको प्रतिस्पर्धामा परिणत हुन्छ । पर्वतारोहण मानिसको माथि उठ्ने अभिलाषाको सांस्कृतिक रूप हो । पर्वत संसारको सबभन्दा गोप्य अंग रहेको छ । त्यहाँ बादलले लुकामारी खेल्छ, धर्ती र आकाशको मिलन हुन्छ । पर्वतहरू मानवीय अनुभवबाहिर हुनाले कहीँ देव र कहीँ दानवका रूप लिन्छन् । हिमाल पवित्रताको र भिसुभियसको ज्वालापर्वत प्रलयको रूप मानिन्छन् । युधिष्ठिर हिमालबाट सोझै स्वर्ग उक्लेको महाभारतको भनाइ छ । किराँत महादेव आएर खेलेको हाम्रै हिमालमा हो । पर्वतको विशालतामा मानिसले आफूलाई एउटा क्षुद्र जीव पाउँछ र ... ।’ हुन पनि डाक्टर हर्क गुरुङले भनेझैं नेपालमा प्रत्येक वर्ष हजारौं विदेशी पर्वतारोही पर्वतारोहणका लागि आइरहेका छन् । हालसम्मको अवस्था हेर्दा नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्न नेपाली पर्वतारोहीभन्दा ९९ गुणा बढी विदेशी पर्वतारोहीहरू आउने गरेका छन् । नेपाली पर्वतारोहीहरू ‘पेशेवर पर्वतारोही’ हुन अझै धेरै समय लाग्ने देखिन्छ । विदेशी पर्वतारोहीहरूले नेपालका हिमाल चढ्न आउँदा सरकारलाई सलामी ‘रोयल्टी’ तिर्ने गरेका छन् । गुरुङका अनुसार सन् १९५९/६० ताका बेलायतबाट पर्वतारोहण गर्न नेपाल आउने पर्वतारोहीलाई एक जना बराबर ६ हजार नेपाली रुपैयाँ मात्रै लाग्थ्यो । अहिलेको अवस्था बेग्लै छ । विदेशी पर्वतारोहीहरूले अहिलेको अवधिमा सगरमाथा चढ्न मात्रै नेपाल सरकारलाई प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्छन् । उनीहरूले गर्ने अन्य खर्च धेरै हुन्छ । गतवर्षको हिउँदे याममा मात्रै नेपालका ५३ ओटा विभिन्न हिमाल आरोहणका लागि विदेशी पर्वतारोही आएका थिए । तीमध्ये २७ ओटा हिमाल मात्रै पर्वतारोहीले सफलतापूर्वक आरोहण गरेका थिए । गतवर्ष हिउँद यामको पर्वतारोहणमा जाने आरोहीबाट सरकारले अनुमति दिएबापत ६ करोड ५३ लाख ८३ हजार रुपैयाँ सलामी दस्तुर उठाएको थियो । गतवर्षको वसन्त ऋतुमा विश्वकै अग्लो हिमाल सगरमाथा आरोहण गर्न आएका विदेशी पर्वतारोहीले तिरेको सलामी (रोयल्टी) बापत मात्रै नेपाल सरकारले ६६ करोड १३ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो । यो वर्षको वसन्त ऋतुमा पनि सगरमाथालगायत अन्य हिमाल आरोहणका लागि आउने विदेशी पर्वतारोहीबाट नेपाल सरकारले मनग्य सलामी दस्तुर आम्दानी गर्ने देखिन्छ । हालसम्म ४ सय १४ ओटा हिमाल स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि खुला गरेको भए तापनि विश्वकै अग्लो हिम चुचुरो सगरमाथा तेस्रो अग्लो कञ्चनजंघा, चौथो अग्लो ल्होत्से, पाँचौं अग्लो मकालु, छैटौं अग्लो चो–ओयु, सातौं अग्लो धवलागिरि, आठौं अग्लो मनास्लु, १० औं अग्लो अन्नपूर्ण प्रथम हिमालमा पर्वतारोहीहरूको बढी आकर्षण देखिन्छ ।   लेखक पर्यटनकर्मी हुन् ।

