चुट्किला : म मेरो बुवा बोल्दैछु

कसैले स्कुलमा फोन गरेर हेड सरलाई भन्यो— आज मेरो छोरा बिरामी पर्‍यो, स्कुल आउन सक्दैन । हेडसर : तपाईं को बोल्दै हुनुहुन्छ ? फोनबाट जवाफ आयो, म मेरो बुवा बोल्दैछु । साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

सम्बन्धित सामग्री

चुट्किला : जवाफ नफर्काउनु

बुवा : छोरा तिमीले मेरो चिठीको जवाफ किन नदिएको ? छोरा : तपाईंले आफूभन्दा ठूलालाई जवाफ नफर्काउनु भन्नुभएको थियो त्यसैले । साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

चुट्किला : धेरै रक्सी नपिउनुस्

छोरा : बा यति धेरै रक्सी नपिउनुस् न । बुवा : पिउन दे छोरा मरेर लानु के नै छ र ? छोरा : बा यसै गरी पिउँदै जाने हो भने त केही पनि त छोड्नु हुन्न होला नि ! साभार  : ‘हँसाउने चुट्किला’ पुस्तकबाट

चुट्किला : बाबुआमा र छोरा

बाबुआमा र छोरा बजार घुम्ने क्रममा छोरालाई आईसक्रिम किनिदिएछन् र छोराले त्यो आईसक्रिम खानै नपाई खसेछ । छिटोछिटो टिप्न खोज्दा आमाचाहिँले भनिछ- छि : खसेको चिजलाई नटिप म अर्कै किनिदिउँला । अनि एकछिनपछि हिँड्दाहिँड्दै बाबु चाहिँ लडेछ । हत्तपत्त आमाले उठाउन खोज्दा छोराले भनेछ— खसेको चिजलाई नउठाउनुस् आमा म अर्कै बुवा खोजिदिउँला । साभार  : […]

चुट्किला: गोबर भरिएको छ

सधैँ एसएलसी परीक्षामा फेल भइरहने छोरालाई बुवाले गाली गर्दै भन्यो, बुवा : चोर, गधा मेरो लगानी सबै खेर फालिस् । तेरो गोबर भरिएको दिमागले कसरी पास गरोस् ? छोरा : तपाईंलाई थाहा रहेछ त मेरो दिमागमा गोबर भरिएको छ, फेरि बारम्बार मेरो यही दिमाग किन चाट्नुहुन्छ ? टाउको हल्लाउँदै भन्यो, एउटा बालक आफ्नो साथीसँग क्याब्रे […]

चुट्किला : तपाईंको भन्दा मेरो

छोरा :  डेडी, तपाईंको बुद्धि धेरै कि मेरो ? बुवा :  मेरो, किनकि म एक त तेरो बाऊ हुँ, दोस्रो तेरो उमेरभन्दा मेरो बढी छ र तैँले मैले जति जाने बुझेको पनि छैनस् । छोरा :  त्यसो भए त तपाईं जान्नुहुन्छ होला कि अमेरिकाको खोज कसले गरेको ? बुवा :  कोलम्बसले गरेको थियो । छोरा […]

चुट्किला : रक्सी पिउँदैछन्

एक दिन एउटा वैज्ञानिकले यस्तो कम्युटरको आविष्कार गर्‍यो जसले सम्पूर्ण कुराहरु बताउन सक्दथ्यो । एक व्यक्तिले सो कम्प्युटरलार्ई मेरो बुवा यस वेला कहाँ हुनुहुन्छ भनेर सोध्यो । कम्प्युटरले जवाफ दियो— अहिले उनी ठमेलको एउटा भट्टीमा रक्सी पिउँदैछन् । त्यो व्यक्तिले भन्यो गलत मेरो बुवा मरेको नै ५ वर्ष भइसक्यो । कम्प्युटरले फेरि भन्यो— तिम्री आमा, […]

चुट्किला— कोही भन्न आएन

एउटा घरमा आइमाई मरेकी रहिछन् । त्यही घरको एउटा बूढाले त्यो केटालाई सोधेछन्— बाबु तिमी किन रोएको ? केटाले भनेछ : पोहोर मेरी आमा मर्नुभएको थियो । त्यतिखेर बूढीहरु आएर, नरोऊ बाबु हामी तिम्रा आमा जस्ता हौँ, भनेका थिए । पछि मेरो बुवा मर्नु भएको थियो बूढाहरु आएर भने, नरोऊ बाबु हामी तिम्रा बुवाजस्ता हौँ […]

चुट्किला— छोरी माग

एक प्रेमी आफ्नी प्रेमिकाको बुवाकहाँ गयो र भन्यो- म तपाईंकी छोरीको हात माग्न आएको । प्रेमिकाको बुवा- हात मात्र त पाइँदैन । माग्नु छ भने पूरै छोरी माग । साभार– ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट