चरिकोट–मुडे सडक विस्तार ६ वर्षसम्म अलपत्र

दोलखालाई राजधानीसँग जोड्ने दोलखाका ‘लाइफलाइन’ मुडे–चरिकोट सडक दुई वर्षमा सम्पन्न गर्ने गरी काम थाले तापनि ६ वर्षसम्म अलपत्र छ । विगतदेखि नै सुस्त रूपमा काम गरिरहेको सडकमा पटक पटक ठेकेदार बेपत्ता हुँदै सम्पर्क ल्याउँदै गर्दा न त काम भएर सहज यात्रा हुन सकेको छ न ठेक्का तोडेर नयाँ ठेक्का लगाउन सकेको छ ।खाडीचौर–चरिकोट–जिरी सडक विस्तार […]

सम्बन्धित सामग्री

मन्त्रीकै फोटो टाँसेपछि निर्माण ढिलाइका ठेक्का तोड्न निर्देशन

दोलखास्थित चरिकोट–मुडे सडक विस्तार समयमै नसकेको भन्दै स्थानीयले गत शनिबार सार्वजनिक सवारीमा मन्त्रीदेखि सचिवसम्मका फोटो टाँसेर विरोध जनाए । उक्त सडक विस्तारको जिम्मा शंकरमाली निर्माण सेवाले पाएको छ । ६ वर्षसम्म काम अलपत्र पारेको भन्दै स्थानीयले कारबाही गर्ने निकाय भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, सचिव रवीन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको पनि फोटो टाँसेर विरोध गरे । लामोसाँघु–जिरी सडकअन्तर्गतको उक्त खण्डको काम भारतीय एक्जिम बैंकको ऋण सहयोगमा थालिएको हो ।

भारतीय ठेकेदार भागेपछि चरिकोट–मुडे सडक विस्तार अलपत्र

दोलखालाई राजधानीसँग जोड्ने दोलखाको ‘लाइफलाइन’ मुडे–चरिकोट सडकको ठेकेदार भागेपछि अलपत्र परेको छ । विगतदेखि नै सुस्त रूपमा काम गरिरहेको सडकमा २ महिना यता ठेकेदार नै बेपत्ता भएपछि सडक विस्तार आयोजना ठेक्का तोड्ने निस्कर्षमा पुगेको छ ।खाडीचौर–चरिकोट–जिरी सडक विस्तार आयोजनाको दोस्रो प्याकेजको मुडे चरिकोट खण्डको सकिल हेदर–शंकरमाली–सुनौला खिम्ति जेभीले ३० किलोमिटर सडकको जिम्मा पाएको थियो । […]