चैत १, काठमाडौं । ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न नेपाल टेलिकम लिमिटेडले चैत २४ गते १४औं साधारण सभा बोाएको छ ।
कम्पनीको फागुन ३० गते बसेको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लव, टुडिखेल, काठमाडौंमा दिनको ११ बजे उक्त सभा गर्ने निर्णय गरेको हो ।
यस वर्ष कम्पनीले पहिलो पटक बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सभाले हाल कायम चुक्तापूँजीको २० प्रतिशत बोनस शेयर र प्रतिशेयर २० रुपैयाँ का दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको नियमावलीको नियम १६ संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस आधारमा चैत १० गतेसम्म कायम कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।