'सर्वोत्तमको आईपीओमा ऋण गरेर लगानी गर्नेलाई पनि नोक्सान नहुने गरी लाभांश दिन्छौँ'

अहिले बजारमा सर्वोत्तम सिमेन्टको चर्चा चुलिएको छ । पहिलो पटक बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर मूल्य संस्थागत लगानीकर्ताका लागि प्रतिसेयर ७ सय ५० भनिएको छ भने त्यसको १० प्रतिशत छुटमा सर्वसाधारणले पाउनेछन् । यद्यपि मूल्यको अन्तिम स्वीकृति भने नेपाल धितोपत्र बोर्डबाट पाउनुपर्ने हुन्छ । सर्वोत्तमले ...

सम्बन्धित सामग्री

निर्धन उत्थान लघुवित्तको २५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ औं वार्षिक साधारण सभा शुक्रवार (आज) सम्पन्न भएको छ । काठमाडौंको नक्सालस्थित निर्धन भवनमा कम्पनीको साधारण सभा सम्पन्न भएको हो ।  साधारण सभामा कम्पनीका सञ्चालक समिति अध्यक्ष हरि कृष्ण पन्तले आर्थिक वर्ष (आव) २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनमा शेयरधनीहरू डम्बरु वल्लभ घिमिरे, निरुपमा गुप्ता, गोविन्द के.सी, सुदीप श्रेष्ठ र सत्रुघ्न श्रेष्ठले आफ्नो राय सुझाव पेस गरेका थिए ।  साधारण सभाले सामान्य प्रस्तावतर्फ आव २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नाफा नोक्सान बाँडफाँट हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरू लगायतका प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।  सभाले लघुवित्तको बाह्य लेखापरीक्षणको लागि A.Nepal & Associates Chartered Accountantsलाई नियुक्त गरेको छ ।  स्थापनाकालदेखि राम्रै प्रतिफल दिँदै आएको यस लघुवित्तले यो वर्ष भने लगानीकर्ताको हात खाली बनाएको छ । लघुवित्तले गत वर्ष आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश दिएको थियो । यस्तै, आव २०७७/७८ मा भने शेयरधनीलाई ३० प्रतिशत लाभांश दिएको थियो ।  शेयरधनी सत्रुघ्न श्रेष्ठले ऋणीहरूमा ऋण तिर्नुपर्दैन भन्ने भ्रम छरिँदा असुलीमा प्रभाव परी निष्क्रिय कर्जा बढेकाले अवस्था चुनौतीपूर्ण रहेको बताए । जसले गर्दा संस्थाको नाफामा ७० प्रतिशतले ह्रास आएको उनको भनाइ छ । लघुवित्तमा चुनौती थपिँदा पनि यसप्रति राज्य मुकदर्शक भएर बसेको उनको आरोप छ । लघुवित्तले यस वर्ष लाभांश दिन नसके पनि आगामी वर्ष कम्तीमा १० प्रतिशत लाभांश दिने अपेक्षा व्यक्त गरे । उनले लघुवित्तले ऋण असुलीमा जोड दिनुपर्ने सुझाव दिए ।   शेयरधनी निरुपमा गुप्ताले अहिलेको क्रिटिकल अवस्थाका कारण निष्क्रिय कर्जा धेरै भएकाले यसलाई घटाउनतर्फ लाग्नुपर्ने सुझाए । अर्का शेयरधनी डम्बरु बल्लभ घिमिरेले लघुवित्तको कर्जा असुलीलाई जोड दिई चालू वर्षमा राम्रो प्रतिफल दिन सक्ने बनाउनका लागि काम गनुपर्ने सुझाव दिए ।  साधारण सभामा संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मुकेश दहालले शेयरधनीले उठाएका जिज्ञासाको जवाफ दिएका थिए । साथै उनले आगामी वर्षमा शेयरधनीको सुझाव र अपेक्षाअनुसार कार्यसञ्चालन व्यवस्थापन गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए । साधारण सभाको सञ्चालन संस्थाका कम्पनी सचिव जग्य प्रसाद पन्तले गरेका थिए ।  उक्त लघुवित्त संस्थाको देशको ७७ वटै जिल्लामा १८५ वटा शाखा छन् । २०८० पौष मसान्तसम्ममा लघुवित्तको ग्राहक सदस्य संख्या ४ लाख १ हजार १०९ छ भने ऋणी संख्या १ लाख ९९ हजार १४३ छ । लघुवित्तको लगानीमा रहेको कर्जा रु. २५ अर्ब ६२ करोड ७० लाख छ ।

