रौतहटस्थित प्रहरी गस्तीटोलीले अवैध भारतीय ‘कोल्ड ड्रिंक्स’ बोकेको एउटा गाडी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय गौरको गस्ती टोलीले शुक्रबार साँझ चन्द्रपुर नगरपालिका–५ स्थित सडक खण्डमा रोकी राखेको ना ३ च ९६७७ नम्बरको बोलेरो पिकअप गाडी बरामद गरेको हो ।चेक जाँच गर्ने क्रममा गाडीमा अवैध ‘कोल्ड ड्रिंक्स’ को १२ सय ६० वटा माउन्टेन डिउको बोतल बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताए । ७ लाख रुपैयाँ बराबरको ‘कोल्ड ड्रिंक्स’ र सर्लाही बागमत