काठमाडौं । मलेसियाको निजी विमान कम्पनी एयर एसियाले विमानस्थल सेवा शुल्क बापतको बक्यौतामध्ये दुई करोड रुपैयाँ आइतबार तिरेको छ ।
बाँकी रकम प्रत्येक महिना तीन...
ब्रसेल्स – युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घले गाजाका लागि मानवीय सहायतामा दुई करोड ५० लाख युरो (दुई करोड ७० लाख अमेरिकी डलर) वृद्धि गरेको बताएकी छन्। ‘यसो गर्दा युरोपेली सङ्घले गाजाका नागरिकका लागि मानवीय सहायतामा कूल १० करोड यूरो खर्च गर्नेछ,’ भोन डेर लेयेनले ब्रसेल्समा इयूका कूटनीतिज्ञहरूसँग भनिन्। भोन डेर लेयेनले […]
हाल चीनमा १६ देखि २४ वर्ष उमेर समूहका करिब २ करोड मानिस कामविहीन रहेका चीनको आधिकारिक तथ्यांकमा आधारित सीएनएनको अध्ययनले देखाएको छ । आधिकारिक तथ्यांकअनुसार चीनमा सहरी युवाको संख्या १० करोड ७० लाख रहेको छ ।
हाल चीनमा १६ देखि २४ वर्ष उमेर समूहका करिब २ करोड मानिस कामविहीन रहेका चीनको आधिकारिक तथ्यांकमा आधारित सीएनएनको अध्ययनले देखाएको छ । आधिकारिक तथ्यांकअनुसार चीनमा सहरी युवाको संख्या १० करोड ७० लाख रहेको छ ।
काठमाण्डौ – पाचौँ हप्तामा प्रदर्शन भइरहेको चलचित्र ‘महापुरूष’ले दश करोड रुपैयाँ कमाइ गरेकाे छ । निर्माण पक्षले हिजाे पत्रकार सम्मेलन गर्दै चलचित्रले चौथो हप्तामा दश करोड क्लबमा इन्ट्री पाएको जानकारी दिएका छन् ।
चलचित्रका निर्माता म्याक्स दीपेश खत्रीका अनुसार चलचित्रले पहिलोहप्ता ४ करोड ५६ लाख ७७ हजार, दोस्रो हप्ता २ करोड ८३ लाख २७ हजार, तेस्रो हप्ता १ करोड ४२ लाख र चौथो हप्ता १ करोड २७ लाख ५ हजारको ग्रस कलेक्सन गरेको हो । पाचौँ हप्तामा समेत पर्याप्त शो र हाउसफुल व्यापार गरिरहेको &rsqu...
माघ २६, काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. २ करोड ४७ लाख नाफा कमाएको छ ।
यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ५८ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ५६ लाख नाफा कमाएको थियो ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको विद्युत् विक्री आम्दानी भने ६ प्रतिशतले घटेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा विद्युत् विक्री बापत रू.१५ करोड ६२ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू. १४ करोड ६८ लाखमा झरेको हो ।
कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड रहेको छ भने जगेडामा रू. १० करोड १८ लाख सञ्चित रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशलमव १५,तरलता अनुपात १ दशलमव ७८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १०८ दशलमव ८६ रहेको छ ।
माघ २५, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले रू. २ करोड ७८ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्ष यस अवधिसम्म रू. ३ करोड ९७ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नाक्सानी सुधार्दै खुद नाफा गर्न सफल भएको हो । यस वर्ष कम्पनीको सञ्चालन नाफा १०९ प्रतिशत वृद्धि भएकाले खुद नाफा गर्न सफल भएको हो ।
गत वर्ष रू. ३ करोड ९८ लाख सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ८ करोड ३३ लाखभन्दा बढी यो नाफा गरेको हो । विद्युत् विक्रीबाट गत वर्ष रू. ५ करोड ७१ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष ८४ दशमलव ९५ प्रतिशत बढी रू. १० करोड ५६ लाख विद्युत् विक्री आम्दानी गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ४६ करोड ५७ लाख १४ हजार छ भने जगेडा कोष रकम रू. २ करोड ९९ लाख ऋणात्मक रहेको छ । गत वर्षको तुलनामा यस वर्ष जगेडा कोषको ऋणात्मक रकम ९५ दशमलव शून्य ३ प्रतिशत कम भएको हो ।
कम्पनीको दीर्घकालिन कर्जा भने २ दशमलव १३ प्रतिशत कम रू. ८४ करोड ८२ लाख रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव ५७ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ९३ दशमलव ५७ छ ।
संघीय सरकार मातहतका १४ वटा अस्पतालले १० करोड ६३ लाख ३१ हजार, प्रदेशतअन्तर्गतका ५ अस्पतालले २ करोड १६ लाख ६७ हजार रुपैयाँ, स्थानीयत तहअन्तर्गतका ३१ पालिका र अस्पतालमा गरी ३ करोड १७ लाख जोखिम भत्ता पठाउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भदौ १६, काठमाडौं । एनएमबि क्यापिटलले बिहीवारदेखि एनएमबि सरल बचत फण्ड इको १० करोड इकाई निष्कासन गर्ने भएको छ ।
क्यापिटलले जसमध्ये पहिलो चरणमा ४० प्रतिशत अर्थात् ४ करोड इकाई निष्कासन गर्नेे जानकारी दिएको छ । त्यस्तै कुल इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रबर्द्धक एनएमबि बैंक र एक प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ ।
बाँकी रहेको २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि विक्री खुला हुनेछ । उक्त इकाई बन्द हुने मिति छिटोमा भदौ २१ गते बैंकिङ समयसम्म रहेको छ ।
सो अवधिमा विक्री नभएमा भदौ ३१ गतेसम्म आवेदकले आवेदन दिन सक्नेछन् । उक्त इकाईमा न्यूनतम १०० इकाई र अधिकतम ४० लाख इकाईको लागि आवेदन दिन सकिनेछ ।
आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि आस्बा सेवामा बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
काठमाडौं : बेलायतले आगामी केही हप्तादेखि गरिब देशहरूलाई अनुदानमा खोप दिन सुरु गर्ने भएको छ। प्रधानमन्त्री बोरिस जोन्सनले जी–सेभेन सम्मेलनको पूर्व सन्ध्यामा यस्तो जानकारी दिएका हुन्। १० करोड डोजभन्दा बढी खोप आगामी वर्ष गरिब देशहरूलाई उपलब्ध गराउने बेलायतले घोषणा गरिसकेको छ। बेलायतले पहिलो ५० लाख डोज खोप आगामी सेप्टेम्बरको अन्त्यसम्ममा वितरण गर्ने र अरु २ करोड ५० लाख डोज यसै सन् २०२१ को अन्त्यसम्म वितरण गर्ने तयारी गरेको छ। जोन्सनले बेलायतको खोप कार्यक्रम सफल भएको भ