एनसेलले डाक्यो साधारणसभा, यस्ता छन् प्रस्ताव

एनसेल आजियाटा लिमिटेडले तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । एनसेलले प्राइभेटबाट पब्लिक कम्पनीमा रुपान्तरण भएपछिको तेस्रो वर्षको साधारणसभा गर्न लागेको हो । कम्पनीले कार्तिक २५ गते लैनचौर स्थित आफ्नै कर्पोरेट कार्यालयमा सभा आह्वान गरेको हो । कम्पनीले सभामा  कम्पनीको ऋण सम्बन्धि विशेष प्रस्तावमाथि छलफल गर्ने भएको छ । त्यस्तै साधारण प्रस्ताव अन्तर्गत आ.व. २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७८/७९ को वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह लगायत वित्तीय विवरण पारित गर्ने , कम्पनीको आ.व. २०७९/८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको सिफारिस बमोजिम आ.व. २०७८/७९ को लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव सभामा पेश हुने छ।  दुर संचार सेवा प्रदायक कम्पनी अनिवार्य रुपमा पब्लिक कम्पनीमा जानु पर्ने बाध्यकारी ब्यबस्था अनुसार एनसेल ३ वर्ष अगाडी पब्लिक कम्पनीमा रुपान्तरण भएको हो । पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएसँगै अब कम्पनीलाई सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने बाटो खुलेको छ । यद्यपि आईपिओ निष्काशन अनिवार्य भने छैन ।

राधी विद्युत कम्पनीले पायो हकप्रद निष्काशनको अनुमति

राधी विद्युत कम्पनीले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज साउन ९ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति दिएको हो ।कम्पनीले हाल कायम चुक्ता पुँजीको  १:१.४७५२ को अनुपातमा अर्थात् १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि अनुमति पाएको हो । कम्पनीले प्रति शेयर १०० का दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो ।   कम्पनीले हालको आयोजनाको ऋण तिर्न र ४५ मेगावाटको नयाँ आयोजनामा लगानी गर्न हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीले हकप्रद निष्कासन अनुमति माग गर्दै बैशाख २८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।  कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।   कम्पनीले  आर्थिक वर्ष ७७/७८ को साधारणसभा पनि आह्वान गरेको छ । कम्पनीले साउन ३० गते सोमबार सभा गर्न लागेको हो । कम्पनीले साधारणसभाको लागि साउन २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश भने घोषणा गरेको छैन । कम्पनीको सभामा संचालक समितिको आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा-नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र आ.व. २०७८/७९ को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ।

राधी विद्युतको साधारणसभा आह्वान, छैन लाभांश प्रस्ताव

राधी विद्युत कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष ७७/७८ को आह्वान गरेको हो । कम्पनीले साउन ३० गते सोमबार सभा गर्न लागेको हो । कम्पनीले साधारणसभाको लागि साउन २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश भने घोषणा गरेको छैन । कम्पनीको सभामा संचालक समितिको आ.व. २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा-नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र आ.व. २०७८/७९ को लागि लेखा परिक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ।कम्पनीले हकप्रद निष्काशनको पनि तयारी गरिरहेको छ । कम्पनीले हकप्रद निष्कासन अनुमै माग गर्दै बैशाख २८ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको  १:१.४७५२ को अनुपातमा अर्थात् १४७.५२ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले प्रति शेयर १०० का दरले ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको हो ।   कम्पनीले हालको आयोजनाको ऋण तिर्न र ४५ मेगावाटको नयाँ आयोजनामा लगानी गर्न हकप्रद निष्काशन गर्न लागेको हो । कम्पनीलाई विद्युत नियमन आयोगले हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरिसकेको छ। आयोगले आयोगले तोकेका शर्त पालना हुने गरि हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति प्रदान गरेको हो । कम्पनीले हकप्रद निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरिसकेको छ ।

