इयूले गाजालाई थप २ करोड ५० लाख यूरो सहयोग गर्ने

ब्रसेल्स – युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घले गाजाका लागि मानवीय सहायतामा दुई करोड ५० लाख युरो (दुई करोड ७० लाख अमेरिकी डलर) वृद्धि गरेको बताएकी छन्। ‘यसो गर्दा युरोपेली सङ्घले गाजाका नागरिकका लागि मानवीय सहायतामा कूल १० करोड यूरो खर्च गर्नेछ,’ भोन डेर लेयेनले ब्रसेल्समा इयूका कूटनीतिज्ञहरूसँग भनिन्। भोन डेर लेयेनले […]

सम्बन्धित सामग्री

विद्यालय भवन निर्माणमा जापानद्वारा २ करोड ३२ लाख सहयोग

संखुवासभाको मकालु गाउँपालिकास्थित श्री हिमालय माध्यमिक विद्यालयको एक भवन निर्माणमा जापानले २ करोड ३२ लाख रुपैयाँबराबरको सहयोग उपलब्ध गराएको छ।...

विद्यालय भवन निर्माणमा जापानद्वारा २ करोड ३२ लाख सहयोग

संखुवासभाको मकालु गाउँपालिकास्थित श्री हिमालय माध्यमिक विद्यालयको एक भवन निर्माणमा जापानले २ करोड ३२ लाख रुपैयाँबराबरको सहयोग उपलब्ध गराएको छ।...

पाकिस्तानले अफगानिस्तानलाई २ करोड ८० लाख डलर बराबरको सहयोग गर्ने

काठमाडौँ – पाकिस्तान सरकारले अफगानिस्तानलाई २ करोड ८० लाख डलर बराबरको मानवीय सहयोगको घोषणा गरेको छ । प्रधानमन्त्री इमरान खानले सेना प्रमुख क्वामर जाभेद वाजवा, मन्त्रीहरु, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत सरकारका उच्च पदस्थ अधिकारीहरुसँगको भेटपछि अफगानिस्तानलाई मानवीय सहयोगको घोषणा गरेका हुन् । ‘प्रधानमन्त्री खानले २ करोड ८० लाख डलर बराबरको मानवीय सहायताका सामग्री तत्काल अफगानिस्तानमा ढुवानी […]

प्रवासी म्याग्देलीबाट जिल्लामा साढे २ करोड बढी भित्र्यायो

रोजगार, व्यापार, व्यवसाय र अध्ययनको सिलसिलामा बिदेसिएकाले म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले दुई वर्षका अवधिमा जन्मथलोको सामाजिक क्षेत्रमा २ करोड ६० लाख रुपैयाँभन्दा बढी सहयोग भित्रिएको छ । मोनाले सन् २०१९ देखि २०२१ को हालसम्म २ करोड ६० लाख रुपैयाँभन्दा बढी नगद तथा जिन्सी सहयोग भित्रिएको बेनीमा सुरु भएको चौथो महाधिवेशनमा अध्यक्ष ओमनारायण जुग्जालीले […]

