भाडा समायोजन नगरिए ८ गतेदेखि भाडा बढाउने व्यवसायीकाे चेतावनी

यातायात व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् । विगतमा डिजेलको मूल्य १०४ हुँदा समायोजन भएको भाडा अहिले १३३ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको व्यवसायीको गुनासो थियो। बजारका हरेक वस्तुको मूल्य आकासिँदै गएको समयमा वैज्ञानिक भाडा समायोजन आजको आवश्यकता भ

सम्बन्धित सामग्री

दुई दिनभित्र भाडा समायोजन नभए पेट्रोलियम ढुवानी ठप्प बनाउने महासंघको चेतावनी

काठमाडौं : पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ढुवानी भाडा वृद्धिको माग गर्दै फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ।महासंघको आजको बैठकले तत्काल भाडा वृद्धि नभए २५ भदौबाट पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेको हो। महासंघले बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र बुझाउँदै भाडा समायोजनको लागि भदौ २४ गतेसम्मको अल्टिमेटम दिएको छ।मन्त्रालयमा बुझाएको माग पत्रमा २४ गतेदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पिओडी नलिने, भदौ २५ गतेबाट सबै नाकाबाट भारततर्फ लोडिङ गर्न नजाने र असोज १ गत

भाडा बढाउन माग गर्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित

१५ साउन, काठमाडौं । ढुवानी भाडा बृद्धिको माग पुरा नभएको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन् । बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नगरिंदा आफूहरुलाई नोक्सान भएको भन्दै व्यवसायीहरुले भाडा वृद्धि नभए पेट्रोलियम ढुवानी रोक्ने चेतावनी दिएका छन् । महासंघका अध्यक्ष खगेश्वर बोहोराद्वारा शुक्रबार जारी विज्ञप्तिमा ढुवानी भाडा समायोजनको माग पुरा गर्न निगमलाई […]

भाडा समायोजन नभए आफै बृद्धि गर्ने यातायात व्यवसायीहरुको चेतावनी

यातायात व्यवसायीहरुले वैज्ञानिक भाडादर लागू नगरे आफै भाडा बृद्धि गर्ने चेतावनी दिएका छन् । दैनिक जसो तेलको मुल्य बृद्धि हुने, टायर, मुविल महँगिएको भन्दै उनीहरुले सरकारले वैज्ञानिक भाडादर लागू नगरेकोमा आक्रोश पोखेका हुन् । यातायात प्रालि बुटवलको  प्रथम साधारण सभा तथा अधिवेशनको अवसरमा आइतबार बुटवलमा बोल्दै नेपाल यातायात  व्यावसायी राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश अध्यक्ष डिल बहादुर ढुङ्गानाले सरकारलाई आफूहरुले दिएको अल्टिमेटम सकिएको र यही  १५ गतेसम्म  भाडा समायोजन नभएमा लु

समायोजन नगरिए चैत ८ गतेदेखि भाडा बढाउने यातायात व्यवसायीको चेतावनी

फागुन २९, काठमडौं । यातायत व्यवसायीले चैत ७ गतेसम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् ।  पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेका हुन् ।  विगतमा डिजेलको मूल्य १०४ हुँदा समायोज भएको भाडा अहिले रू. १३३ पुग्दासमेत यथावत् हुनु विडम्बना भएको व्यवसायीको गुनासो थियो । बजारका हरेक वस्तुको मूल्य आकासिँदै गएको समयमा वैज्ञानिक भाडा समाजोजन आजको आवश्यकता भएको उनीहरुको भनाइ थियो ।  आइतवार पत्रकारसम्मेलन गरी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले वैज्ञानिकरुपले भाडादर समायोजन गर्नाका लागि सरकारसँग माग गरे । उनले ७ गतसम्म भाडा समायोजन नभए बाध्य भएर व्यवसायी आफैँले समायोजन गर्ने चेतावनी पनि दिएका हुन् ।  व्यवसायीका अनुसार हाल तय भएको वैज्ञानिक भाडा प्रणाली अनुसार इन्धनको ३५ प्रतिशत सूचकलाई आधार मान्दा सार्वजनिक बसको लागत ९ दशमलव शून्य ३, ट्रक (पहाड) को ११ दशमलव ८२ र ट्रक (तराई)को १३ दशमलव १३ प्रतिशत लागत वृद्धि भएको छ ।  यस्तै पेट्रोलबाट सञ्चालित सवारी साधानको लागत ८ दशमलव ५ प्रतिशत वृद्धि भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । व्यवसायीले गण्डकीमा भाडा समायोजन गरिए पनि बागमती प्रदेशमा भने नगरिएको प्रति पनि ध्यानाकर्षण गराएका थिए ।  गएको असार २७ गते समायोजन भएको भाडादर पर्यटक बोक्ने सवारी साधनको हकमा समायोजन नभएकाले त्यसमा पनि वैज्ञानिक भाडादर समायोजन गर्न माग गरिएको थियो । रासस

