काठमाण्डाै - सबै महानगरपालिकाले पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट ल्याएका छन् । हिजो सार्वजनिक भएको बजेटमा ६ वटै महानगरपालिकाले पूर्वाधार विकाससँगै शिक्षा र स्वास्थ्यसहित जनसहभागितामा आधारित विकासलाई जोड दिएका छन् ।
काठमाण्डौ महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख, ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख, पोखरा महानगरपालिकाले ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार, विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख, भरतपुर महानगरपालिकाले ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार र वीरगञ्ज महानगरपालिकाले ...