निर्माणाधीन नगरभवन अलपत्र छोडेर ठेकेदार बेपत्ता

साउन २१, बैतडी । शहिद दशरथचन्दको नामले निर्माण हुन लागेको दशरथचन्द नगरभवन बैतडीको काम अलपत्र परेको छ । काम सम्पन्न नगरेरै निर्माण कम्पनीको ठेकेदार बेपत्ता भएको हो ।  ठेकेदारलाई धेरै पटक फोन गर्दा फोननै नउठाएको जिल्ला समन्वय समितिका प्रमुख सिद्ध राज भट्टले बताए । ‘हाम्रो कार्यालयबाट गर्नुपर्ने सबै सहयोग गर्दा पनि निर्माण कम्पनी ठेकेदारले कुनै प्रतिक्रिया नदिइ भवन निर्माणमा लापरवाही गरेर वेपत्ता भएको छ’ उनले भने । जिल्ला समन्वय समितसँग भएको पुरानो सभाहललाई भत्काएर त्यसै ठाउँमा कम्पनीले नयाँ साभाहल निर्माण गर्न लागको हो । समयमा हल निर्माण नगरिदिँदा अहिले समन्वय समितिले कार्यक्रम गर्नको लागि हल भाडामा लिनु परेको बताएको छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीसँग खाम्पाचे शेर्पा निर्माण सेवाले २ करोड २३ लाख १४ हजार ५७७ मा २०७६ अषाढमा भवन निर्माण सम्पन्न गर्ने गरि २०७४ पुसमा सम्झौता गरेको थियो । सम्झौता अवधि सकिएको दुई वर्ष हुँदा पनि कम्पनीले कुनै चासो नदेखाएको जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।  देश संघियतामा गइसकेपछि शहरी विकास तथा भवन निर्माण कार्यालय प्रदेश अन्तर्गत र सघन शहरी तथा भवन निर्माण आयोजना विभाग केन्द्र सरकार मार्फत सञ्चालन भए । यो भवन निर्माणको जिम्मा सघन शहरी तथा भवन निर्माण आयोजना डोटीले लिएको थियो । सम्झौता अनुसार कम्पनीले निर्माण गरेको कामको मूल्यांकनको अधारमा भन्दा पनि थोरै भुक्तानी गरेको सघन शहरी तथा भवन निर्माण आयोजना फिल्ड कार्यालय बैतडीका सब इन्जिनियर सुजन रेग्मीले बताए । ‘अहिले सम्म भवनको ३० प्रतिशत वित्तीय प्रगती र ६० प्रतिशत भौतिक प्रगती भएको छ’ उनले भने । अहिलेसम्म निर्माण भएको भवनको छत पनि गुणस्तरहिन रहेको छ । छतमा कमसल प्रकारको समान हालेको र त्यस छतलाई फेरी निर्माण गर्न लगाउने प्राविधिकहरु बताउँछन् ।  खाम्पाचेशेर्पा निर्माण सेवाले निर्माणको काम हेर्ने सम्पूर्ण जिम्मा दार्चुलाका धन बहादुर कुवरलाई दिएको थियो । निर्माण हुन लागेको साभाहल द्रष्ट सहितको सुविधा सम्पन्न दुइतले भवन हो ।  अहिले कार्यालयले खाम्पाचेशेर्पा निर्माण सेवालाई पत्र लेखेको आयोजना कार्यालयले बताएको छ । पत्र लेखेपछि निर्माण सेवाले भवनको अधुरो काम धन बहादुर मार्फत नभई आफैले पूरा गर्ने भनी सम्पर्कमा आएको सघन शहरी तथा भवन निर्माण आयोजना डोटीले बताएको छ ।  

सम्बन्धित सामग्री

पुल अलपत्र: ठेकेदार बेपत्ता

खोटाङ र उदयपुरलाई जोड्ने सुनकोसी पुलमा निर्माणाधीन रहेको झोलुङ्गे पुल अलपत्र अवस्थामा रहेको छ । पुलको निर्माण जिम्मा पाएको ठेकेदार समेत बेपत्ता भएपछि पुल निर्माणले गति लिन सकेको छैन ।

ठेकेदार भागेपछि विद्यालयको काम अलपत्र, भवन बन्यो डेटिङस्थल

भद्रपुर : भारतीय सहयोगमा निर्माणाधीन झापाका एक सामुदायिक विद्यालय भवन विगत एक वर्षदेखि अलपत्र अवस्थामा छाडेर निर्माण कम्पनीका ठेकेदार बेपत्ता भएका छन्। ठेकेदारले अलपत्र छाडेका अधुरो विद्यालय भवन साँझ परेपछि डेटिङस्थल बन्ने गरेको विद्यालयका शिक्षक तथा अभिभावक बताउँछन्। विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पठनपाठनका लागि अनुकूल ...