एचआइडिसिएलको लाभांश पारित, सर्वसाधारण समुहबाट सुधीर ज्ञवाली बने सञ्‍चालक

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले आज बिहीबार कम्पनीको कार्यालय, हात्तीसार, काठमाण्डौमा  सभा गरेको हो। साधारण सभामा सञ्‍चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको कम्पनीको बार्षिक प्रतिवेदन सहितका विभिन्न प्रस्ताव पारित गरेको छ । सभाले साधारण प्रस्ताव अन्तर्गत  आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ। त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरेको छ। त्यस्तै महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम चार्टर्ड एकाउन्टेन्ट सृष्टी कोइरालालाई आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ। सर्वसाधारण समूहका शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरी भएको निर्वाचन प्रकृयाबाट अधिकतम मत प्राप्त गरी सुधीर ज्ञवाली सञ्‍चालक पदमा निर्वाचित भएका छन् ।विशेष प्रस्ताव अन्तर्गत सञ्‍चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको ८.००% (आठ प्रतिशत) का दरले हुने रू. १,४९,६०,००,०००|- (अक्षरेपी एक अर्ब उनान्पचास करोड साठी लाख मात्र) बराबरको बोनस शेयर र चुक्ता पूँजीको ०.४२१% (शून्य दशमलव चार दुइ एक प्रतिशत) का दरले हुने रू. ७,८७,३६,८४२.११ (अक्षरेपी सात करोड सतासी लाख छत्तीस हजार आठ सय बयालीस रुपैयाँ एघार पैसा मात्र) नगद लाभांश (कर सहित) नेपाल सरकारको स्वीकृति लिएर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।सभाले कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ भने कम्पनीको प्रवन्धपत्र र नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरूप आवश्यक समायोजन गर्न सञ्‍चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा कम्पनीबाट नेपाल सरकारद्वारा स्थापित “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा रु. ८ लाख र राष्ट्रिय आविष्कार केन्द्रलाई रु. २ लाख सहयोग रकम भुक्तानी भएकोमा सो को अनुमोदन गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ।हालसम्म जलविद्युत क्षेत्रमा मात्र लगानी गर्ने यस कम्पनीको उद्देश्य रहेकोमा यस सभाबाट प्रवन्धपत्रमा संशोधन भई कम्पनीको उद्देश्य विस्तार गरी अन्य नवीकरणीय ऊर्जाका क्षेत्रमा समेत लगानी गर्न सक्ने गरी आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ।कम्पनीको अधिकृत पूँजी ५० अर्ब रुपैयाँ, जारी पूँजी 22 अर्ब रुपैयाँ र हालको चुक्ता पूँजी १८ अर्ब ७० करोड रुपैयाँ रहेको छ। यस दशौं वार्षिक साधारण सभाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको आठ प्रतिशत का दरले हुने रू. १,४९,६०,००,०००|- बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको हुँदा सो बोनस शेयर वितरण भए पश्चात कम्पनीको चुक्ता पूँजी २० अर्ब १९ करोड ६० लाख रुपैयाँ हुने छ।कम्पनीले आफ्नो उद्देश्य बमोजिम विभिन्न जलविद्युत आयोजनाहरु, प्रसारण कम्पनी एवं इन्जिनियरिङ्ग कम्पनीहरुमा ऋण तथा शेयर लगानी गरेको छ। कम्पनीबाट कुल ४४२.२ मेगावाट क्षमताका १२ वटा विभिन्न जलविद्युत आयोजनाहरुमा ६ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानीको प्रतिवद्धता भई २०७८ आश्‍विन मसान्तसम्ममा ४ अर्ब ९१ करोड रुपैयाँ ऋण प्रवाह भइसकेको छ। यसै गरी कम्पनीबाट नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणबाट प्रवर्द्धित जलविद्युतसँग सम्बन्धित विभिन्न ४ वटा कम्पनीहरुमा ९२.३ करोड रुपैयाँ  शेयर लगानी गर्ने प्रतिवद्धता गरी २०७८ आश्‍विन मसान्तसम्ममा ३५ करोड ६६ लाख रुपैयाँ शेयर रकम भुक्तानी भइसकेको छ। कम्पनीबाट कुल ७६२.३ मेगावाट क्षमताका ६ वटा विभिन्न जलविद्युत आयोजनाहरुमा ६ अर्ब ७३ करोड रुपैयाँ शेयर लगानीको प्रतिवद्धता भई २०७८ आश्‍विन मसान्तसम्ममा १ अर्ब ५१ करोड रुपैयाँ शेयर रकम भुक्तानी भइसकेको छ।कम्पनीले सहायक कम्पनीहरु रेमिट हाइड्रो लिमिटेड मार्फत ७७.५ मेगावटको घुन्सा खोला जलविद्युत आयोजना र सिम्बुवा रेमिट हाइड्रो लिमिटेड मार्फत ७०.३ मेगावटको सिम्बुवा खोला जलविद्युत आयोजना निर्माण गर्ने कार्य अघि बढाएको छ। उक्त दुवै आयोजनाहरुको विस्तृत अध्ययनको कार्य अन्तिम चरणमा रहेको छ। विद्युत खरिद विक्री सम्झौता सम्पन्न भए पश्चात सो आयोजनाहरूको निर्माणका लागि आवश्यक वित्तीय स्रोतको प्रवन्ध गरी निर्माण प्रकृया अघि बढाइने जनाएको छ।

