एनसेलले डाक्यो साधारणसभा, यस्ता छन् प्रस्ताव

एनसेल आजियाटा लिमिटेडले तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ । एनसेलले प्राइभेटबाट पब्लिक कम्पनीमा रुपान्तरण भएपछिको तेस्रो वर्षको साधारणसभा गर्न लागेको हो । कम्पनीले कार्तिक २५ गते लैनचौर स्थित आफ्नै कर्पोरेट कार्यालयमा सभा आह्वान गरेको हो । कम्पनीले सभामा  कम्पनीको ऋण सम्बन्धि विशेष प्रस्तावमाथि छलफल गर्ने भएको छ । त्यस्तै साधारण प्रस्ताव अन्तर्गत आ.व. २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७८/७९ को वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह लगायत वित्तीय विवरण पारित गर्ने , कम्पनीको आ.व. २०७९/८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक समितिको सिफारिस बमोजिम आ.व. २०७८/७९ को लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव सभामा पेश हुने छ।  दुर संचार सेवा प्रदायक कम्पनी अनिवार्य रुपमा पब्लिक कम्पनीमा जानु पर्ने बाध्यकारी ब्यबस्था अनुसार एनसेल ३ वर्ष अगाडी पब्लिक कम्पनीमा रुपान्तरण भएको हो । पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएसँगै अब कम्पनीलाई सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने बाटो खुलेको छ । यद्यपि आईपिओ निष्काशन अनिवार्य भने छैन । 

सम्बन्धित सामग्री

यस्ता छन्, जबरा विरुद्धका १७ प्रमाण

१४ भदौ, काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा विरुद्ध बयान लिँदैछ । समितिले महाभियोगको प्रस्ताव, सरोकारवालाहरुले बुझाएको दस्तावेज र अन्य तरिकाले जबरा विरुद्धका प्रमाण संकलन गरिरहेको छ । समितिको सचिवालयमा पेश भएका जबरा विरुद्धका प्रमाणहरु यस्ता छन्– १. घरजग्गा व्यवसायी इच्छाराज तामाङबीचको मुद्दामा अधिवक्ता रुद्र पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार […]

आँखुखोला जलविद्युत कम्पनीको साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव

आँखुखोला जलविद्युत कम्पनीले एक साथ २ वटा आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार १२ गते बानेश्वर स्थित अपर्ण ब्यान्क्वेटमा सभा आह्वान गरेको हो।कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ २७ गते बुक क्लोज गर्ने भएको छ । जेठ २६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव (क) सामान्य प्रस्ताव(१) संचालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को वार्षिक प्रतिवेदन पारित गर्ने । (२) लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/०७७ र २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने । (३) कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७४/०७९ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने । कम्पनी ऐन, २०६३ को दफा ११२ अनुसार आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षणका लागि नियूक्त लेखापरिक्षक एन.थापा एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टटेन्स् को नियूक्ती अनुमोदन गर्ने । (४) विविध। (ख) विशेष प्रस्ताव (१) सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी १ जना महिला र संस्थापक समुह शेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरि ४ जना संचालकहरुको चयन/निर्वाचन गर्ने । (२) विविध ।

सरकारको इन्धन खर्च कटौती गर्ने अर्थ मन्त्रालयको प्रस्ताव

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सरकारी प्रयोजनमा हुने पेट्रोलियम इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको बताएका छन् । अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रको सङ्कट टार्न सार्वजनिक विदाको दिन सरकारी सवारी प्रयोग नगर्ने गरी प्रस्ताव गरेको बताए । महँगा सवारीको आयात रोक्न पनि प्रस्ताव गरिएको अर्थमन्त्री शर्माले बताए । सर्वसाधारणलाई पनि यस्ता […]

ख्यालख्यालमै महाअभियोग प्रस्ताव

प्रारम्भःहालका दिनसम्म नेपालमा कुनै पनि प्रधानन्यायाधीश वा संवैधानिक निकायका प्रमुखविरुद्ध महाअभियोगको प्रस्ताव संसद्बाट पारित भएको छैन । यस्ता पदाधिकारीविरुद्ध महाअभियोग प्रस्ताव पेस भने भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंहविरुद्ध २०७३ सालमा संसद्मा महाअभियोग प्रस्ताव पेस भएको थियो । त्यही समयमा निजविरुद्ध आयोगको प्रमुख हुनका लागि योग्यताको अभाव रहेको भन्दै अयोग्य […] The post ख्यालख्यालमै महाअभियोग प्रस्ताव appeared first on राजधानी राष्ट्रिय दैनिक.