पर्यटनमा पर्वतारोहणको योगदान

नेपालमा हाल पर्यटन र पर्वतारोहणको मुख्य सिजन छ । त्यसैले नेपालको हिमाली क्षेत्रमा पदयात्रा गर्न जाने पदयात्री र पर्वतारोहण गर्न जाने पर्वतारोहीहरूको भीड छ । हुन त नेपालको समग्र राष्ट्रिय अर्थतन्त्रमा पर्यटनको योगदान कुल अंशको लगभग ४ प्रतिशत मात्रै रहेको मानिन्छ । गतवर्ष कोरोना महामारीबीच पनि नेपाल सरकारलाई नेपालको पर्वतारोहण क्षेत्रबाट रोयल्टीबापत मात्रै ७१ करोड ४८ लाख बराबर नेपाली रुपैयाँ प्राप्त भएको थियो । यसरी हेर्दा पर्यटनभित्र पनि राजस्वको मुख्य स्रोत पर्वतारोहण पर्यटनलाई लिन सकिन्छ । अर्थात् नेपालको समग्र पर्यटन क्षेत्रमा पर्वतारोहण पर्यटनको मुख्य योगदान रहेको देखिन्छ । त्यसमा पनि गएको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न गएका पर्वतारोहीबाट मात्रै नेपाल सरकारले ६६ करोड १३ लाख नेपाली रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरेको थियो । त्यस्तै यो वर्ष पनि समग्र नेपालको पर्वतारोहणबाट नेपाल सरकारले विभिन्न हिमाल आरोहण गर्न अनुमति दिएबापत ४७ करोड बराबर आम्दानी गर्‍यो । सगरमाथा हिमाल आरोेहण गर्न आएका विदेशी पर्वतारोही तथा नेपाली पर्वतारोहीबाट मात्रै ३९ करोड ५५ लाख नेपाली रुपैयाँ बराबरको कमाइ गरेको छ । हुन पनि गतवर्ष कोरोना महामारीको संकट बाँकी नै भएको अवस्थामा पनि हिउँद र वसन्त याम (दुवै सिजन) मा विभिन्न देशका पर्वतारोही दलका सदस्यले नेपालमा रहेको ८ हजार ८ सय ४८ दशमलव ८६ मीटर अग्लो सगरमाथा अर्थात् चोमोलुङमा लगायत अन्य १६ ओटा हिमाल चढ्न आएका थिए । त्यसो त गतवर्षको पर्वतारोहणको सिजनको शुरू ताका भारतको गुजरात, मुम्बईलगायत राज्यमा ‘ताई ती/ताई तु’ नामक समुद्री आँधी, भारतकै पश्चिम बंगाल र बंगलादेशलगायत क्षेत्रमा आएको ‘यास/यस’ नामक समुद्री आँधीका कारण हिमालय क्षेत्रमा अचानक मौसममा नराम्रोसँग परिवर्तन आयो । हिमालय क्षेत्रमा अचानक चलेको हावाहुरी, हुन्डरी, वर्षा र हिउँ पर्नाका कारण गतवर्ष धेरै दिनसम्म आरोहण नै रोकियो । समग्रमा विश्वका ती ८ हजार मीटरभन्दा माथिका १४ ओटा हिमालमध्ये आठ ओटा (६० प्रतिशत) नेपालमा हुनु हाम्रा लागि गौरवको कुरो हो । १४ अग्ला हिम चुचुराहरू सबै नै एशिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व फैलिएको छ । त्यसमध्ये एक तिहाइ भाग नेपालको पश्चिमबाट पूर्व भएर जान्छ । हिमालय पर्वतमालाको एक तिहाइ भागमै विश्वका अग्ला हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको ८ हजार मीटरमध्ये कम उचाइको हिमाल सिसापाङ्मा (उचाइ ८,०१३ मीटर भएको) सम्म रहेका छन् । विश्वकै अग्लो हिम चुचुरो सगरमाथा (८ हजार ८ सय ४८ दशमलव ८६ ) हो भने हो । उक्त हिमाल सन् १९५३ मे २९ मा न्यूजील्यान्डका सर एडमन्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक चढेका थिए । त्यस्तै, विश्वको दोस्रो अग्लो हिमाल काराकोरम–२ (के–टु/काराकोरम–२) हो । यो हिमालको उचाइ ८ हजार ६ सय ११ मीटर हो । यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालियन आरोहीद्वय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलोपटक सफलतापूर्वक चढेका थिए । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा हो । यो नेपाल पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम तथा दार्जिलिङको सीमामा अवस्थित छ । यसको उचाइ ८ हजार ५ सय ८६ मीटर हो । यो हिमाल बेलायतका पर्वतारोहीहरू जर्ज ब्यान्ड र जो ब्राउनले पहिलोपटक सन् १९५५ मे २५ मा चढेका थिए । विश्वको चौथो अग्लो हिमाल ल्होत्से/चे हो । यसको उचाइ ८ हजार ५ सय १६ मीटर हो । यो हिमालको प्रथम आरोहण सन् १९५६, मे १८ मा भएको थियो । स्वीट्जरल्यान्डका पर्वतारोहीहरू फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले पहिलोपटक आरोहण गरेका थिए । त्यस्तै विश्वको पाँचौं अग्लो हिमाल मकालु हो । यसको उचाइ ८ हजार ४ सय ६३ मीटर रहेको छ भने, जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्स लगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बुलगायतको टोलीले नै सन् १९५५ मे १५ मा चढेका थिए । विश्वको छैटौं अग्लो हिमाल चो–ओयु हो । यसको उचाइ ८ हजार २ सय १ मीटर रहेको छ । सन् १९८४ अक्टोम्बर १९ मा अस्ट्रियन नागरिकद्वय हर्बट टिची र सेप जेक्लर अन र नेपाली नागरिक दावा (लामा) शेर्पाले आरोहण गरेका थिए । विश्वको सातौं अग्लो हिमाल चाहिँ धवलागिरि हो । यसको उचाइ ८ हजार १ सय ६७ मीटर रहेको छ । सन् १९६० को १३ मे मा स्वीट्जरल्यान्डका पर्वतारोही कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए । त्यस्तै विश्वको आठौं अग्लो हिमाल मनास्लु हो । यसको उचाइ ८ हजार १ सय ६३ मीटर हो । मनास्लु हिमालको पहिलो आरोहण सन् १९५६, मे ९ मा जापानका पर्वतारोहीत्रय तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरु हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले गरेका थिए । विश्वको १० औं अग्लो हिमाल चाहिँ अन्नपूर्ण प्रथम हो । यो हिमालको उचाइ ८ हजार ९१ मीटर रहेको छ । समुद्री सतहबाट नाप्दा ८ हजार मीटरभन्दा माथि रहेको भन्ने प्रमाणित भएपछि पहिलोपटक मानव पाइला राख्न सफल भएको थियो । उक्त हिमाल सन् १९५० जुन ३ मा फ्रेन्च पर्वतारोही माउरिस हर्जोगले आरोहण गर्न सफल भएका थिए । यसरी नेपालका हिमालहरूले पर्यटक आकर्षण गरेका छन् । हिमाल आरोहणका लागि आउने पर्यटकहरूबाट नेपालको पर्यटन व्यवसायले राम्रो लाभ लिएको छ । यसलाई अझै व्यवस्थित गर्न आवश्यक छ ।   लेखक पर्यटनकर्मी हुन् ।

हिमाल आरोहीबाट यो वर्ष कति आम्दानी होला ?

