वर्षा र सहकालको देवता मानिने रातो मच्छिन्द्रनाथ (बुंगद्य) को जात्रा अन्तर्गत शुक्रबार साँझ लगनखेलमा झरीका बीच रथको टुप्पोबाट नरिवल खसाल्ने (नैक्यालं लुइगु) जात्रा सम्पन्न भयो।
रथको टुप्पोमा चढेर फ्याँकिएको नरिवल टिप्न भक्तहरुको हानाथाप भएको थियो।
शनिबार बिहान सबेरै महिलाहरुले लगनखेलबाट रथ तानेर केही तलसम्म पुर्याउँछन्। यसलाई स्थानीय भाषामा 'याकः मिसाया