काठमाडौँ,२ मँसिर । नेपालकै मध्यभागमा पर्ने नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा कैयन पर्यटकीय गन्तव्य छन् । जिल्लामा प्राकृतिक, धार्मिक पर्यटकीय क्षेत्र प्रशस्त छन् तर कतिपय पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधारको विकास नहुँदा ओझेलमा परेका छन् । पर्यटकीय क्षेत्रमा पूर्वाधारको विकास गर्न गण्डकी प्रदेश सरकारले जिल्लामा यस वर्ष रु एक करोड १९ लाख बजेट विनियोजन भएको छ । […]