चैत २४, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारण सभा चैत २५ गते शुक्रवार बोलाएको छ ।
कम्पनीले सभा मोरङ्गको कटहरी २ स्थित केन्द्रीय कार्यालयमा बिहान १० : ३० बजे शुरु हुने जानकारी दिएको छ। सभाले कुल ७३ दशलमव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका चैत १२ गतेदेखि २५ गतेसम्म बन्द गरेको जानकारी दिएको छ। यस आधारमा चैत १० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् ।