नरिवल खसाल्ने जात्रा सम्पन्न

काठमाडौँ- रातो मच्छिन्द्रनाथ रथजात्रा अन्तर्गत बिहीबार लगनखेलको थटिटोलमा नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ । मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको चार दिनपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ । रथलाई तान्दै लगनखेल पुर्‍याएपछि खुसियालीमा रथको माथिबाट नरिवल खसाल्न थालिएको मान्यता रहिआएको छ ।किंवदन्ती अनुसार नरिवल खसाल्ने दिनलाई पाटनवासीले उत्सवको रूपमा लिन्छन्। […]

सम्बन्धित सामग्री

शौर्य सिमेन्टले ग-यो वृक्षरोपण

शौर्य सिमेन्टले आफ्नो उद्योग परिसरभित्र वृक्षरोपण कार्यक्रम गरेको छ ।शौर्य सिमेन्टका बिक्रेताहरू, उद्योग परिसरका कर्मचारीलाई सहभागी गरी शौर्य सिमेन्टले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।विभिन्न प्रजातिका फलफूल जस्तै–आँप, लिची, अम्बा, कागती, नरिवल जस्ता वृक्ष रोपिएको थियो । उक्त वृक्षरोपणमा प्रत्येक बिक्रेता र कर्मचारीको नाम, बिरुवा रोपिएको मिति, बिरुवाको प्रजाति र जैविक नाम अङ्कित गरी नेमप्लेटलाई […]

रातो मछिन्द्रनाथ र मीननाथको रथबाट खसालियो नरिवल

ललितपुरः रातो मछिन्द्रनाथ र मीननाथको रथबाट नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ। लगनखेल पुर्‍याइएको रथलाई हिजो मां सिमा परिक्रमा गराएर थतिटोल पुर्‍याइएको थियो। बिहीबार थतिटोलमा मछिन्द्रनाथको रथ बनाउने थकालीले रथको टुप्पोबाट नरिवल खसालेका हुन्। नरिवल खसाल्नु पूर्व थकालीले चारैतिरै यस्मरी खसालेका थिए। यसरी फालिएको यस्मरी पाउने व्यक्तिलाई सुख लाभ हुने…

हर्षोल्लासका साथ मनाइयो नरिवल खसाउने जात्रा (फोटो फिचर)

वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथ जात्रा अन्तर्गतको नैक्या लुकेगु जात्रा (नरिवल खसाउने) हर्षोल्लासका साथ सम्पन्न भएको छ ।

तलेजुमा बलिरहित पूजा

भक्तपुरको तलेजु मन्दिरमा आज बलिरहित पूजा सम्पन्न गरिएको छ । हरेक वर्ष दसैँमा आज तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यसवर्ष कोरोना भाइरस सङ्क्रमणका कारण तलेजुमा बलि नदिई पूजा सम्पन्न गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पूजारीले नरिवल र हाँसको अण्डा चढाएर पूजा गरेको उहाँले जानकारी दिए । गुठी संस्थानको खर्चमा हुने वर्षौदेखि चल्दै आएको बलि दिने परम्परा गतवर्ष र यसवर्ष कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको उनले जानक

तराई मधेशमा आज चौरचन पर्व मनाइँदै

आज तराई मधेशको महत्वपूर्ण पर्वमध्ये चैठचन्द्र (चौरचन) मनाइँदैछ । तीज पर्व सम्पन्न भएसँगै सुरु हुने सो पर्वलाई तराई मधेशमा निकै आस्थाको रुपमा लिइन्छ । तराई मधेसमा कृष्ण जन्मअष्टमीको १२ दिनपछि चौरचन पर्व मनाइन्छ । भदौ शुक्ल चतुर्थीको दिन मनाउने यो पर्वमा किसानको खेतबारीमा उत्पादन हुने सम्पूर्ण फलफूलको पूजा हुन्छ । केरा, अम्बा, मकै, सरिफा, कागती, काँक्रो, ओल, नरिवल, अनारलगायतका फलसहित खीर पुरी प्रसादको रुपमा साँझ अर्पण गरिन्छ । चौरचन पर्वमा चन्द्रमाको पूजा हुने भएकाले यसले पुन्य प्राप्त हुने गरेको

भोटो र नरिवल खसाउने जात्रा नहुने

सुनील महर्जन, ललितपुर बुंगद्यो अर्थात् रातो मच्छिन्द्रनाथको रथ पुल्चोकबाट डेढ सय मिटर परसम्म तानेर रथयात्रा सम्पन्न गरिएपछि प्रसिद्ध भोटो जात्रा नहुने भएको छ । गुठी संस्थान ललितपुरका प्रमुख खिमा वलीका अनुसार रथ बनाउने बाराहीहरूले कूल पूजा गरिसकेपछि भोटो नदेखाई यही जेठ ५ गते देवतालाई बुंङमती लगिने छ । भोटो जात्रा नहुने भएसँगै थुप्रै धार्मिक विधि […]

महिलाले ताने रातो मछिन्द्रनाथ र मीननाथको रथ :: Pahilopost.com

ललितपुर:  रातो मछिन्द्रनाथ र मीननाथको रथलाई आज महिलाहरुले तानेका छन्। महिलाहरुले रथ तान्नुलाई 'याक मिसा भुज्या' भन्ने गरिन्छ। थतिटोलमा रहेको रथलाई महिलाहरुले तानेर इतिटोलको चौबाटो सम्म पुर्‍याएका हुन्। अरु समय पुरुषले मात्र तान्ने रथलाई नरिवल खसाल्ने जात्रा सम्पन्न भएको भोलीपल्ट महिलाहरुले मात्रै तान्ने गर्छन्। रथ इति टोल पुगेपछि साइत