हामीले यातायातको भाडा समायोजन गर्न स्वचालित मूल्य प्रणाली लागू गरेका छौँ । कतिपय देशमा यो खालको व्यवस्था छ । तर, विकसित देशहरुमा भने यो खालको प्रणाली छैन । प्रायः विकसित देशमा सरकारले अनुदान दिएर सार्वजनिक यातायात सञ्चालन गरेको हुन्छ । त्यसकारण यस्तो भाउ घट्ने, बढ्ने भन्ने त्यति हुँदैन ।
विकसित देशको अनुपातमा हाम्रो देशमा भाडादर एकदमै कम हो । हाम्रोमा १५ रुपैयाँ भनेको युरोपमा जाँदा १५ सेन्ट हो । १५ सेन्टमा त त्यहाँ गाडी नै चढ्न पाइँदैन । तर, भारत तथा अफ्रिकी देशहरुमा भने भाडादर यस्तै छ । अनुदान नदिने देशहरुम...