सम्बन्धित सामग्री

कामना सेवाको लाभांश पारित

कामना सेवा विकास बैंक लिमिटेडले सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकको १६औँ वार्षिक साधारणसभाले आव ०७८/७९ को लाभांशबाट चुक्ता पुँजीको चार दशमलव ४१ प्रतिशत बोनस सेयर...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्स लिमिटेडले प्रस्ताव गरेको ७.०५ प्रतिशत लाभांश पारित गरेको छ । इन्स्सोरेन्सको २७ औँ वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो । सभाले चुक्ता पुँजीको ६.७० प्रतिशत बोनस सेयर तथा ०.३५ प्रतिशत बोनस सेयरमा लाग्ने करसमेत जम्मा ७.०५ प्रतिशत लाभांश पारित गरेको हो । साथै, उक्त साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन पनि […]

नबिल बैंकको ३० प्रतिशत लाभांश पारित

काठमाडौँ – नबिल बैंकको ३० प्रतिशत लाभांश पारित भएको छ। शुक्रबार बैंकको ३८ औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रस्तावित ३० प्रतिशत लाभांश पारित गरेको हो। बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। समीक्षा वर्षको […]

युनाइटेड इन्स्योरेन्सको लाभांश पारित

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले सेयरधनीका लागि वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित भएको छ । कम्पनीको २९औँ वार्षिक साधारणसभाले आव ०७८/७९ को मुनाफाबाट पाँच प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका...

एनएमबि बैंकको लाभांश पारित

एनएमबि बैंकले सेयर सदस्यका लागि प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकको २७औँ साधारणसभाले आव ०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको करसहितको आठ दशमलव २५ प्रतिशत लाभांश पारित...

एभरेष्ट बैंकको लाभांश पारित

एभरेष्ट बैंक लिमिटेडले सेयरधनीका लागि प्रस्ताव गरेको २० दशमलव ६८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २८औँ वार्षिक साधारणसभाले आव ०७८/७९ को मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र सात...

एनएमबि बैंकको लाभांश पारित

एनएमबि बैंकले सेयरधनीका लागि वितरण गर्न प्रस्ताव गरेको १५ दशमलव ८ प्रतिशत लाभांश पारित भएको छ । बैंकको २६औँ साधारणसभाले आव ०७७÷७८ को मुनाफाबाट १२ दशमलव ५० प्रतिशत बोनस सेयर र...

इन्भेष्टमेन्ट बैंकको  लाभांश पारित

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको लाभांश पारित गरेको छ । सभाले १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश पारित...

सिबिआईएल क्यापिटलको २५ प्रतिशत लाभांश पारित

सिबिआईएल क्यापिटलले आफ्ना सेयरधनीहरुका लागि २५ प्रतिशत नगद लाभांश पारित गरेको छ । शुक्रबार सम्पन्न पन्ध्रौं वार्षिक साधारणसभामा उक्त लाभांश पारित गरेको कम्पनीले जनाएको छ ।साधारणसभाले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट २५ नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको हो ।

रिलायन्स फाइनान्सको १० प्रतिशत लाभांश पारित

काठमाडौं, २२ बैशाख । रिलायन्स फाइनान्सको प्रस्तावित लाभांश पारित भएको छ । बैशाख २२ गते सम्पन्न भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १०.५३ प्रतिशत लाभांश पारित गरेको जनाएको छ । संस्थाको आज ११ औं वार्षिक साधारणसभा भर्च्युअल माध्यमबाट सम्पन्न भएको हो ।