उच्च हिमालबाट हुने आम्दानी

गएको वसन्तऋतुमा सगरमाथाबाट मात्रै नेपाल सरकारले लगभग ६७ करोड नेपाली रुपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरेको छ । त्यस्तै पर्यटन व्यवसायी र कामदारले पनि पर्वतारोहण पेशाबाट राम्रो आम्दानी गर्ने गरेका छन् । गएको वसन्तऋतुमा विभिन्न देशका आरोहीलाई नेपालका विभिन्न हिमालहरू चढ्न दिएबापत पर्वतारोहीले तिरेको रोयल्टी दस्तुर मात्रै ७१ करोड ४८ लाख बराबर नेपाली रुपैयाँ रहेको छ । विश्वका ८ हजार मीटरभन्दा माथिका सबै अर्थात् १४ ओटै हिम चुचुराहरू एशिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्वफैलिएको छ । त्यसमध्ये एक तिहाइ भाग नेपाल भएर जान्छ । कोरोना महामारी विपत्ति बाँकी नै भएको अवस्थामा पनि यस वर्षको (सन् २०२१) को हिउँदो र वसन्त याम (दुवै सिजन) मा विभिन्न देशका विदेशी पर्वतारोही दलका सदस्यहरूले नेपालमा रहेको ८ हजार ८ सय ४८ दशमलव ८६ मीटर अग्लो सगरमाथा अर्थात् चोमोलुङमा लगायत अन्य १६ ओटा हिमाल चढ्न आएका थिए । हुन त उक्त सिजनको शुरू ताका (चोमोलुङमा चढ्ने क्रम शुरू हुँदै गर्दा) भारतको गुजरात, मुम्बई लगायत राज्यमा ‘ताई ती/ताई तु’ नामक समुद्री आँधी, भारतकै पश्चिम बंगाल र बंगलादेश लगायत क्षेत्रमा आएको ‘यास/यस’ नामक समुद्री आँधीका कारण हिमालय क्षेत्रमा अचानक मौसममा नराम्रोसँग परिवर्तन आयो । त्यसैका कारण हिमालय क्षेत्रमा अचानक चलेको हावाहुरी, हुन्डरी, वर्षा र हिउँ पर्नाका कारण धेरै दिनसम्म आरोहण कार्य नै रोकियो । फलतः गएको सिजनमा आधाभन्दा कम पर्वतारोहीले मात्रै सगरमाथामाथि विजय प्राप्त गर्न सके । गएको वर्ष जाडो मौसम (विन्टर सिजन) मा पनि विभिन्न देशका १० ओटा विदेशी पर्वतारोहण दलका ४५ जना सदस्य नेपालका विभिन्न हिमाल आरोहण गर्न गएका थिए । सौभाग्यवश त्यसमा ८ हजार मीटरभन्दा माथिको मनास्लु हिमाल पनि परेको थियो । ८ हजार १६३ मीटर अग्लो मनास्लु हिमाल आरोहण गर्न मात्रै गएको वर्षको जाडो मौसममा दुई आरोहण दलका १४ जना पर्वतारोहीहरू मनास्लुतर्फ गएका थिए । बाँकी आठओटा हिमाल आरोहण टोलीले भने ५ हजार ७ सय मीटरभन्दा अग्लो लुजा पिकलगायत अन्य हिमाल चढ्न गएका थिए । ती हिमाल चढेबापत विदेशी पर्वतारोहीले गएको वर्ष (सन् २०२१ मा) मात्रै नेपाल सरकारलाई राजस्व (रोयल्टी) बापत लगभग ९ लाख ८ लाख ९६ हजार ५ सय नेपाली रुपैयाँ तिरेका थिए । विश्वका ८ हजार मीटरभन्दा माथिका सबै अर्थात् १४ ओटै हिम चुचुराहरू एशिया महादेशको हिमालय पर्वतमाला भएर पश्चिमदेखि पूर्व फैलिएको छ । त्यसमध्ये एक तिहाइ भाग नेपाल भएर जान्छ । स्मरणीय छ, हिमालय पर्वतमालाको एक तिहाइ भागमै विश्वका अग्ला हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमादेखि लिएर हालसम्मको ८ हजार मीटरमध्ये कम उचाइको हिमाल सिसापाङ्मा (उचाइ ८,०१३ मीटर भएको) सम्म रहेका छन् । विश्वकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमा (८ हजार ८ सय ४८ दशमलव ८६ मीटर) हो भने हो भने, उक्त हिमाल सन् १९५३ मे २९ मा न्यूजील्यान्डका सर एडमन्ड पर्सिभल हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक चढेका थिए । विश्वको दोस्रो अग्लो हिमाल काराकोरम–२ (के–टु/काराकोरम–२) हो । यो हिमालको उचाइ ८ हजार ६ सय ११ मीटर हो । यो हिमाल सन् १९५४ को ३१ जुलाईमा इटालियन आरोहीद्वय एकिले कोम्पाग्नोनी र लिनो लेसडेल्लीले पहिलोपटक सफलतापूर्वक चढेका थिए भने, विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा (सेवालुङ/सेन्छेलुङ) हो । यो नेपाल पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र भारतको सिक्किम तथा दार्जिलिङको सीमामा अवस्थित छ । यसको उचाइ ८ हजार ५ सय ८६ मीटर हो । यो हिमाल बेलायतका पर्वतारोहीहरू जर्ज ब्यान्ड र जो ब्राउनले पहिलोपटक सन् १९५५ मे २५ मा चढेका थिए । विश्वको चौथो अग्लो हिमाल ल्होत्से/चे हो । यसको उचाइ ८ हजार ५ सय १६ मीटर हो । यो हिमालको प्रथम आरोहण सन् १९५६, मे १८ मा भएको थियो । स्वीट्जरल्यान्डका पर्वतारोहीहरू फ्रिट्ज लुसिंगार र अर्नेस्ट रेइस्टले पहिलोपटक आरोहण गरेका थिए । त्यस्तै पवश्वको पाँचौं अग्लो हिमाल मकालु (सेसेलुङ) हो । यसको उचाई ८ हजार ४ सय ६३ मीटर रहेको छ भने, जिन कोजी, लियोनल टेरे, जिन फ्रान्का, गुइडो म्याग्नान, जिन बोउभियर, सेर्गीकोप, पियरे लेरोक्सलगायत फ्रेन्च र नेपाली ग्याल्जेन नोर्बुलगायतको एक जन्ती टोलीले नै सन् १९५५ मे १५ मा चढेका थिए । त्यस्तै विश्वको छैटौं अग्लो हिमाल चो–ओयु हो । यसको उचाइ ८ हजार २ सय १ मीटर रहेको छ । सन् १९८४ अक्टोम्बर १९ मा (धेरै ढिला गरी) अस्ट्रिेलियाली नागरिकद्वय हर्बट टिची र सेप जेक्लर अन नेपाली नागरिक दावा (लामा) शेर्पाले आरोहण गरेका थिए । विश्वको सातौं अग्लो हिमालचाहिँ धवलागिरि हो । यसको उचाई ८ हजार १ सय ६७ मीटर रहेको छ भने, सन् १९६० को १३ मे मा स्वीटजरल्यान्डका पर्वतारोही कुर्ट डिम्बर्गर, पिटर डियनर, अर्नेस्ट पोर्म, एलेन सेल्बर, माइकल फोउजर र ह्युगो बेबर, नेपाली आरोहीद्वय नावाङ शेर्पा र निमा शेर्पाले सफलतापूर्वक आरोहण गरेका थिए । त्यस्तै विश्वको आठौं अग्लो हिमाल मनास्लु हो । यसको उचाइ ८ हजार १ सय ६३ मीटर हो । मनास्लु हिमालको पहिलो आरोहण सन् १९५६, मे ९ मा जापानका पर्वतारोहीत्रय तोशीमो इमानिशी, किइसिरो कातो र मिनोरू हिगेता तथा नेपाली ग्याल्जेन नोर्बुले गरेका थिए । विश्वको १०औं अग्लो हिमालचाहिँ अन्नपूर्ण प्रथम हो । यो हिमालको उचाइ ८ हजार ९१ मीटर रहेको छ । त्यस्तै यो हिमाल नै हो, समुन्द्र सतहबाट नाप्दा ८ हजार मीटरभन्दा माथि रहेको भन्ने प्रमाणित भएपछि पहिलोपटक मानव पाइल राख्न सफल भएको, हिमाल । उक्त हिमाल सन् १९५० जुन ३ मा फ्रेन्च पर्वतारोही माउरिस हर्जोगले आरोहण गर्न सफल भएका थए । लेखक पर्वतारोहण व्यवसायमा संलग्न छन् ।

