रातो मछिन्द्रनाथ र मीननाथको रथबाट खसालियो नरिवल, शुक्रवार महिलाले रथ तान्ने :: Pahilopost.com

ललितपुर: रातो मछिन्द्रनाथ र मीननाथको रथबाट नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ। चार दिन अघि लगनखेल पुर्‍याइएको रथलाई हिजो मां सिमा परिक्रमा गराएर थति टोल पुर्‍याइएको थियो। बिहिवार थतिटोलमा मछिन्द्रनाथको रथ बनाउने थकालीले रथको टुप्पोबाट नरिवल खसालेका थिए। नरिवल खसाल्नु पूर्व थकालीले चारै तिरै य:मरी खसालेका थिए। यसरी फालिएको

सम्बन्धित सामग्री

दुई वर्षपछि जावलाखेल पुगे रातो मछिन्द्रनाथ, दृश्यमा रथयात्राको उल्लास

ललितपुर : वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथलाई आज जावलाखेल पुर्‍याइएको छ। लगनखेलको इति टोलबाट तानेर कुमारीपाटी हुँदै रथलाई जावलाखेलमा रहेको ‘रछ्यान कामना पीठ’को खाल्डोमा पुर्‍याइएको हो। सो पीठको खाल्डोमा पुगेपछि मात्रै रातो मछिन्द्रनाथको रथ तान्ने लक्ष्य सम्पन्न (या: न्याइ) भएको मानिन्छ। रातो मछिन्द्रनाथको रथसँगै मीननाथको…

गत वर्ष जस्तै सांकेतिक रुपमा रथ तानेर सम्पन्न भयो रातो मछिन्द्रनाथको रथयात्रा

ललितपुर : बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथयात्रा सम्पन्न भएको छ। कोरोना भाइरसको संक्रमण जारी रहेको अवस्थामा पुल्चोकमा रथ बनाइएको स्थानबाट करिब २५ मिटर पर रहेको मण्ड फल्चा (सोह्रखुट्टे पाटी) सम्म आज रथ तानेर रथयात्रा सम्पन्न गरिएको हो। रथ तान्ने कि नतान्ने भन्ने विवाद रहँदा सरोकारवालाहरुको बैठकले गत वर्ष झै एकैदिनमा…

पुल्चोक घटनामा पक्राउ परेकाहरु रिहा भएको स्वागतमा दीप प्रज्वलन

काठमाडौं : गत बिहीबार पुल्चोकमा बुंगद्य: (रातो मछिन्द्रनाथ) को रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदै पक्राउ परेकाहरु रिहा भएको स्वागतमा पाटनको मंगलबजारमा दीप प्रज्वलन गरिएको छ। उक्त झडपका क्रममा र पछि पक्राउ परेका सबैलाई हिजो रिहा गरिएको थियो। उपत्यका र ललितपुरका जनप्रतिनिधिहरुको रोहबरमा उनीहरुलाई रिहा गरिएको