अघिल्लो वर्षको वसन्त ऋतुमा सगरमाथा हिमाल आरोहण गर्न आएका पर्वतारोहीहरूले तिरेको सलामी (रोयल्टी) बाट सरकारले ६६ करोड १३ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो । त्यस्तै, पर्यटन व्यवसायी, होटेल व्यवसायी, सरदार, क्ल्याम्बिङ शेर्पा, रूट गाइड, आइसफल डाक्टर, हाई एल्टिच्युड शेर्पा, कुक, किचन ब्वाई, चौरी–नाक–याक धनी, भरिया र अन्य कामदारहरूले पनि सगरमाथा हिमाल आरोहण गर्न आएका पर्वतारोहीबाट राम्रो आम्दानी  गरेका थिए । सबै हिमालबाट सरकारले विभिन्न देशका पर्वतारोहीबाट सलामी (रोयल्टी) दस्तुरबापत ७१ करोड ४८ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो । कोरोना महामारीकै बीच विभिन्न हिमाल आरोहण गर्न आएका पर्वतारोहीहरूबाट यति राजस्व प्राप्त गर्नु चानचुने कुरो पक्कै होइन । तर, यो वर्षको वसन्त ऋतुमा हिमाल आरोहणबाट गतवर्षको सिजनमा जस्तो नेपाल सरकार एवम् नेपाली पर्यटन व्यवसायीहरूलाई आम्दानी  नहुने देखिन्छ । गएको वैशाख ४ गतेसम्म विभिन्न देशका ९१ पर्वतारोहण दलका ७४० जना पर्वतारोहीले मात्रै नेपालमा रहेको विभिन्न हिमाल आरोहण गर्नका लागि अनुमति लिएका छन् । चैत २३ सम्ममा यो सिजनमा नेपालमा रहेको विश्वकै अग्लो (८ हजार ८ सय ४८.८६ मीटर ) सगरमाथा अर्थात् चोमोलुङमा हिमाल आरोहणका लागि विभिन्न देशका ३२ आरोहण दलका २६२ जना पर्वतारोहीले अनुमति लिइसकेका छन् । ती ३२ पर्वतारोहण दलका ११७ जना पर्वतारोहीमध्ये १८ जना पर्वतारोही त रूसका मात्रै रहेका छन् । रूस–युक्रेन युद्घ शुरू भएपछि युक्रेन सरकारले औपचारिक रूपमै अनुरोध गरेर रूसका पर्वतारोहीहरूलाई प्रतिबन्ध लगाउन नेपाल सरकारलाई आग्रह गरेको थियो । तर, सरकारले युक्रेन सरकारको उक्त आग्रहलाई स्वीकार गरेन । रूसका पर्वतारोहण दललाई नेपाल सरकारले सगरमाथालगायत केही हिमाल आरोहण गर्ने अनुमति दिइसकेको छ । रूस–युक्रेन युद्घ शुरू हुँदा ताका नै नेपालले रूसको विरुद्घमा मत जाहेर गरेको थियो । जे भए तापनि विभिन्न देशका पर्वतारोहीहरू नेपालमा रहेका विभिन्न हिमाल आरोहण गर्न आउने क्रम जारी रहेको छ । यो क्रम सम्भवत: अप्रिलको तेस्रो हप्तासम्म जारी रहनेछ । हरेक वर्षको अप्रिल महीनाको अन्तिमदेखि मे महीनाको अन्तिम–जुन महीनाको पहिलो हप्तासम्म मात्रै नेपालका हिमाल आरोहण गर्न सकिन्छ । त्यसपछि नेपालमा रहेका प्राय: सबै हिमालमा हिउँ पग्लने क्रम शुरू हुन्छ । त्यसैले नेपालमा जुन महीना लागेपछि प्राय: सबै हिमाल आरोहण गर्न बन्द हुन्छ । त्यसपछि नेपालमा हिमाल आरोहण असम्भव जस्तै हुन्छ । विभिन्न देशका ९१ ओटा पर्वतारोहण दलका ७४० जना पर्वतारोहीले नेपालमा रहेका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिइसकेका छन् । त्यसमा सगरमाथासहित नेपालका अन्य २२ ओटा हिमाल रहेका छन् । हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै पर्वतारोही अमेरिकाबाट आएका छन् ।  अमेरिकाबाट मात्रै ११७ जना पर्वतारोही विश्वकै अग्लो हिमाल सगरमाथासहित नेपालमा रहेका अन्य हिमाल आरोहण गर्न नेपाल आइसकेका छन् । ४२ जना अमेरिकी पर्वतारोही त सगरमाथा आरोहण गर्न मात्रै आएका छन् । यो सिजनमा अमेरिकी पर्र्वतारोहीहरू अरू थपिने सम्भावना पनि रहेको छ । गतवर्षको पर्वतारोहणको सिजनको शुरू ताका नै भारतको गुजरात, मुम्बईलगायत राज्यमा समुद्री आँधी र भारतकै पश्चिम बंगाल र बंगलादेशलगायत क्षेत्रमा आएको अर्को समुद्री आँधीका कारण हिमालय क्षेत्रमा अचानक मौसममा नराम्रोसँग परिवर्तन आयो । त्यसको फलस्वरूप हिमालय क्षेत्रमा अचानक चलेको हावाहुरी, हुन्डरी, वर्षा र हिउपातका कारण धेरै दिनसम्म पर्वतारोहण कार्य नै रोकियो । फलत: गएको सिजनमा आधाभन्दा पनि कम पर्वतारोहीहरूले मात्रै सगरमाथालगायत अन्य हिमालमाथि विजय प्राप्त गर्न सकेका थिए । विश्वमा हालसम्म मान्यता प्राप्त ८ हजार मीटरभन्दा माथिका १४ ओटा हिमाल एशिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व पैmलिनु र ती १४ ओटा हिमालमध्ये ८ ओटा हिमाल नेपालमै हुनु पनि हामी नेपालीका लागि सौभाग्य भएको छ । स्मरणीय छ, हिमालय पर्वतमालाको एक तिहाइ भागमै विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको ८ हजार मीटरमध्ये कम उचाइको हिमाल सिसापाङ्मा चीन–नेपाल सीमामा अवस्थित ८ हजार १३ मीटर अग्लोसम्म रहेका छन् । त्यसमाथि गएको वर्ष विश्वकै अग्लो हिमाल सगरमाथा अर्थात् चोमोलुङमाको नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मीटर कायम भएको छ भने, त्यसअघि सगरमाथा अर्थात् चोमोलुङमाको उचाइ ८ हजार ८ सय ४८ मिटरलाई आधिकारिक मानिँदै आएको थियो । आशा गरौं, नेपाल सरकार र नेपाली पर्यटन व्यवसायीहरूले पर्वतारोहणबाट यसवर्ष राम्रो कमाइ गर्न सक्ने देखिन्छ । जति पनि विदेशी तथा स्वदेशी पर्वतारोहीले नेपालमा रहेका विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन्, सकेसम्म उनीहरू सबैले सफलता पाऊन्, गतवर्ष जस्तोे पर्वतारोहणको सिजनको शुरू ताका नै भारतको गुजरात, मुम्बईलगायत राज्यमा आएका आँधीका कारण नेपालको पर्वतारोहणमा नराम्रोसँग असर पर्‍यो, यो वर्ष त्यस्तो नहोस् । केवल हाम्रो देशमा रहेका विभिन्न हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीलाई मात्रै नभएर हामी सबैलाई हिमालकी देवीले खुशीका साथ सफलताका लागि आशीर्वाद दिऊन् । यसरी हिमाल आरोहणमा आएका पर्यटकबाट सरकारले यस वर्ष ३९ करोड ५२ लाखभन्दा बढी रुपैयाँ राजस्व प्राप्त गरेको छ । आशा गरौं, हिमाल आरोहणमा आउने पर्यटकको संख्या बढ्दै जाओस् । तर, के बिर्सनु हुँदैन भने सगरमाथा आरोहण गर्नेहरूको भीड जाममा परेको तस्वीर विश्व सञ्चारमाध्यममा जाँदा यसले हिमाल आरोहणमा आउने आरोहीहरूमाझ नकारात्मक सन्देश जान सक्छ । त्यसैले कति आरोहीलाई अनुमति दिने र राजस्व कति लिने भन्नेमा विशेष ध्यान जानु आवश्यक छ । लेखक पर्यटनकर्मी हुन् ।

कहाँ हरायो ८ मीटर अग्ला हिमाल थपिने कुरा ?

