पूर्वमन्त्री तथा नेकपा एमालेका नेता डा. युवराज खतिवडाले परिवर्तन भन्दैमा आफूले बनाउन नसक्ने कुरा भत्काउन नहुने बताएका छन् । पार्टीको दशौं महाधिवेशनस्थल चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले समाजवादतर्फ जाने भन्दैमा आफूले निर्माण गर्न नसक्ने संरचनालाई भत्काएर अलपत्र पार्न नहुने बताएका हुन् ।उनले दशौं महाधिवेशनबाट नेकपा एमाले जनतासँग जोडिएर जनताका सुख–दुःखमा साथ दिने मुख्य राजनीतिक शक्तिका रुपमा अझ क्रियाशील हुने बताए ।उनले पूँजीवादले सिर्जना गरेको जगबाट समाजवादतर्फ अघि बढेका कारण आफ्नो कार्