नारायणगढ – भरतपुर महानगरपालिका–१ देवघाटमा भेटिएका ७५ वर्षीय कृष्णबहादुर श्रेष्ठको अनुहार मलिन थियो। कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन भेटघाटको कुरो त परै जाओस् फोनको आशमा रहँदा पनि आफ्ना छोराछोरीले नसम्झँदा उनी निकै निराश भएका थिए। बाटो हेर्दै गरेका श्रेष्ठलाई न छोराछोरीको फोन आयो न त कुनै सन्देश नै। उनले भने, ‘छोराछोरीको कमाइको के आश […]