अहिलेको समय नेपालमा हिमाल आरोहणको सिजन हो । तर, कोरोना महामारी तथा रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण यो सिजनमा अपेक्षित रूपमा विदेशी पर्वतारोहीले नेपालका बुक गरेनन् । खास गरी यूरोप र अमेरिका महादेशका पर्वतारोहीले हिमाल आरोहणमा बढी रुचि राख्छन् । तर, बुक गरिसकेको केही यूरोपेली पर्वतारोही टोलीले पनि आरोहण अभियान स्थगित गरेका छन् । हाम्रो देशमा हालसम्म ८ ओटा मात्रै ८ हजार मीटरमाथिका हिमाल छन् भन्ने आम बुझाइ छ । तर, ८ मीटरमाथिका हिमाल १४ ओटा छन् । हाम्रो देशमा अरू ६ ओटा ८ हजार मीटरभन्दा माथिका हिमाल छन् । तर, त्यसलाई अन्तरराष्ट्रिय स्तरका पर्वतारोहण संघसंस्था र अन्तरराष्ट्रिय समुदायले हालसम्म मान्यता दिएका छैनन् । यस्तो हुनुमा हामी नेपालीकै कमजोरी रहेको छ किनभने यस विषयमा आधिकारिक रूपमा नेपाल सरकारले कहिल्यै पनि प्रयास गरेन । धेरै अघिदेखि नेपाल पर्वतारोहण संघ (एनएमए) र केही अन्तरराष्ट्रिय ख्याति प्राप्त पर्वतारोहीमार्फत ८ हजार मीटरभन्दा अग्लो बाँकी हिमाललाई विश्वस्तरबाट मान्यता दिलाउने प्रयास भइरहेको छ । विगत ८/१० वर्षदेखि औपचारिक रूपमा घोषणा गर्न पहल भइरहेको छ । यसका लागि नेपालमा रहेका ८ हजार मीटरभन्दा अग्ला बाँकी हिमाललाई औपचारिक रूपमा घोषणा गर्नुअघि स्वीट्जरल्यान्डस्थित अन्तरराष्ट्रिय पर्वतारोहण संघका प्राविधिकहरू आएर नापजाँच र अध्ययन गर्ने भन्ने समझदारी भएको हो । तर, यस कार्यमा कोरोना महामारीको असरले केही ढिला हुन गएको छ । पाकिस्तान सरकारले विगत लामो समयदेखि गासेरब्रुम–१, ८०६८ मीटर र गासेरब्रुम–२, ८०३५ मीटर भनी अलगअलग मान्यता पाएको छ । हालसम्म विश्वमा मान्यताप्राप्त ८ हजार मीटरभन्दा माथिका १४ ओटा हिमालमध्ये आठओटा (६० प्रतिशत) नेपालमै छन् । विश्वकै सबैभन्दा अग्लो हिमशिखर चोमोलुङमा अर्थात् सगरमाथा नेपालमा अवस्थित छ, जुन हिमालको उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मीटर रहेको छ । त्यस्तै विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा पनि नेपालमै रहेको छ जुन हिमालको उचाइ ८ हजार ५ सय ८६ मीटर रहेको छ । विश्वको चौथो अग्लो हिमाल ल्होत्से/चे पनि नेपालमै रहेको छ जुन हिमालको उचाइ ८ हजार ५ सय १६ मीटर छ । विश्वको पाँचौं अग्लो हिमाल मकालु पनि नेपालमै छ, जसको उचाइ ८ हजार ४ सय ८६ मीटर छ । त्यस्तै विश्वको छैटांै अग्लो हिमाल चोओ यु पनि नेपालमै छ जुन हिमाल ८ हजार २ सय १ मीटर रहेको छ । विश्वको सातौं अग्लो धवलागिरि हिमालको उचाइ ८ हजार १ सय ६७ मीटर, विश्वको आठौं अग्लो मनास्लु हिमालको उचाइ ८ हजार १ सय ६३ मीटर छ । विश्वको १० औं अग्लो हिमाल अन्नपूर्ण–१ पनि नेपालमै छ । यो हिमालको उचाइ ८०९१ मीटर रहेको छ । विश्वका बाँकी ६ ओटा ८ हजार मीटर अग्ला हिमालमध्ये पाँचओटा पाकिस्तानमा रहेका छन् भने एउटा चाहिँ चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको छ । विश्व पर्वतारोहण संघ र विश्व समुदायले मान्यता दिन बाँकी ६ ओटा ८ हजार मीटरभन्दा अग्ला हिमाल सबै नेपालमै छन् । तीमध्ये चारओटा नयाँ हिमाल कञ्चनजंघा हिमालको वरिपरि छन् भने  दुईओटा नयाँ हिमालचाहिँ ल्होत्से/चे वरिपरि रहेका छन् । निकट भविष्यमा मान्यता पाउने नयाँ हिमालहरू यस प्रकार रहेका छन् : १, यलुङ काङ–८,५०५ मीटर। २, कञ्चनजंघा दक्षिण–८,४७६ मीटर, ३, कञ्चनजंघा मध्य–८,४७३ मीटर, ४, यलुङ काङ पश्चिम–८,०७७ मीटर, ५, ल्होत्से मध्य–८,४१० मीटर, ६, ल्होत्से सार–८,३८३ मीटर । थप हुने यी नयाँ हिमालको उचाइ र नाम ‘नेपाल पर्वत–२०१६, नोभेम्बर अंक’बाट लिइएको हो । वास्तवमा हाम्रो देश नेपाल भूगोल र जनसंख्याको आधारमा विश्वका अन्य देशको तुलनामा मध्यमस्तरको मात्रै भए तापनि हिमाल र हिमाल आरोहणका सम्बन्धमा भने धेरै धनी रहेको छ भन्ने ८ हजार मीटरभन्दा अग्ला हिमालका संख्याले नै बताउँछ । यी हिमाल आरोहणका लागि वर्षेनि नेपाल आउने विदेशी पर्वतारोहीहरूको संख्या पनि कम छैन । हाम्रो देश नेपालमा हिमरेखा भन्दा (५,५०० मीटर) माथिका १७ सय १३ ओटाभन्दा बढी हिमाल छन् भने सरकारले पटकपटक गरेर हालसम्म ४ सय १४ ओटा हिमाल हिमाल आरोहीहरूका लागि खुला गरेको छ । यसरी हेर्दा निकट भविष्यमै थपिने ६ ओटा नयाँ ८ हजार मीटरभन्दा माथिका हिमालले नेपालको पर्वतारोहण पर्यटनमा इँटा थप्ने काम गर्नेछ । यसरी थपिने नयाँ ८ हजार मीटरभन्दा माथिका हिमालले नेपालको हिमाल आरोहण क्षेत्रमा आम्दानी बढ्ने र रोजगारीको अवसर पनि सृजना हुने आशा गर्न सकिन्छ । साथै अन्य पर्यटकीय गतिविधिमा पनि वृद्धि हुने आशा गर्न सकिन्छ । बरु हामी सबै (पर्यटन व्यवसायमा नलागेका प्रबुद्ध वर्गहरू समेत) मिलेर थप हुने भनिएको नयाँ ८ हजार मीटर माथिका हिमाल औपचारिक रूपमा घोषणा गराउन नेपाल सरकारलाई पनि घचघच्याउनेतर्फ लाग्नुपर्ने देखिन्छ । लेखक पर्यटनकर्मी हुन् ।

