शौर्य सिमेन्टले ग-यो वृक्षरोपण

शौर्य सिमेन्टले आफ्नो उद्योग परिसरभित्र वृक्षरोपण कार्यक्रम गरेको छ ।शौर्य सिमेन्टका बिक्रेताहरू, उद्योग परिसरका कर्मचारीलाई सहभागी गरी शौर्य सिमेन्टले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।विभिन्न प्रजातिका फलफूल जस्तै–आँप, लिची, अम्बा, कागती, नरिवल जस्ता वृक्ष रोपिएको थियो । उक्त वृक्षरोपणमा प्रत्येक बिक्रेता र कर्मचारीको नाम, बिरुवा रोपिएको मिति, बिरुवाको प्रजाति र जैविक नाम अङ्कित गरी नेमप्लेटलाई […]

सम्बन्धित सामग्री

शौर्य सिमेन्टद्वारा वृक्षरोपण कार्यक्रम सम्पन्न

काठमाडौं (अस) । शौर्य सिमेन्ट उद्योगले उद्योग परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । सिमेन्ट विक्रेता र  उद्योगका कर्मचारी लगायतको सहभागितामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको हो । विक्रेता तथा कर्मचारीको सहभागितामा विभिन्न प्रजातिका फलफूल, आँप, लिची, अम्बा, कागती, नरिवललगायत वृक्ष रोपिएको हो । सिमेन्ट विक्रेता र कर्मचारीको नाम, बिरुवा रोपिएको मिति, बिरुवाको प्रजाति र जैविक नाम उल्लेख गरिएको नेमप्लेट बिरुवासँगै राखिएको सिमेन्ट उद्योगले जानकारी दिएको छ । रोपिएको बिरुवा हुर्काउन मलजल गर्न जनशक्ति खटाइएको छ । सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महतले उद्योग वरिपरिको वातावरण स्वच्छ राख्न र समाजप्रतिको दायित्व निर्वाह गर्न वृक्षरोपण कार्यक्रम गरिएको बताए । मिर्चैयास्थित उद्योग परिसरबाट थालनी गरिएको उक्त कार्य निकै सराहनीय रहेको शौर्य सिमेन्टका विक्रेता श्री आरोग्य सप्लायर्सका राजन ढुंगेलले बताए । आफ्नो क्षेत्रलाई प्रदूषणरहित र हरियाली बनाउन कम्पनी अग्रसर रहेको बताइएको छ ।