एचआइडिसिएलको लाभांश पारित, सर्वसाधारण समुहबाट सुधीर ज्ञवाली बने सञ्‍चालक

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले आज बिहीबार कम्पनीको कार्यालय, हात्तीसार, काठमाण्डौमा  सभा गरेको हो। साधारण सभामा सञ्‍चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको कम्पनीको बार्षिक प्रतिवेदन सहितका विभिन्न प्रस्ताव पारित गरेको छ । सभाले साधारण प्रस्ताव अन्तर्गत  आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ। त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरेको छ। त्यस्तै महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम चार्टर्ड एकाउन्टेन्ट सृष्टी कोइरालालाई आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ। सर्वसाधारण समूहका शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरी भएको निर्वाचन प्रकृयाबाट अधिकतम मत प्राप्त गरी सुधीर ज्ञवाली सञ्‍चालक पदमा निर्वाचित भएका छन् ।विशेष प्रस्ताव अन्तर्गत सञ्‍चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको ८.००% (आठ प्रतिशत) का दरले हुने रू. १,४९,६०,००,०००|- (अक्षरेपी एक अर्ब उनान्पचास करोड साठी लाख मात्र) बराबरको बोनस शेयर र चुक्ता पूँजीको ०.४२१% (शून्य दशमलव चार दुइ एक प्रतिशत) का दरले हुने रू. ७,८७,३६,८४२.११ (अक्षरेपी सात करोड सतासी लाख छत्तीस हजार आठ सय बयालीस रुपैयाँ एघार पैसा मात्र) नगद लाभांश (कर सहित) नेपाल सरकारको स्वीकृति लिएर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।सभाले कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ भने कम्पनीको प्रवन्धपत्र र नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरूप आवश्यक समायोजन गर्न सञ्‍चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा कम्पनीबाट नेपाल सरकारद्वारा स्थापित “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा रु. ८ लाख र राष्ट्रिय आविष्कार केन्द्रलाई रु. २ लाख सहयोग रकम भुक्तानी भएकोमा सो को अनुमोदन गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ।हालसम्म जलविद्युत क्षेत्रमा मात्र लगानी गर्ने यस कम्पनीको उद्देश्य रहेकोमा यस सभाबाट प्रवन्धपत्रमा संशोधन भई कम्पनीको उद्देश्य विस्तार गरी अन्य नवीकरणीय ऊर्जाका क्षेत्रमा समेत लगानी गर्न सक्ने गरी आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ।कम्पनीको अधिकृत पूँजी ५० अर्ब रुपैयाँ, जारी पूँजी 22 अर्ब रुपैयाँ र हालको चुक्ता पूँजी १८ अर्ब ७० करोड रुपैयाँ रहेको छ। यस दशौं वार्षिक साधारण सभाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको आठ प्रतिशत का दरले हुने रू. १,४९,६०,००,०००|- बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको हुँदा सो बोनस शेयर वितरण भए पश्चात कम्पनीको चुक्ता पूँजी २० अर्ब १९ करोड ६० लाख रुपैयाँ हुने छ।कम्पनीले आफ्नो उद्देश्य बमोजिम विभिन्न जलविद्युत आयोजनाहरु, प्रसारण कम्पनी एवं इन्जिनियरिङ्ग कम्पनीहरुमा ऋण तथा शेयर लगानी गरेको छ। कम्पनीबाट कुल ४४२.२ मेगावाट क्षमताका १२ वटा विभिन्न जलविद्युत आयोजनाहरुमा ६ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानीको प्रतिवद्धता भई २०७८ आश्‍विन मसान्तसम्ममा ४ अर्ब ९१ करोड रुपैयाँ ऋण प्रवाह भइसकेको छ। यसै गरी कम्पनीबाट नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणबाट प्रवर्द्धित जलविद्युतसँग सम्बन्धित विभिन्न ४ वटा कम्पनीहरुमा ९२.३ करोड रुपैयाँ  शेयर लगानी गर्ने प्रतिवद्धता गरी २०७८ आश्‍विन मसान्तसम्ममा ३५ करोड ६६ लाख रुपैयाँ शेयर रकम भुक्तानी भइसकेको छ। कम्पनीबाट कुल ७६२.३ मेगावाट क्षमताका ६ वटा विभिन्न जलविद्युत आयोजनाहरुमा ६ अर्ब ७३ करोड रुपैयाँ शेयर लगानीको प्रतिवद्धता भई २०७८ आश्‍विन मसान्तसम्ममा १ अर्ब ५१ करोड रुपैयाँ शेयर रकम भुक्तानी भइसकेको छ।कम्पनीले सहायक कम्पनीहरु रेमिट हाइड्रो लिमिटेड मार्फत ७७.५ मेगावटको घुन्सा खोला जलविद्युत आयोजना र सिम्बुवा रेमिट हाइड्रो लिमिटेड मार्फत ७०.३ मेगावटको सिम्बुवा खोला जलविद्युत आयोजना निर्माण गर्ने कार्य अघि बढाएको छ। उक्त दुवै आयोजनाहरुको विस्तृत अध्ययनको कार्य अन्तिम चरणमा रहेको छ। विद्युत खरिद विक्री सम्झौता सम्पन्न भए पश्चात सो आयोजनाहरूको निर्माणका लागि आवश्यक वित्तीय स्रोतको प्रवन्ध गरी निर्माण प्रकृया अघि बढाइने जनाएको छ।

नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा साल्ट ट्रेडिङ कर्पोरेशन Salt Trading Corporation Limited  को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको २० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ६५७४.१७ कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य ७८८९ थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज कार्तिक २ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।  जस अनुसार कार्तिक १ गते सम्म कायम सेयरधनिहरुले मात्र लाभांश प्राप्त गर्न तथा साधारणसभामा भाग लिन पाउनेछन्। कम्पनीले कार्तिक १६ गते भर्चुअल माध्यमबाट आफ्नो बार्षिक साधारणसभा गर्ने भएको हो। सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७६ /७७ को मुनाफाबाट २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीहरुमा वितरण हुने छ ।   त्यस्तै सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान सहितको वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन्। त्यस्तै ऋण लिने प्रस्ताव पनि सभामा पेश हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा  कार्तिक १ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

साल्ट ट्रेडिङ कर्पोरेशनको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

साल्ट ट्रेडिङ कर्पोरेशन Salt Trading Corporation Limited  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक १६ गते भर्चुअल माध्यमबाट  साधारणसभा गर्ने भएको हो ।सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष ७६ /७७ को मुनाफाबाट २० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।   त्यस्तै सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान सहितको वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन्। त्यस्तै ऋण लिने प्रस्ताव पनि सभामा पेश हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा  कार्तिक १ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।