हिउँदे सिजनमा हिमाल आरोहण : ५ करोड ६१ लाख राजस्व संकलन

सन् २०२२ को सुरुवाती तीन महिनामा हिमाल आरोहणबाट मात्रै सरकारले साढे ५ करोड रुपैयाँ माथिको राजस्व संकलन गर्न सफल भएको छ । पर्यटन बोर्डकाअनुसार हिउँदे सिजनका लागि विभिन्न हिमाल आरोहण गर्न अनुमति लिएका १५६ आरोहीबाट कुल ५ करोड ६१ लाख ४४ हजार ५५० रुपैयाँ संकलन भएको हो । यस्तो आम्दानी अमेरिकी डलरमा ४ लाख ६३ हजार २०० अमेरिकी डलर रहेको विभागले जनाएको छ । विभागकाअनुसार जनवरी १ देखि मार्च ३१ सम्म विभिन्न समयमा ६ हजार १५० मिटरदेखि ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथाको आरोहणका लागि १५३ जनाले विभागबाट स्वी

चोओयु आरोहणको चुनौतीमा लुकेको सम्भावना

उत्तरी छिमेकी चीनको तिब्बत र नेपालको सीमानामै रहेको विश्वको छैटौं अग्लो हिमाल चोओयु आरोहणको लागि नेपालतर्फबाट आरोहण मार्ग खोल्ने नेपाली आरोहीहरूको सपना यस पटकलाई असफलतामा टुङ्गिएको छ । दुई भिन्न टोलीमा रहेका डेढ दर्जन प्रख्यात आरोहीहरूको ८ हजार १८८ मिटरमा रहेको शिखर चुम्ने अथक प्रयास अनपेक्षित र निरन्तरको हावाहुरीले गर्दा त्याग्नु परेको छ ।  पहिलो प्रयासमा ७ हजार ६०० मिटर र लगत्तैको दोस्र्रो प्रयासमा ७ हजार ९०० मिटरसम्म उक्लेका उनीहरूले आफ्नो प्रयासलाई निकट भविष्यमै आरोहण सिजनमा पुन: निरन्तरता दिने बताएका छन् । चोओयु हिमालमा नेपालतर्फबाट सुरक्षित आरोहण मार्ग खोल्न सकिएमा तिब्बततर्फबाट मात्र आरोहण गर्ने प्रचलन अन्त्य भई नेपालबाट पनि आरोहणको शुरूवात हुनेछ ।  यसबाट साहसिक पर्यटन व्यवसायीहरू, पर्वतारोहणका पारखीहरू तथा आरोही गाइडहरूलाई नयाँ अवसर सिर्जना हुनेछ । विश्वको सर्वोच्च शिखर सगरमाथाको पश्चिमतर्फ करीब २६ किलोमिटरको दूरीमा सोलुखुम्बुको गोक्यो उपत्यकाको शिरमा रहेको चोओयु हिमशिखर संसारका १४ वटा ८ हजार मिटर माथिका हिमालमध्ये सगरमाथा पछि आरोहीहरूले सबैभन्दा बढी रुचाएको हिमाल हो ।  हालसम्म तीन हजारभन्दा बढीले सफल आरोहण गरेको भएता पनि ती सबै आरोहण गतिविधि चीनको तिब्बत तर्फबाट भएका हुन् ।   दुई देशको सिमानामा पर्ने हुँदा चोओयुमा  आरोहण अभियान सञ्चालनको लागि नेपालको पनि उत्तिकै हक लाग्छ । तर, पनि तिब्बततर्फ (उत्तरी मोहोडा) को भन्दा नेपाल तर्फको आरोहण मार्ग कठिन रहेको आरोहीहरूको भनाइ छ ।  यसपटकको आरोहणमा संलग्न आरोही गाइड गेसमान तामाङका अनुसार अन्तिम तेस्रो शिविर समेत तयार गरी त्यहाँबाट शिखरतर्फ जाँदा लामो धार (रिज) पार गर्न अनुमान गरिएको भन्दा लामो समय लाग्ने र त्यति उच्च स्थानमा घण्टौं टेक्निकल आरोहण गर्दा आरोहीको ज्यानमा खतरा हुन सक्ने तथ्य पत्ता लाग्नुले पनि पहिलेदेखि गरिँदै आएको अनुमानलाई सही देखाएको छ ।  आरोहण मार्ग कठिन नै भए पनि पर्वतारोहण जस्तो साहसिक पर्यटकीय गतिविधिका पारखीहरूको पर्वतारोहण क्षेत्रमा नौलो प्रयोग गर्ने शैली र रहरका कारण पोख्त आरोहीहरूको लागि नेपालतर्फबाट पनि चोओयु आरोहण मार्ग खोलिनु उपयुक्त देखिन्छ । चोओयु हिमाल आरोहणको लागि नेपालतर्फ कठिन मार्ग छ । त्यसमा पनि आरोहणको लागि थप कठिन मानिने हिउँद ऋतुमा आरोहण गर्ने ध्येय लिइएको छ । यस्तो ऐतिहासिक आरोहण अभियानमा  विख्यात आरोही निर्मल पुर्जासहित विश्वको दोस्र्रो हिमाल केटुको ऐतिहासिक प्रथम हिउँदे आरोहण (जनवरी १६, २०२१) का सदस्य गेल्जे शेर्पाको नेतृत्वमा पुर्जाकै प्रोजेक्ट पोसिबल अन्तर्गत १४ उच्च शिखर आरोहण अभियानका गाइडहरू गेसमान तामाङ र लाक्पा देण्डी शेर्पा सहितको १० जनाको पहिलो टोली थियो ।  