मेलम्चीको बाढी पीडितका लागि २ करोड ३१ लाख सहयोग

असार ३, सिन्धुपाल्चोक । मेलम्ची बाढी पीडितहरूको लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ । बिहीबार साँझसम्म २ करोड ३१ लाख सहयोग प्राप्त भएको छ । ‘अहिलेसम्म २ करोड ३१ लाख रकम सहयोगको बचनबद्धता प्राप्त भएको छ’, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले भने– ‘केहि रकम आईनै सकेको छ ।’ सबैभन्दा बढी रकम काठमाडौं महानगरपालिकाले सहयोग गर्ने जनाएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्चीका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्चीका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् । यो रकम बाढी प्रभावितको राहत तथा उद्दारका लागि खर्च गर्नका लागि दिइने मेयर शाक्यले बताएका छन् । हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको उनले बताएका छन् । ‘हामीलाई काठमाण्डौ महानगरपालिकाले २ करोड सहयोग गर्ने पत्र पठाएको छ’, मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले भने– ‘चौतारा साँगाचोकगढी नगरपालिका, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाले पनि सहयोगको वचन दिएका छन् ।’ कागेश्वरी मनोहरा नगरपालिकाले पनि मेलम्चीका बाढीपीडितका २० लाख रुपैंया सहयोग गर्ने जनाएको छ । ‘आपत विपद्मा सहयोग गर्नु हामी सबैको दायित्व हो’, नगर प्रमुख कृष्णहरि थापाले भने– ‘मेलम्ची बाढी पहिरोबाट विस्तापितलाई सहयोग पुगोस् भनेर तुरुन्त यो निर्णय गरोका हौं ।’ उनका अनुसार एक दुई दिनमै सो रकम हस्तान्तरण गरिने तयारी गरिएको छ ।  चौतारा साँगाचोकगढी नगरपालिकाले ६ लाख सहगोग गर्ने जनाएको छ । नगर बिहीबार बसेको नगर विपद ब्यवस्थापन समितिको बैठकले नगरपालिकाले बाढीबाट प्रभावित हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकालाई ६ लाख सहयोग गर्ने निर्णय गरेको हो । ‘हाम्रो जिल्लामा यत्ति ठूलो विपद् पर्दा सो क्षेत्रका स्थानीयलाई केहि मात्रामा भएपनि सहयोग मिलोस् भनेर हामीले ६ लाख रुपैंया प्रदान गर्ने निर्णय गरेका हौं’, चौतारा साँगाचाकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले भने । त्यस्तै गोकर्णेश्वर नगरपालिकाले ५ लाख सहयोग गर्ने जनाएको छ । विपत्तमा परेकाहरूलाई राहत उपलब्ध गराउन नगरपालिकाको तर्फबाट ५ लाख सहयोगको घोषणा गरिएको गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले बताए । ‘हाम्रो छिमेकी जिल्ला सिन्धुपाल्चोक यतिबेला बाढी र पहिरोको चपेटोमा परेको छ । सयौं जनता विस्थापित बन्न पुगेको खबर पाएका छौं’, चालिसेले भने– ‘यस्तो दुःखद घडीमा राहत स्वरुप ५ लाख उपलब्ध गराउने निर्णय गरेका छौं ।’ बाढी पीडितहरूलाई विभिन्न संघ संस्थाले खाद्यान्न, त्रिपाल, लत्ताकपडा सहयोग गरिरहेका छन् । ‘हामीले प्राप्त सहयोगलाई एकद्वार प्रणालीमार्फत पीडितलाई वितरण गरिरहेका छौं’, मेलम्ची विपद् समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले भने– ‘हामीले राहत प्रदान गर्ने संघ संस्थालाई पनि एकद्वार प्रणालीमार्फत दिन आह्वान गरेका छौं ।’   मंगलबार साँझ मेलम्ची नदीमा आएको बाढीका कारण तीन जनाको मृत्यु भईसकेको छ भने १७ जना सम्पर्कविहीन भएका छन् । मृत्यु हुनेमा मेलम्ची खानेपानी आयोजनामा काम गर्ने दुई जना चिनियाँ र एक जना भारतीय नागरिक छन् । चिनियाँ नागरिक गोङ टियान छिगोको शव इन्द्रावती ११ मा फेला परेको हो भने अर्का चिनियाँ नागरिक यु चि झुको सिन्धुली जिल्ला, सुनकोशी ५ मा शव फेला परेको हो । त्यस्तै, भारतीय नागरिक कमललोचन महतोको सिन्धुली जिल्लाकै सुनकोशी– ७ को सुनकोशी नदी किनारमा शव फेला परेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए । बाढीले विभिन्न स्थानमा गरी ९ वटा पुल बगाएको छ । हेलम्बु गाँउपालिकाको वडा नं. १ र ६, २ र ६, चिउरीखर्क र वडा नं. १ को १–१ वटा गरी ४ वटा र मेलम्ची नगरपालिकाको तिपेनी जाने १ वटा सहित ५ वटा झोलुङ्गे पुल बगाएको छ । त्यस्तै, हेलम्बु गाउँपालिकाकै तिम्बु, हल्दे र नाकोतेको १÷१ वटा र मेलम्ची नगरपालिकाको १० र ११ जोड्ने पक्की पुलसमेत बगाएको छ ।