गुडविल फाइनान्सको साधारणसभा आह्वान, यस्ता छन् ७ प्रस्ताव

गुडविल फाइनान्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २९ गते बिहिबार रविभवन स्थिति होटेल क्राउन इम्पेरीयलमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले  आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ९.१ प्रतिशतले हुन आउने ७ करोड ८९ लाख १५ हजार २ सय रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ३.९ प्रतिशतले हुन आउने ३ करोड ३८ लाख २० हजार ८ सय रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १३ प्रतिशतले हुन आउने ११ करोड २७ लाख ३६ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी ८६ करोड ७२ लाख रहेको छ  ।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १६ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव : साधारण प्रस्ताव१) सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन । २) लेखा परीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आ.व. २०७७/०७८ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण स्वीकृत गर्ने । ३) लेखा समितिको सिफारिस बमोजिम आ. व. २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रामिक निर्धारण गर्ने । (वर्तमान लेखापरीक्षक श्री विदुर एशोसियट्स पुनः नियुक्ती गर्न नमिल्ने)। ४) संचालक समितिले सिफारिस गरे बमोजिम चुक्ता पूँजीको कर सहितको प्रति शेयर नगद लाभाश ३.९% (तीन दशमलब नौ) प्रतिशतका दरले हुने रु. ३,३८,२०,८०० (अक्षरेपी तीन करोड अठ्तीस लाख बीस हजार आठ सय रुपैया मात्र) नगद लाभांश वितरण गर्न प्रस्ताव पारित गर्ने ।  विशेष प्रस्ताव१) संचालक समितिले सिफारिस गरे बमोजिम ९.१% (नौ दशमलब एक) प्रतिशतका दरले हुने रु. ७,८९,१५,२०० (अक्षरेपी सात करोड उनानब्बे लाख पन्ध्र हजार दुई सय रुपैया मात्र) बोनस शेयर वितरण गर्ने ।२) वित्तीय संस्थाको जारी तथा चुक्ता पूँजी संशोधन गर्ने । ३) प्रवन्ध पत्र तथा नियमावलीमा पारित गरिएको संशोधन प्रस्तावमा नियमकारी निकायबाट कुनै फेर बदल, थपघट गर्न निर्देशन बा सुझाव भएमा सोही बमोजिम गर्न संचालक समिति वा संचालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव

स्ट्याण्डर्ड चार्टर्ड बैंक Standard Chartered Bank Nepal Limited  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २८ गते मंगलार नयन बानेश्वर स्थित आफ्नै केन्द्रिय कार्यालयमा भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने बोनस शेयर र कर प्रयोजन सहितको लागि  ३.०६ प्रतिशत नगद लाभांश गरि कुल १३.०६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकोछ। कम्पनीको  साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  मङ्सिर ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु : सामान्य प्रस्ताव १. आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने । २. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७४ आषाढ मसान्तको वासलात, आव २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वार्षिक वितीय विवरणहरू पारित गर्ने । ३. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको ३.०६ प्रतिशत (प्रति शेयर रू.३.०६ (अक्षरेपी तीन रूपैयाँ ६ पैसा) का दरले नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्वीकृत गर्ने । ४. आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने (बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार वर्तमान लेखापरीक्षक एसआरपाण्डे एण्ड क. चार्टर्ड एकाउन्टेन्ट्स् पुनः नियुक्तिका लागि योग्य रहेको) विशेष प्रस्ताव : १. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत (प्रति १०० शेयरमा १० शेयर) का दरले बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने । २. बैंकको प्रबन्धपत्रको दफा ५ (क), (ख) र (ग) मा संशोधन स्वीकृत गर्ने । ३. प्रबन्धपत्रको प्रस्तावित संशोधनमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै फेरबदल गर्न सुझाव भएमा सो अनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिन स्वीकृत प्रदान गर्ने ।

माधव समूहले पारित गरेका यस्ता छन् चार बुँदे प्रस्ताव

एमालेको माधव समूहले चारवटा प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले चारवटा प्रस्ताव पारित गरेको हो । जसमा सर्वोच्च अदालतले संसद पुनःस्थापनाका लागि गरेको फैसलाको स्वागत, पार्टी एकताका लागि भएको १० बुँदे प्रस्ताव र वार्ता चलिरहेका बेला वरिष्ठ नेताहरूमाथि लगाइएका टिप्पणी र लान्छना लगाउने काम अमर्यादित भएको भन्दै बैठकले दुःख व्यक्त गरेको छ । साथै त्यस्ता लान्छना लगाउने काम कतैबाट हुन नहुने भन्दै विचार व्यक्त गर्दा सम्पूर्ण पार्टी पंक्ति संयमित र जिम्मेवार हुन जरुरी रहेको

मैले माधव नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको छैनः प्रधानमन्त्री ओली

अध्यक्ष ओलीले प्रश्न गरे, “माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ताका हुन्। अहिले धाक के लगाएर हिँडेका छन्– केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर। मलाई बहुला कुकुरले टोकेको छ र? नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव ...