नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौं महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यसपटक ‘भारतीय विस्तारवाद’बारे कटु शब्द केही लेखेनन् । ‘जनयुद्ध’ताका भारतविरुद्ध सुरुङ युद्धको ध्वाँस दिन पछि नपर्ने दाहालको दस्तावेजमा भारतबारेको दृष्टिकोणमा आमूल परिवर्तन देखा परेको छ । नेपाली कम्युनिष्ट आन्दोलनको एउटा बलियो घटक माओवादीमा भारतलाई हेर्ने दृष्टिकोणमा आएको यो परिवर्तनलाई सकारात्मक मान्नुपर्छ, जसले […]