माओवादी केन्द्रको वागमती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित

नेकपा (माओवादी केन्द्र) वागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री निर्वाचित भएका छन् । उनी अर्का प्रत्यासी दिनानाथ गौतमलाई पारजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । गौतम लाई ७६ भोटले उछिन्दै सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन । जम्मा २ सय ६१ भोट खसेको थियो । जसमा उनले १६२ मत ल्याए । गौतमले ८६  मत ल्याए ।

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकका चार सांसदले सार्वजनिक गरे वार्षिक प्रगति प्रतिवेदन

संघ र प्रदेशका चार सांसदले आफ्नो एक वर्षको प्रगति प्रतिवेदन सार्वजनिक गरेका छन्।  संघीय सांसद माधव सापकोटा, वागमती प्रदेश सांसदहरू युवराज दुलाल, सरल सहयात्री पौडेल र अमृता नेपालले वार्षिक प्रतिवेदन सार्वजनिक...

माओवादी बागमती प्रदेश संसदीय दलको नेतामा जमरकट्टेल चयन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् । शनिबार काठमाडौंको एक पाटी प्यालेसमा भएको छलफलमा दलको नेतामा जमरकटेलको नाम सर्वसम्मत पारित भएको प्रदेशसभा सदस्य युवराज दुलालले  बताए । प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललायतको असहमतिबीच नेतृत्वले गरेको प्रस्ताव अनुरुप उनको नाम सर्वसम्मत पारित भएको हो । […]

माओवादी वागमती संसदीय दलको नेतामा जमरकट्टेल चयन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को वागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन भएका छन् । प्रदेश अध्यक्ष तथा सांसद सरल सहयात्री पौडेललायतको असहमतिबीच नेतृत्वले गरेको प्रस्ताव अनुरुप उनको नाम सर्वसम्मत पारित भएको हो । पार्टीका नेताहरुसहितको बैठकले हलमा प्रस्तुत गरेको नाम सर्वसम्मत पारित भएको दलको नेताका अर्का आकांक्षी युवराज दुलालले नेपाल प्रेसलाई बताए […]

माओवादीमा प्रत्येक जिल्लाको एउटा निर्वाचन क्षेत्र नछोड्न सुझाव

१२ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ताले प्रत्येक जिल्लाका कम्तीमा एउटा निर्वाचन क्षेत्र नछोड्न नेतृत्वलाई सुझाव दिएको छ । आइतबार वागमती प्रदेश समितिको बैठकमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुले यस्तो सुझाव दिएको प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले …

माओवादी वागमती प्रदेश अध्यक्षमा पौडेलको सुरुवाती अग्रता, सचिवमा छिन्ताङ अगाडि

काठमाडौं । माओवादी केन्द्र वाग्मती प्रदेश कमिटीको जारी मत गणनामा सरल सहयात्री पौडेलले सुरुवाती अग्रता लिएका छन् । उनले ३३ मत ल्याएका छन् ।  उनका प्रितद्वन्द्वी दिनानाथ गौतमले १६ मत ल्याएका छन् । सचिवमा इन्द्रबहादुर थिङ (छिन्ताङ)ले २८, रामचन्द्र अधिकारीले १४ र धर्म ढंगोलले ५ मत ल्याएका छन् ।

माओवादीको पहिलो चुनावी अभ्यास वागमतीमा (तस्बिरहरु)

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेतृत्व चयनका लागि पहिलो चुनावी अभ्यास वागमती प्रदेश कमिटीमा गरेको छ । सहमति हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष, सचिव र सहसचिवका लागि मतदान भएको हो । यो पनि हेर्नुहोस् : बागमती माओवादीमा नेतृत्वका लागि क-कसले दिए उम्मेदवारी ? (सूचीसहित) अध्यक्षमा सरल सहयात्री पौडेल र दिनानाथ गौतम प्रतिस्पर्धामा छन् भने अन्य पदमा […]

माओवादीको वागमती प्रदेश अध्यक्षमा तीन नेताको प्रतिस्पर्धा, कसको आधार कस्तो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको वागमती प्रदेश अध्यक्षका लागि तीन जना नेताको बलियो दावेदारी देखिएको छ । शनिवारबाट शुरु भएको प्रदेश सम्मेलनको बन्दसत्र आइतवार बिहानदेखि शुरु हुनेछ । यो प्रदेश सम्मेलनले २७७ सदस्यीय प्रदेश कमटी चयन गर्नेछ । प्रदेश अध्यक्षका लागि दोलखाका विशाल खड्का, सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल र काभ्रेका दिनानाथ गौतमको दावी छ । […]