काठमाडौँ – संघीय संसदअन्तर्गतका प्रतिनिधिसभामा उपसभामुख र राष्ट्रियसभामा उपाध्यक्ष दुवै पद रिक्त हुन पुगेका छन्। तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि पदपूर्ति हुन सकेको छैन। राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको चार वर्षे पदावधि आज सकिएको छ। ‘यौन प्रकरण’ मामिलामा मुछिँदा तत्कालीन सभामुख कृष्णबहादुर महराले नैतिकताका आधारमा राजीनामा दिएपछि तुम्वाहाम्फेले सभामुख हुने इच्छा […]