त्यस्तै अर्का प्रख्यात आरोही मिङमा दोर्ची शेर्पाको नेतृत्वमा ८ जनाको अर्को टोली पनि रहेको थियो ।  उनीहरू आरोहण अभियानको लागि गत जनवरी अन्तिम हप्ता काठमाडौंबाट त्यसतर्फ लागेका थिए ।  पहिलो टोलीले दक्षिण—पूर्वी मोहोडा (गोक्यो उपत्यका) र दोस्रो टोलीले दक्षिण पश्चिमी मोहोडा (नाङपाला भञ्ज्याङतर्फ) बाट आरोहण मार्ग खोल्दै शिखर चुम्ने लक्ष्य लिएका थिए ।   हावाहुरीको चुनौती र उनीहरूको आरोहण अनुमतिको अवधि हिउँद ऋतु (फेब्रुअरी अन्तिम) सम्म मात्र मान्य रहेकाले गत २८ फेब्रुअरीमा आरोहण अभियान त्यागिएको हो । साहसिक पर्यटकीय गतिविधि अन्तर्गतको पर्वतारोहणको लागि नेपाल विश्वमै अग्रणी छ ।  चोओयु जस्तै अन्य ८ हजार मिटरमाथिका हिमाल आरोहणका लागि नेपाल सरकारले आरोहण अनुमति प्रदान गरेबापत उल्लेख्य राजस्व असुल्ने गर्दछ ।  कोभिड महामारीकै बीच गत वर्ष सन् २०२१ को वसन्त ऋतुमा सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्न आउने स्वदेशी तथा विदेशी आरोहीहरूबाट नेपाल सरकारले ७० करोड भन्दा बढी राजस्व संकलन गरेको तथ्याङ्क रहेको छ ।  आठ हजार मिटरमाथिका विश्वका १४ मध्ये नेपालमा पर्ने ८ शिखरहरूमध्ये पनि सगरमाथा र चोओयु दुई देशको सिमानामा पर्ने हुँदा चीनतर्फबाट पनि आरोहण अनुमति जारी हुन्छ ।   चोओयु हिमालमा भने अहिलेसम्म नेपाल तर्फबाट आरोहण मार्ग खुल्न र सफल आरोहण हुन नसकेकाले चीनतर्फबाट मात्र आरोहण हुने गरेको छ । हिमाल आरोहण अनुमतिबाट सरकारलाई राजस्वको रुपमा आम्दानी मात्र प्राप्त हुँदैन । आरोही—गाइड, संलग्न अन्य कामदार, स्थानीय समुदाय र ट्रेकिङ तथा पर्वतारोहण कम्पनीहरूलाई रोजगारी र आर्थिक कारोबारको ठूलो अवसर पनि दिने गर्दछ ।  सगरमाथा आरोहणका लागि प्रतिविदेशी आरोही खर्च कम्तीमा ३५ लाख रहेको छ भने ८ हजार मिटर माथिका अरू हिमालमा आउने आरोहीको खर्च २५ लाखभन्दा बढी हुने गर्दछ ।  आरोहण सञ्चालक एजेन्सीलाई एकमुष्ट बुझाउने उक्त रकम बाहेक व्यक्तिगत रूपमा पनि आरोहीहरूले थप खर्च गर्दछन् ।  आरोहणमा संलग्न गाइड तथा अन्य स्टाफले सगरमाथाको लागि ६० दिन र अन्य ८ हजार मिटरमाथिको हिमालको लागि ४० दिन कम्तीमा रोजगारीको अवसर पाउँछन् । हिमाल आरोहणमा आउने पर्यटक भनेका गुणस्तरीय हुन्छन् अर्थात् उनीहरू खर्चालु हुन्छन् । त्यसैले हिमाल आरोहणका नयाँ नयाँ गन्तव्य खुलाउनु उपयुक्त हुन्छ ।    यस्तो नयाँ गन्तव्य मध्ये चोओयु हिमाल पनि एक हो । यसमा नेपालतर्फबाट सुरक्षित आरोहण मार्ग खोल्न सकिएमा उक्त हिमालमा तिब्बततर्फबाट मात्र आरोहण गर्ने प्रचलन अन्त्य भई नेपालबाट पनि आरोहणको शुरूवात हुनेछ ।  यसबाट सरकारको राजस्वमा वृद्धि हुनुका साथै साहसिक पर्यटन व्यवसायीहरू, पर्वतारोहणका पारखीहरू तथा आरोही गाइडहरूलाई नयाँ अवसर सिर्जना हुन्छ । यसले पर्वतारोहणको इतिहासमा नयाँ आयाम पनि थप्नेछ । यसर्थ चोओयु हिमालमा नेपालतर्फबाट बाटो खोल्ने अभियानमा नेपाली आरोहीहरूबाट देखाइएको तदारुकतालाई सरकारले पनि यथेष्ट सहयोग र चासो दिनु जरुरी देखिन्छ । लेखक पर्यटनकर्मी हुन् ।

