सरकारले फिर्ता बोलाएपछि नेपाल फर्किए अमेरिकाका लागि राजदूत डा. युवराज खतिवडा

काठमाडौं- सरकारले फिर्ता बोलाएपछि अमेरिकाका लागि नेपाली राजदुत डा. युवराज खतिवडा स्वदेश फर्किएका छन्। शेरबहादुर देउबा नेतृत्वको सरकारले ओली सरकारका पालामा नियुक्त भएका राजदुतहरु फिर्ता बोलाउने निर्णय गरेपछि खतिवडा नेपाल आएका हुन्। यसअघि ओली सरकारका पालामा खतिवडा अर्थमन्त्री पनि थिए। पछि ‌ओली सरकारले उनलाई अमेरिकाको राजदूत नियुक्त गरेको थियो। २०२० को अक्टोबरमा मन्त्रिपरिषद् बैठकले उनलाई […]

सम्बन्धित सामग्री

नेपाल फर्किए राजदूत डा. खतिवडा

काठमाडौँ । अमेरिकाका लागि १८ औँ नेपाली राजदूत डा. युवराज खतिवडा नेपाल फर्किएका छन् । एक वर्षभन्दा कम समय अमेरिकाको बसाइपछि अक्टोबर २७ बुधबारका दिन कतार एयरवेजको जहाजबाट उनी नेपाल फर्किएका हुन् । सरकार परिवर्तन भएपछि उनी लगायत राजदूतहरूलाई नेपाल फिर्ता बोलाइएको छ । उनलाई बिदाइ गर्न विमानस्थलमा राजदूतावासका उपनियोग प्रमुख कुमारराज खरेल, आर्थिक सल्लाहकार […] The post नेपाल फर्किए राजदूत डा. खतिवडा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेकपामा फेरि विवाद बढ्ने संकेत, राजदूत नियुक्तिमा प्रचण्डको असन्तुष्टि

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद फेरि बल्झिने अवस्था देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण देशको राजदूत नियुक्तिमा एकलौटी निर्णय गरेको भन्दै प्रचण्ड पक्ष असन्तुष्ट देखिएको छ।  प्रधानमन्त्री ओलीले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकबाट शंकरदास बैरागी मुख्य सचिव, डा. युवराज खतिवडा...

नेपाल-बंगलादेश सहकार्य

नेपाल तथा बंगलादेशबीच व्यापार, उर्जा सहयोग, लगानीलगायतका क्षेत्रमा सहकार्य गर्न आवश्यक रहेको जनाइएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि बंगलादेशकी राजदूत मास्फे विन साम्स्बीच अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटमा देशबीच व्यापार, उर्जा सहयोग, लगानीलगायतका क्षेत्रमा सहकार्य गर्न आवश्यक रहेको धारणा राख्दै सहुलियतपूर्ण र सौविध्य प्राप्त व्यापारको माध्यमबाट समृद्धिका लागि कार्य गर्न सकिने बताइएको हो ।

प्रदेश–१ सरकारलाई स्वीजरल्याण्डको १ अर्ब अनुदान सहयोग

नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच प्रदेश सहयोग कार्यक्रमअन्तर्गत सञ्चालन हुने परियोजनाका लागि सम्झौता भएको छ । प्रदेश–१ सरकारले आफ्नो विकास परियोजनामा खर्च गर्न सक्ने गरी पहिलोपटक यो सम्झौता भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडा र प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्याप्लरले आ–आफ्नो सरकारका तर्फबाट द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरे ।

नेपाल र बंगलादेशबीच दोहोरो करमुक्ति सम्झौता

नेपाल र बंगलादेश सरकारबीच दोहोरो करमुक्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपालका तर्फबाट राजस्व सचिव लालशंकर घिमिरे र बंगलादेशका तर्फबाट अर्थ मन्त्रालयका वरिष्ठ सचिव मोसहरफ हुसैन भुईयानले मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रको हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडा र बंगलादेशकी राजदूत मसेफ बिन्टे सामसमेत उपस्थित थिए । सम्झौतापछि रोजगारी तथा व्यापारका लागि एक देशको नागरिकले अर्को देशमा बसेर आर्जन गरेको सम्पत्ति सोही देशमा मात्रै कर तिर्दा हुन्छ । अर्थ मन्त्रालयका अनुसार एउटा देशमा मात्रै कर तिर्ने व्यवस्था गरे लगानीकर्तालाई उचित वातावरण हुने भएपछि दुवै मुलुकले दोहोरो कर तिर्न नपर्ने गरी सम्झौता गरेका हुन् ।

आर्थिक सुधारले मात्र देश विकास हुन्छ

नेपाल तथा भारतका लागि गणतन्त्र काजकिस्तानका राजदूत बुलट सार्सनबयेभ गत साता नेपालका अर्थमन्त्री डा. युवराज खतिवडा, काठमाडौं तथा ललितपुर महानगरका मेयर विद्यासुन्दर शाक्य तथा चिरिबाबु महर्जनलाई राजधानी आस्तानाको २० औं वार्षिकोत्सव तथा आस्तानास्थित फाइनान्सियल टावरको उद्घाटन समारोहमा निमन्त्रणा दिन काठमाडौं आएका थिए ।