आरएमडीसी लघुवित्तले चैत १० गते बोलायो साधारण सभा

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १० गते २४ औं वार्षिक साधारण सभा बोलाएको छ ।  गत फागुन १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अमृतभोग कालिकास्थान, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित कुल २७ दशमलव ३७ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।  कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब २४ करोड १० लाख ६६ हजारको आधारमा २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।उल्लिखित प्रस्तावसँगै साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको मर्जर प्रस्तावलाई समेत सभाले स्वीकृति प्रदान गर्नेछ । आरएमडीसी लघुवित्तको १०० कित्ता शेयर बराबर मर्जर पछिको संस्थाको शेयर ८७ कित्ता प्राप्त हुने गरी यी दुई कम्पनी मर्जरमा जान लागेका हुन । साना किसान लघुवित्तका शेयरधनीहरूको भने शेयर संख्यामा कमि हुनेछैन् । यो सभाले मर्जरका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गर्नेछ । साधारण सभा प्रयोजनका लागि चैत १ गतेदेखि १० गतेसम्म बुक क्लोज गर्ने तया्री कम्पनीको छ । बुक क्लोजको आधारमा फागुन ३० गतेसम्म कायम शेयरधनीहरूले कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।  

सम्बन्धित सामग्री

जनउत्थान सामुदायिक लघुवित्तको वार्षिक साधारण सभा चैत २६ मा, बुक क्लोज कहिले ?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १२औं वार्षिक साधारण सभा चैत २६ गते गर्ने भएको छ । सभा न्यू ईरा बुटवल उपमहानगरपालिका–९ कालिकापथ, रुपन्देहीमा बिहान ११ बजे शुरू गर्ने कम्पनीले जानकारी दिएको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै प्रस्तावित १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशत नगद लाभांशसम्बन्धी प्रस्ताव प्रस्तुत गरिनेछ ।  त्यस्तै सभामा यस कम्पनीले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरू गाभ्ने÷गाभिने प्रयोजनको लागि आवश्यक सम्पूर्ण कार्यहरू गर्ने अख्यितारी सञ्चालक समितीलाई प्रदान गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १० गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा चैत ९ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

आरम्भ चौतारी लघुवित्त र तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा आज

चैत २७, काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संंस्था र तारागाउँ रिजेन्सी होटल्सको साधारण सभा आज (आइतवार) हुँदैछ ।  आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले बिहान ११ बजे बनेपा पार्टी भेन्यू बनेपा ८, काभ्रेपलाञ्चोकमा गर्ने जानकारी दिएको छ । सभाले २१ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १७ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको हो । यस आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, तारागाउँ रिजेन्सी होटल्सले २५ औं वार्षिक साधारण सभा होटल्सको रजिष्टर्ड कार्यालय बौद्धमा बिहान ११ बजे गर्ने जानकारी दिएको छ । सभाले २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले यस वर्ष शेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १२ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको हो । यस आधारमा चैत १० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

जीवन विकास लघुवित्तको साधारण सभा आज, ७३.६८% लाभांश पारित हुँदै

चैत २५, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारण सभा आज (शुक्रवार) हुँदैछ । सभा मोरङको कटहरी २ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०:३० बजे शुरु हुँदैछ । सभाले कुल ७३ दशलमव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका चैत १२ गतेदेखि २५ गतेसम्म बन्द गरेको जानकारी दिएको छ । यस आधारमा चैत १० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।

नेपाल टेलिकमको साधारण सभा  सम्पन्न, ४० % लाभांश पारित

चैत २४, काठमाडौं । नेपाल टेलिकमको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  सभा बिहीवार त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेलमा सम्पन्न भएको हो । सभाले ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले २० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश(कर समेत) गरेर कुल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। त्यसैगरी सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।   कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गरेको थियो । सोही कारण गत चैत १० गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।

जीवन विकास लघुवित्तले ७३.६८ % लाभांश पारित गर्न शुक्रवार बोलायो साधारण सभा

चैत २४, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारण सभा चैत २५ गते शुक्रवार बोलाएको छ । कम्पनीले सभा   मोरङ्गको कटहरी २ स्थित केन्द्रीय कार्यालयमा बिहान १० : ३० बजे शुरु हुने जानकारी दिएको छ। सभाले कुल ७३ दशलमव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका चैत १२ गतेदेखि २५ गतेसम्म बन्द गरेको जानकारी दिएको छ। यस आधारमा चैत १० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।

सन नेपाल लाइफ इन्स्योरेन्सले वैशाख ९ गते बोलायो चौथो साधारण सभा

चैत १८, काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले चौथो वार्षिक साधारण सभा वैशाख ९ गते गर्ने भएको छ ।  कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले सभा हायात प्लेस, ताहाचल, काठमाडौंमा अपरान्ह्र ४ बजे गर्ने निर्णय गरेको हो ।  कम्पनीको पूँजी वृद्धि गर्ने लगायत प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव उक्त सभाले पारित गर्नेछ ।  साथै, कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने, नियमनकारी निकायबाट संशोधन सम्बन्धमा कुनै सुझाब वा निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पनि सभाले पारित गर्नेछ ।  साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

मुक्तिनाथ क्यापिटलको विशेष साधारण सभा चैत २५ गते

चैत १०, काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको विशेष साधारण सभा चैत २५ गते हुने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय, काठमाडौं प्लाजा, कमलादीमा दिउँसो १२:३० बजे भर्चुअल माध्यमबाट शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो ।  सभाको प्रस्तावमा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र प्रवन्धपत्रमा प्रस्तावित संशोधनको नियमनकारी निकायबाट थपघट गर्न कुनै निर्देशन आएमा उक्त कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने रहेको छ ।

४०% लाभांश पारित गर्न नेपाल टेलिकमले चैत २४ गते बोलायो १४औं साधारण सभा

चैत १, काठमाडौं । ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न नेपाल टेलिकम लिमिटेडले चैत २४ गते १४औं साधारण सभा बोाएको छ ।  कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लव, टुडिखेल, काठमाडौंमा दिनको ११ बजे उक्त सभा गर्ने निर्णय गरेको हो ।  यस वर्ष कम्पनीले पहिलो पटक बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सभाले हाल कायम चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर र प्रतिशेयर २० रुपैयाँ का दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको नियमावलीको नियम १६ संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा चैत १० गतेसम्म कायम कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।