‘भविष्यको चिन्ताले सताउँदो रहेछ’

काठमाडौँ– हुन त उमेर ढल्कदैँ गएपछि सबैलाई बुढेसकालको चिन्ता हुन्छ । त्यसैल पनि होला, मानिसले किशोरावस्थामा सक्दो मेहनत गर्छन् । ताकि, बुढेसकालमा सहज र सुखी जीवन बाँच्न सकियोस् । तर, राष्ट्रका लागि करौडौँ आम्दानी गर्ने र आफ्नो ज्यानको जोखिम मोलेर हिमाल आरोहण गर्ने शेर्पाहरूको जिवनको उत्तरार्ध भने अन्धकारमय जस्तै छ । सरकार, सरोकार निकाय र […]

उच्च हिमालबाट हुने आम्दानी

गएको वसन्तऋतुमा सगरमाथाबाट मात्रै नेपाल सरकारले लगभग ६७ करोड नेपाली रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरेको छ । त्यस्तै पर्यटन व्यवसायी र कामदारले पनि पर्वतारोहण पेशाबाट राम्रो आम्दानी गर्ने गरेका छन् । गएको वसन्तऋतुमा विभिन्न देशका आरोहीलाई नेपालका विभिन्न हिमालहरू चढ्न दिएबापत पर्वतारोहीले तिरेको रोयल्टी दस्तुर मात्रै ७१ करोड ४८ लाख बराबर नेपाली रुपैयाँ रहेको छ । विश्वका ८ हजार मीटरभन्दा माथिका सबै अर्थात् १४ ओटै हिम चुचुराहरू एशिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्वफैलिएको छ । त्यसमध्ये एक तिहाइ भाग नेपाल भएर जान्छ । कोरोना महामारी विपत्ति बाँकी नै भएको अवस्थामा पनि यस वर्षको (सन् २०२१) को हिउँदो र वसन्त याम (दुवै सिजन) मा विभिन्न देशका विदेशी पर्वतारोही दलका सदस्यहरूले नेपालमा रहेको ८ हजार ८ सय ४८ दशमलव ८६ मीटर अग्लो सगरमाथा अर्थात् चोमोलुङमा लगायत अन्य १६ ओटा हिमाल चढ्न आएका थिए । हुन त उक्त सिजनको शुरू ताका (चोमोलुङमा चढ्ने क्रम शुरू हुँदै गर्दा) भारतको गुजरात, मुम्बई लगायत राज्यमा ‘ताई ती/ताई तु’ नामक समुद्री आँधी, भारतकै पश्चिम बंगाल र बंगलादेश लगायत क्षेत्रमा आएको ‘यास/यस’ नामक समुद्री आँधीका कारण हिमालय क्षेत्रमा अचानक मौसममा नराम्रोसँग परिवर्तन आयो । त्यसैका कारण हिमालय क्षेत्रमा अचानक चलेको हावाहुरी, हुन्डरी, वर्षा र हिउँ पर्नाका कारण धेरै दिनसम्म आरोहण कार्य नै रोकियो । फलतः गएको सिजनमा आधाभन्दा कम पर्वतारोहीले मात्रै सगरमाथामाथि विजय प्राप्त गर्न सके । गएको वर्ष जाडो मौसम (विन्टर सिजन) मा पनि विभिन्न देशका १० ओटा विदेशी पर्वतारोहण दलका ४५ जना सदस्य नेपालका विभिन्न हिमाल आरोहण गर्न गएका थिए । सौभाग्यवश त्यसमा ८ हजार मीटरभन्दा माथिको मनास्लु हिमाल पनि परेको थियो । ८ हजार १६३ मीटर अग्लो मनास्लु हिमाल आरोहण गर्न मात्रै गएको वर्षको जाडो मौसममा दुई आरोहण दलका १४ जना पर्वतारोहीहरू मनास्लुतर्फ गएका थिए । बाँकी आठओटा हिमाल आरोहण टोलीले भने ५ हजार ७ सय मीटरभन्दा अग्लो लुजा पिकलगायत अन्य हिमाल चढ्न गएका थिए । ती हिमाल चढेबापत विदेशी पर्वतारोहीले गएको वर्ष (सन् २०२१ मा) मात्रै नेपाल सरकारलाई राजस्व (रोयल्टी) बापत लगभग ९ लाख ८ लाख ९६ हजार ५ सय नेपाली रुपैयाँ तिरेका थिए । विश्वका ८ हजार मीटरभन्दा माथिका सबै अर्थात् १४ ओटै हिम चुचुराहरू एशिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व फैलिएको छ । त्यसमध्ये एक तिहाइ भाग नेपाल भएर जान्छ । स्मरणीय छ, हिमालय पर्वतमालाको एक तिहाइ भागमै विश्वका अग्ला हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको ८ हजार मीटरमध्ये कम उचाइको हिमाल सिसापाङ्मा (उचाइ ८,०१३ मीटर भएको) सम्म रहेका छन् । विश्वकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमा (८ हजार ८ सय ४८ दशमलव ८६ मीटर) हो भने हो भने, उक्त हिमाल सन् १९५३ मे २९ मा न्यूजील्यान्डका सर एडमन्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक चढेका थिए । विश्वको दोस्रो अग्लो हिमाल काराकोरम–२ (के–टु/काराकोरम–२) हो । यो हिमालको उचाइ ८ हजार ६ सय ११ मीटर हो । यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालियन आरोहीद्वय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलोपटक सफलतापूर्वक चढेका थिए भने, विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा (सेवालुङ/सेन्छेलुङ) हो । यो नेपाल पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम तथा दार्जिलिङको सीमामा अवस्थित छ । यसको उचाइ ८ हजार ५ सय ८६ मीटर हो । यो हिमाल बेलायतका पर्वतारोहीहरू जर्ज ब्यान्ड र जो ब्राउनले पहिलोपटक सन् १९५५ मे २५ मा चढेका थिए । विश्वको चौथो अग्लो हिमाल ल्होत्से/चे हो । यसको उचाइ ८ हजार ५ सय १६ मीटर हो । यो हिमालको प्रथम आरोहण सन् १९५६, मे १८ मा भएको थियो । स्वीट्जरल्यान्डका पर्वतारोहीहरू फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले पहिलोपटक आरोहण गरेका थिए । त्यस्तै पवश्वको पाँचौं अग्लो हिमाल मकालु (सेसेलुङ) हो । यसको उचाई ८ हजार ४ सय ६३ मीटर रहेको छ भने, जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्सलगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बुलगायतको एक जन्ती टोलीले नै सन् १९५५ मे १५ मा चढेका थिए । त्यस्तै विश्वको छैटौं अग्लो हिमाल चो–ओयु हो । यसको उचाइ ८ हजार २ सय १ मीटर रहेको छ । सन् १९८४ अक्टोम्बर १९ मा (धेरै ढिला गरी) अस्ट्रिेलियाली नागरिकद्वय हर्बट टिची र सेप जेक्लर अन नेपाली नागरिक दावा (लामा) शेर्पाले आरोहण गरेका थिए । विश्वको सातौं अग्लो हिमालचाहिँ धवलागिरि हो । यसको उचाई ८ हजार १ सय ६७ मीटर रहेको छ भने, सन् १९६० को १३ मे मा स्वीटजरल्यान्डका पर्वतारोही कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए । त्यस्तै विश्वको आठौं अग्लो हिमाल मनास्लु हो । यसको उचाइ ८ हजार १ सय ६३ मीटर हो । मनास्लु हिमालको पहिलो आरोहण सन् १९५६, मे ९ मा जापानका पर्वतारोहीत्रय तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरू हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले गरेका थिए । विश्वको १०औं अग्लो हिमालचाहिँ अन्नपूर्ण प्रथम हो । यो हिमालको उचाइ ८ हजार ९१ मीटर रहेको छ । त्यस्तै यो हिमाल नै हो, समुन्द्र सतहबाट नाप्दा ८ हजार मीटरभन्दा माथि रहेको भन्ने प्रमाणित भएपछि पहिलोपटक मानव पाइल राख्न सफल भएको, हिमाल । उक्त हिमाल सन् १९५० जुन ३ मा फ्रेन्च पर्वतारोही माउरिस हर्जोगले आरोहण गर्न सफल भएका थए । लेखक पर्वतारोहण व्यवसायमा संलग्न छन् ।