ज्योति ग्रुपद्वारा कोभिड विरुद्ध लड्नका लागि २ करोड सहयोग

जेठ १९, काठमाडौं । ज्योति ग्रुप अन्तर्गत रहेका स्याकार ट्रेडिङ्ग कम्पनी प्रालि र भाजुरत्न ट्रेडिङ्ग कम्पनी प्रालिले कोभिड महामारीको कठिन परिस्थितिमा एक जुट भई लड्नका लागि विभिन्न क्षेत्रमा करीब २ करोड रुपैयाँ सहयोग  गरेको छ ।  सहयोगको क्रममा ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख रुपैयाँ राहत रकम प्रदान गरेको बताएको छ ।  साथै  उसले क्रिएसन नेपाललाई  ५ लाख २२ हजार रुपैयाँ बराबरको २५ थान अक्सिजन सिलिण्डर, आछाम अस्पताललाई  ७ लाख ७० हजार रुपैयाँ बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटर, सर हेल्थी नेशन फाउण्डेशनलाई ७ लाख ७० हजार रुपैयाँ बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग उपलब्ध गराएको  बताएको छ । यसका साथै गंगालाल अस्पताललाई ५ लाख रुपैयाँ बराबरको पेपर सुट प्रदान गरेको छ ।  जर्मन अक्सिजन प्लान्टका लागि नेशनल बिजनेश इनिसिएटिभलाई १५ लाख रुपैयाँ र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनी नोभिएरको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनका लागि एअर कार्गोसहित १ करोड २१ लख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

कोभिड सेन्टललाई अमिताभको २ करोड सहयोग

भारत कोरोनाको दोश्रो लहरको चपेटामा छ । दैनिक हजारौ मानिसको ज्यान कोरोनाका कारण गैरहेको छ । दैनिक ४ लाख मानिस कोरोना संक्रमित भैरहेको छन् । यो अवस्थामा बलिउडका कलाकारहरु पनि सहयोगका लागि अगाडि आएका छन् । बलिउड नायक अमिताभ बच्चनले दिल्लीको कोभिड सेन्टलका लागि २ करोड रुपैयाँ सहयोग गरेका छन् । कोभिड केयर फेसिलिटी रकाबगंज […]

कोकाकोलाले कोभिड-१९ नियन्त्रणमा झन्डै साढे २ करोड खर्चिने

कोकाकोलाले कोभिड-१९ को बढ्दो जोखिमलाई रोक्न आवश्यक खोप सुविधा, स्वास्थ्य सुरक्षा सामाग्री तथा सचेतना कार्यक्रम सञ्चालन गर्न २ करोड ४० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कोकाकोलाले स्वास्थ्य सुरक्षा सामग्रीहरु पीपीइ, मास्क, पञ्जा, सेनिटाइजरहरु आदि प्रदान गर्ने जनाएको छ। साथै, खोप तथा स्वच्छता अभ्यासलाई प्रवर्द्धन गर्न देशैभरी जागरुकता फैलाउने कार्यक्रम सञ्चालन गर्ने बताइएको छ।  कोभिड-१९ को महामारी रोकथामका लागि कोकाकोलाले विश्वव्यापी रुपमा एक विशेष 'स्टप द स्प्रेड' कोष खडा गरेको छ। यही कोष सदुपयोग ग...

राप्ती प्रतिष्ठानमा अक्सिजन प्लान्टका लागि साढे २ करोड बजेट

घोराही। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट निर्माण गर्न सरकारले बजेट सहयोग गरेको छ । सरकारले प्रतिष्ठानलाई २ करोड ५० लाख सरकारले सहयोग गरेको  हो । स्वास्थ्य राज्यमन्त्री नवराज रावतले प्रतिष्ठान अवलोकनपछि आयोजित कार्यक्रममा कामु रजिस्ट्रार झङ्कार लामिछानेले अक्सिजन प्लान्टका लागि सरकारले प्रतिष्ठानलाई २ करोड ५० लाख सरकारले सहयोग गरेको  जानकारी दिए ।बजेट आएकाले अब प्लान्ट निर्माणका लागि सबै प्रकृया पूरा गरेर काम अघि बढ्ने प्रतिष्ठानको भनाइ छ । प्रतिष्ठानकी उपकुलपति प्र

राप्ती प्रतिष्ठानमा अक्सिजन प्लान्टका लागि साढे २ करोड बजेट

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट निर्माण गर्न सरकारले बजेट सहयोग गरेको छ । स्वास्थ्य राज्यमन्त्री नवराज रावतद्वारा प्रतिष्ठान अवलोकनपछि आयोजित कार्यक्रममा कामु रजिस्ट्रार झङ्कार लामिछानेले अक्सिजन प्लान्टका लागि सरकारले प्रतिष्ठानलाई २ करोड ५० लाख सरकारले सहयोग गरेको  जानकारी दिए ।बजेट आएकाले अब प्लान्ट निर्माणका लागि सबै प्रकृया पूरा गरेर काम अघि बढ्ने प्रतिष्ठानको भनाइ छ । अक्सिजन प्लान्ट निर्माण भइ सञ्चालन आएमा आइसियुको सेवालाई प्रभाबकारी बनाउँदै सेवा विस्तार ह