सम्बन्धित सामग्री

सल्लाको खोटोबाट आम्दानी

घोराही (दाङ) – दाङमा पछिल्लो समय सल्लाको खोटोबाट आम्दानी बढ्दै गएको छ। खोटो बिक्री गरेर वन समूहले आम्दानी गर्न थालेपछि खोटो सङ्कलन गर्ने क्रम पनि बढेको हो। ०७९/८० मा जिल्लाका नौवटा समुदायिक वनबाट एक लाख सात हजार नौ सय सात केजी खोटो सङ्कलन भएर बिक्री हुँदा रु १२ लाख ९४ हजार सात सय चार आम्दानी […]

कांग्रेसको आम्दानी घट्यो, खर्च बढ्यो’

सत्तारुढ नेपाली कांग्रेसले पार्टीको आम्दानी घटेको जनाएको छ। आर्थिक वर्ष २०७८/७९ को तुलनामा २०७९/८० मा आफ्नो आम्दानी घटेको हो।...

चिडियाखानाको आम्दानी बढ्यो

काठमाडौं । जावलाखेलस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना जावलाखेलको आम्दानी बढेको छ । कोरोना महामारीका कारण लगातार घटेको आम्दानी चालु आर्थिक वर्षमा भने बढेको हो । चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार चालु आर्थिक वर्षको चैतसम्म यहाँ घुम्न आउने आन्तरिक र बाह्य पर्यटकसँगै आम्दानी पनि बढेको जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिमा सात […]

फोहाेरबाट आम्दानी

बेदकोट – कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले फोहाेरबाट आम्दानी गर्न थालेको छ। अस्पतालमा उत्पन्न हुने फोहाेर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो। प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोतमा बदलेको छ। अस्पतालमा उत्पादन हुने फोेहाेर समस्या नभएर आम्दानीको स्रोतको रुपमा प्रयोग गरिएको अस्पतालको फोहाेरमैला व्यवस्थापन केन्द्रमा […]

फोहोरबाट आम्दानी गर्दै महाकाली अस्पताल

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले फोहोरबाट आम्दानी गर्न थालेको छ। अस्पतालमा उत्पन्न हुने फोहोर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो।...

फोहोरबाट आम्दानी गर्दै महाकाली अस्पताल

कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले फोहोरबाट आम्दानी गर्न थालेको छ। अस्पतालमा उत्पन्न हुने फोहोर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो।...

फोहरबाट आम्दानी

बेदकोट, २२ चैत । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालले फोहरबाट आम्दानी गर्न थालेको छ । अस्पतालमा उत्पन्न हुने फोहर बिक्री गरेर अस्पतालले आम्दानी गर्न थालेको हो । प्रायः फालिने गरेका प्लास्टिकका बोतल, औषधिका खोल, कागज, स्लाइनका बोत्तल, प्रयोग गरेका पञ्जालाई अस्पतालले आम्दानीको स्रोतमा बदलेको छ । अस्पतालमा उत्पादन हुने फोेहर समस्या नभएर आम्दानीको स्रोतको रुपमा प्रयोग […]

भैँसीपालनबाट मनग्य आम्दानी

काठमाडौँ,१३ पुष । तनहुँको म्याग्दे गाउँपालिका–४ का कृषक समीक्षा श्रेष्ठले भैँसीपालनबाट मनग्य आम्दानी गरेका छन् । “विदेश गएर पसिना बगाउनुभन्दा देशमै श्रम गर्दा आत्मसन्तुष्टि मिल्छ,” उनले भने, “विदेशमा जत्ति काम स्वदेशमै गर्न सके यहीँ मनग्य आम्दानी हुन्छ ।” बैङ्कबाट ऋण काढेर भैँसीपालन सुरु गरेका किसान श्रेष्ठले भैसीपालनबाट मनग्य आम्दानी हुन थालेपछि स्वदेशमै सन्तुष्ट रहेको बताए […]

डालेघाँस विरुवाबाट आम्दानी

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका एक किसानले व्यावसायिक डालेघाँस बिरुवा बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका छन । वडानम्बर –६, मुरुका ५८ वर्षीय रिमबहादुर पुनले विगत तीन वर्षदेखि डालेघाँस बिरुवा बिक्रिबाट राम्रो आम्दानी गर्दै आएका हुन् ।सन्तोष कृषि फार्ममार्फत विभिन्न डालेघाँसका बिरुवा उत्पादन तथा बिक्रिबाटै घरखर्च र लगानी कटाएर वार्षिक दशलाख भन्दा बढिको आम्दानी हुने उनको भनाई […]

लगानी शून्य, आम्दानी मनग्ये

आम्दानीको लागि लगानी गर्नु स्वभाविक नै हो । लगानी अनुसार आम्दानी पनि हुन्छ । थोरै लगानीले थोरै आम्दानी हुन्छ । धेरै लगानीले धेरै आम्दानी हुन्छ । लगानी बिना आम्दानी भन्दा अचम्म लाग्ने गर्दछ । तर, गुल्मीमा शुन्य लगानीले मनग्य आम्दानी गरिएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खबाङ्गका कृषकहरुले लगानी नै नगरी थुप्रै […]