महामारीबीच चलायमान पर्वतारोहण अर्थतन्त्र

विश्वव्यापी महामारी कोभिड–१९ शुरू भएदेखि सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पर्यटन हो । यसबाट नेपाली पर्यटन पनि अछुतो रहेन नै । पर्यटन ठप्प भएको झन्डै डेढ वर्ष पुग्न लागेको छ । यस बीचमा सरकारले हरेक महीना केही हजार पर्यटक आइरहेको तथ्याङ्क प्रकाशित गरेको पनि छ । नेपालमै परिवार भएका, यहीँ पुर्ख्यौली घर भएका (गैरआवसीय नेपाली), यहाँ अध्ययन वा व्यापार गर्ने विदेशीहरूको संख्या पनि रहेको हुँदा वास्तविक पर्यटकको आगमन नगण्य नै रहेको छ । पर्यटन गतिविधिले अधिकांश समय चलायमान रहने राजधानीको पर्यटकीय केन्द्र ठमेलको शून्यता लम्बिइरहेको परिदृश्यले पनि देशमा पर्यटन पुनः ब्यूँतिन लामै समय लाग्ने संकेत गरिरहेको छ । पहिलो चरणको महामारीको असर उल्लेख्य रूपमा घटेको र सरकारले पर्यटकीय गतिविधि खुला गरेको मौका पारी हिमाल आरोहणका लागि उत्साहजनक संख्यामा पर्वतारोही पर्यटकहरू आए । उत्साहजनक यस अर्थमा कि गत हप्ता (अप्रिल ३०) मात्र पर्यटन विभागले प्रकाशित गरेको तथ्याङ्कमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अहिलेसम्मकै सबैभन्दा बढी आरोहण अनुमतिपत्र जारी गरिएको देखिएको छ । सगरमाथामा मात्र विदेशी तथा स्वदेशी गरी ४०८ जना आरोहीहरूले आरोहण अनुमति लिएको देखिएको छ । २०१९ को वर्षभरिको भन्दा यो बढी हो । सन् २०१९ मा जम्मा ३९७ जना आरोहीले पर्यटन विभागबाट आरोहण अनुमति लिएका थिए । गतवर्ष २०२०मा भने सगरमाथामा कुनै आरोहण गतिविधि भएन । सगरमाथासँगै नेपालका ६५०० मीटर माथिका विभिन्न १६ हिमालमा नेपाललगायत विभिन्न मुलुकका ७४२ आरोहीहरू हिमालको चुलीमा सफलताको झण्डा फहराई साहासिक पर्यटकीय गतिविधिको मज्जा लिन मेहनतरत छन् । नेपाल पर्वतारोहण संघबाट अनुमति लिनु पर्ने ६५०० मीटर मुनिका केही हिमचुलीहरूमा थप आरोहीहरू पर्वतारोहणमा गएका छन् । पर्यटन निर्वाध सुचारु रहने समयमा पनि यस क्षेत्रले देशको समग्र अर्थतन्त्रमा कति योगदान दिइरहेको छ भन्ने यकिन तथ्याङ्क पाइएको छैन । पर्वतीय पर्यटनको ट्रेकिङ तथा हिमाल आरोहण क्षेत्रले केकति रोजगारी र आर्थिक योगदान राष्ट्रलाई दिएको छ भन्ने तथ्याङ्क पाउन थप मुश्किल छ । महामारीका बीच उत्साहजनक संख्यामा हिमाल आरोहणमा सहभागी भइरहेका पर्यटकहरूले कतिसम्म आर्थिक योगदान दिइरहेको छ भन्ने आकलन गर्ने प्रयास यस लेखमा गरिएको छ । नेपाल आउने पर्यटकमध्ये निकै थोरै मात्र पर्वतारोहण गतिविधिमा संलग्न हुन्छन् । सानै संख्यामा आए पनि त्यस्ता पर्यटकले सृजना गर्ने रोजगारीको अवसर र आर्थिक गतिविधि भने उल्लेख्य हुने गरेको छ । चालू वसन्त ऋतुका लागि अनुमति दिनेक्रम अन्तिम चरणमा पुग्दा पर्यटन विभागले ७४२ हिमाल आरोहीबाट झन्डै साढे ७१ करोड राजस्व संकलन गरिसकेको छ । विगतमा सरकारले आरोहीहरूबाट संकलन गर्ने राजस्वभन्दा यो रकम बढी हो । सरकारले प्रति विदेशी आरोही ११ हजार अमेरिकी डलर र नेपालीबाट ७५ हजार रुपैयाँ राजस्व लिने गरेको छ । प्रत्येक आरोहीले पर्वतारोहण सञ्चालक संघ, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार संघजस्ता संस्थालाई विभिन्न शुल्क करीब १ हजार अमेरिकी डलर थप शुल्क तिर्नुपर्ने हुन्छ । सगरमाथा तथा ८ हजार मीटर माथिका हिमाल आरोहणको लागि आरोहण सञ्चालक कम्पनीहरूले असुल्ने आरोहण प्याकेज मूल्यको आधारमा औसत खर्च अनुमान गर्दा एक आरोही पर्यटकले औसत ४५ लाख रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ । ८ हजारमुनि र ६५०० मीटर माथिका हिमालहरूका लागि पनि उनीहरूले प्रतिआरोहण करीब १० लाख खर्च गर्नुपर्ने हुन्छ । महामारी बीच हिमाल आरोहणमा तल्लीन आरोही पर्यटकको कारण कम्तीमा पनि ४ अर्ब बराबरको आर्थिक कारोबार यस क्षेत्रमा भएको देखिन्छ । पर्वतारोहणमा आउने यी पर्यटकले सृजना गर्ने रोजगारीको अवसर उनीहरूको योगदानको अर्को पाटो हो । ८ हजार मीटर माथिका ठूला हिमालहरूमा जाने आरोहीले रोजगारी दिने उच्च हिमाली पथप्रदर्शकको औसत संख्या त्यस क्षेत्रमा संलग्नहरूको भनाइ अनुसार प्रतिआरोही १ दशमलव ५ को अनुपातमा हुन्छ । कसैले दुई भन्दाबढी पथप्रदर्शक प्रयोग गर्ने र कसैले आफै (अलपाइन) आरोहण गर्ने हुँदा त्यस्तो तथ्याङ्क आएको हो । अहिले सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा मात्र ४०० पर्यटक आरोहीका लागि ६०० बढी नेपाली आरोही पथप्रदर्शकहरू खटिइरहेका छन् । यही अनुपातमा आरोहण गतिविधि चलिरहेका अरू हिमालमा पनि थुप्रै पथप्रदर्शक जनशक्ति संलग्न रहेका छन् । एक आरोहण याममा उनीहरूको औसत रोजगार अवधि ६० दिन र औसत आम्दानी ६ लाख हाराहारी हुने गर्छ । हिमालका आधार शिविर तथा ठूला हिमालको माथिल्लो क्याम्पहरूमा समेत खाना बनाउने अन्य सहयोगी कामदार प्रयोग हुने गर्छ । आधार शिविरसम्म बन्दोबस्तीका सामान पु¥याउने तथा ल्याउने कार्यका लागि हवाई उडान एवं संयौंको संख्यामा भरिया तथा जोप्के (चौरी) आदिको पनि प्रयोग हुने गर्छ । त्यस्तै हिमाल आरोहणमा जाने पर्यटक आरोहण अगाडि आधार शिविरसम्म र पछि त्यहाँबाट नजिकको सडक वा हवाई अड्डासम्म ट्रेकिङ गर्दै आउने जाने गर्नाले बाटोमा पर्ने स्थानीय बस्तीहरूमा समेत आर्थिक लाभ पुग्ने गरी गतिविधिहरू भइरहेको हुन्छ । यसबाट हिमाल आरोहणमा आउने पर्यटकले आफ्नो संख्याको तुलनामा आर्थिक योगदान उच्च रहेको हुन्छ । यता महामारीको असरको दैनिक नयाँ नयाँ रेकर्डसहितको चिन्ताजनक समाचार आइरहँदा सगरमाथामा विश्व रेकर्डधारी आरोही कामी रिता शेर्पाले आफ्नै रेकर्ड थप बलियो बनाउँदै अन्य ११ आरोहीका सथा २५ औं पटक विश्वको शिर सगरमाथा गत शुक्रवार साँझ ६ बजे विजय गरेको रोमाञ्चक समाचार सुन्न पाएका छौं । उनको नेतृत्वमा रहेको नेपाली आरोहीहरूले बाटो खोलेसँगै अब केही हप्ता सगरमाथा आरोहणको खबरले नयाँ र उत्साहप्रद सन्देशहरू दिने छ । विषम समयमा समेत यसरी उत्साह भर्न सक्ने र गुणात्मक रूपमा बढी आर्थिक प्रतिफल दिन सक्ने देशको पर्यटनअन्तर्गत पर्वतारोहण क्षेत्रलाई थप सुरक्षित र व्यवस्थित बनाउन सम्बद्ध निकायले निरन्तर ध्यान दिनु पनि जरुरी रहेको छ । लेखक थ्री ज्यूयल्स एडभेन्चर्सका प्रबन्धक हुन् ।