अहिलेको युग प्रविधिको युग हो । जुनसुकै कुनामा बसेर पनि संसारसँग जोडिन सकिन्छ । यो प्रविधि परदेशीका लागि त वरदान हो । हाम्रो देशमा विकासको गति जति ढिलो छ त्यो भन्दा दुई गुणा बढी सञ्चार प्रविधिको विकास छ ।
आज एउटा परिवारमा एउटा फोन मात्र होइन प्रत्येक परिवारका सदस्यकाे हात हातमा मोबाइल फोन छ । बुवा आमा, छोराछोरी, हजुरबुवा हजुरआमा प्राय फोन नहुने परिवारका सदस्य छैनन् । अहिले यो आवश्यकता पनि भएको छ । तर अलि अलि चाहिँ फेसन जस्तो पनि ।
यसको पछाडिको एउटा कारण वैदेशिक रोजगारीसँग पनि जोडिए...