काठमाडौँ । लामो समयदेखि रिक्त रहेको उपसभामुख पदलाई छिटो पूर्णता दिन प्रतिनिधि सभामा सांसदले ध्यानाकर्षण गराएका छन् । नेकपा माओवादी केन्द्रकी सांसद अमृता थापाले आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै रिक्त पदमा छिटो पूर्ति गर्न माग गरिएको छ । उनले तत्काल राष्ट्रिय सभाका उपाध्यक्षको पनि छिटो चयन गर्न माग गरेकी छन् ।