भाडा समायोजन नगरिए एकतर्फी बढाउने व्यवसायीको चेतावनी

यातायत व्यवसायीले चैत ७ सम्म सरकारले यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन्। पेट्रोलियम पदार्थमा पटकपटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म...

२५ गतेसम्म भाडा समायोजन गर्न यातायात व्यवसायीको चेतावनी

काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैंले बढाउने चेतावनी दिएको छ। महासंघले सरकारलाई फागुन २५ सम्म भाडा समायोजन गर्न समय दिएको छ। महासंघका महासचिव सरोज सिटौलाले पेट्रोलियम पदार्थको अनेकौंपटक मूल्य बढ्दा पनि सरकारले सार्वजनिक यातायातको भाडा नबढाएको भन्दै अब व्यवसायी आफैँले भाडा बढाउने चेतावनी दिएका हुन।सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवसायीले सार्वजनिक सवारीको भाडादर समायोजन गर्न सरकारमाथि दबाब दि

सरकारले नयाँ भाडा समायोजन नगरे आफैं भाडा बढाउँछौँः यातायात व्यवसायी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा आफैंले बढाउने चेतावनी सरकारलाई दिएको छ।...

आफैँले गाडी भाडा बढाउने व्यवसायीको चेतावनी

काठमाडौँ । सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यातायात व्यवसायीले आफैँ सार्वजनिक सवारीको भाडा दर समायोजन गर्ने चेतावनी दिएका छन् । डिजल – पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गरेका हुन् । सरकारले बेवास्ता गरेर आफैँले भाडा समायोजन गरेर उठाउने नेपाल यातायात व्यवसायी […]

आफैंले गाडी भाडा बढाउने व्यवसायीको चेतावनी

२० फागुन, काठमाडौं । सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाएपछि यातायात व्यवसायीले आफैं सार्वजनिक सवारीको भाडादर समायोजन गर्ने चेतावनी दिएका छन् । डिजल-पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गरेका हुन् । सरकारले बेवास्ता गरेर आफैंले भाडा समायोजन गरेर उठाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय […]

गाडी भाडा बढाउन नदिए यातायात ठप्प पार्ने व्यावसायीको चेतावनी

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गाडी भाड बढाउन नदिए गाडी नचलाउने चेतावनी दिएको छ । महासंघले मूल्यवृद्धिको आधारमा चैतको तेस्रो साताभित्र भाडा समायोजन गर्नको माग गर्दै बिहीबार ज्ञापन पत्र बुझाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङलाई बुझाइएको ज्ञापन पत्रमा महासंघले चैतको तेस्रो साताभित्र भाडा समायोजन नगरिए सवारी साधन नचलाउने चेतावनी दिएको छ । यस्तै, महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन पनि माग गरेको छ । महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्षे अवधि पुगेर पनि हाल सञ्चालन भइरहेका सवारी साधनहरुलाई म्याद थप गरी सञ्चालन गर्ने व्यवस्था गरिदिन अनुरोध गरेको हो । प्राविधिक चेकजाँचको आधारमा सञ्चालन व्यवस्था गरिदिनुपर्ने महासंघको माग रहेको छ । २० वर्षे सवारी साधनहरु विस्थापित गरिए नयाँ सवारी साधनका लागि सतप्रतिशत भन्सार छुट गरिदिनुपर्ने माग रहेको पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।