सल्यान : ठेकेदारको लापरवाहीले जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं ३ र ६ जोड्ने पक्की पुलको पिलर बनेको २ वर्ष भएपनि अरु केही काम भएको छैन।छत्रेश्वरीको शंखमूलमा २ वर्षअघि निर्माण भइसक्नुपर्ने पुल ३ वटा पिलर उठाएपछि अलपत्र छ।०७६ असार २० गतेसम्म बनाइसक्ने गरी सबिए/सूर्य जेभीले पुल निर्माणको ठेक्का लिए पनि पिलर उठाएपछि ठेकेदार बेपत्ता छन्। राप्ती लोकमार्गसँग दारिमज्युला– खर्सुबास सडक जोड्न पुल निर्माण अघि बढाइए पनि अहिलेसम्म नबनेको स्थानीय शेरबहादुर रानाले बताए। पुल न