औद्योगिक पूर्वाधार निर्माणमा ३ अर्ब बजेट

सरकारले औद्योगिक पूर्वाधार निर्माण गर्न ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै औद्योगिक पूर्वाधार निर्माणमा ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।उक्त रकम देशका विभिन्न स्थानमा औद्योगिक पूर्वाधार निर्माणमा लगानी गरिने छ । यस्तै, औद्योगिक ग्राम र औद्योगिक क्षेत्रको निर्माणमा समेत लगानी गरिने छ ।

सम्बन्धित सामग्री

औद्योगिक पूर्वाधारमा चार अर्ब लगानी

मुलुकमा औद्योगिकीकरण हुन नसकिरहेको अवस्थामा सरकारले यो वर्ष औद्योगिक पूर्वाधार निर्माण गर्न करिब पौने चार अर्ब खर्चिने भएको छ।...

तारे होटल, सिमेन्ट र फलाम उद्योगमा सरकारी खर्चमै औद्योगिक पूर्वाधार

तारे होटाल, सिमेन्ट तथा फलाम उद्योगमा सरकारी खर्चमै औद्योगिक पूर्वाधार बन्ने भएको छ । सरकारले तारे होटल तथा सिमेन्ट र फलाम उद्योगमा पहुँच सडक तथा विद्युत प्रसारण लाइन निर्माणमा लागत साझेदारीका लागि आह्वान गरेको छ । जसअनुसार उद्योगी स्वयमले औद्योगिक पूर्वाधार निर्माण गरेमा कूल लागतको ७५ प्रतिशता सम्म शोधभर्ना पाउनेछन् ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले […]

औद्योगिक पूर्वाधार आफै बनाए  ७५ प्रतिशतसम्म शोधभर्ना

तीन क्षेत्रका उद्योगले आफ्ना प्लान्टसम्म पुग्न आवश्यक औद्योगिक पूर्वाधार बनाएमा सरकारले शोधभर्ना दिने भएको छ । तारे होटेल, सिमेन्ट र फलाम उद्योग स्वयम्ले उद्योगसम्म पुग्ने पहुँच सडक र विद्युत् प्रसारण लाइन निर्माण गरेको खण्डमा लागतको ७५ प्रतिशतसम्म सरकारले शोधभर्ना दिने गरी कार्यविधि आएको छ ।सरकारले उद्योगसम्म पुग्ने सडक, खानेपानी, बिजुली, ढलजस्ता आधारभूत पूर्वाधार बनाइदिने चर्चा चलिरहेका बेला उसले लगानीकर्तालाई नै त्यस्ता पूर्वाधार बनाउन प्रोत्साहित गर्ने गरी कार्यविधि ल्याएको छ । गत आर्थिक वर्

औद्योगिक पूर्वाधार तर्फ ३ अर्ब ७९ करोड विनियोजन

काठमाडौं, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा औद्योगिक पूर्वाधारको लागि ३ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । ‘आगामी आर्थिक वर्षमा औद्योगिक पूर्वाधार तर्फ ३ अर्ब ७९ करोड रुपैयाँ रकम विनियोजन गरेका छौं,’ मन्त्री शर्माले […]

औद्योगिक पूर्वाधार तर्फ ३ अर्ब ७९ करोड विनियोजन

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा औद्योगिक पूर्वाधारको लागि ३ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । ‘आगामी आर्थिक वर्षमा औद्योगिक पूर्वाधार तर्फ ३ अर्ब ७९ करोड रुपैयाँ रकम विनियोजन गरेका छौं,’ मन्त्री शर्माले भने । उनले वाइन उद्योग खोल्न प्रोत्साहित गरिने जनाए । मसलाजन्य वस्तुको उत्पादन वृद्धि गरिने  र कपास खेतीलाई प्रोत्साहित गरिने समेत उनले बताए ।

औद्योगिक पूर्वाधार तर्फ ३ अर्ब ७९ करोड विनियोजन

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा औद्योगिक पूर्वाधारको लागि ३ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

औद्योगिक पूर्वाधार निर्माणमा निफ्राले लगानी गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सिमरा विशेष आर्थिक क्षेत्रमा लगानी गर्ने भएको छ । सिमरामा लगानी गर्न निफ्रा र विशेष आर्थिक क्षेत्र (सेज)ले सम्झौता गरेका हुन् । यो सम्झौतासँगै सिमरामा विशेष आर्थिक क्षेत्र बनाउन निफ्राले लगानी गर्ने छ ।सेजका कार्यकारी निर्देशकले पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा सिमरामा आर्थिक क्षेत्र बनाउने गरि निफ्राले लगानी गर्ने छ । योसहित निफ्राले पाँचखालमा बन्ने सेजमा समेत लगानी सम्बन्धी अध्ययन गर्ने छ ।सम्झौताअनुसार निफ्राले सिमरा सेजको ब्लक ‘बी’

औद्योगिक पूर्वाधार निर्माणमा २ अर्ब ७७ करोड बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष मुलुकका विभिन्न औद्योगिक क्षेत्रका पूर्वाधार निर्माण गर्न २ अर्ब ७७ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट शनिवार सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । आगामी आवको बजेटमा लघु, साना तथा मझौला उद्योग, व्यावसायिक कृषि, युवा उद्यम, महिला उद्यम तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई प्रदान गरिने सहुलियतपूर्ण कर्जाको सीमा तथा क्षेत्र विस्तार गरिने भएको छ । त्यसका लागि ५ प्रतिशत ब्याज अनुदान दिन १३ अर्ब विनियोजन गरिएको छ । यस्तै स्टार्टअप व्यवसायमा संलग्न हुन प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखेर १ प्रतिशत ब्याजदरमा २५ लाखसम्म बीउ पूँजी कर्जा उपलब्ध गराइने भएको छ । सरकारले काठमाडौं उपत्यकामा भएका उद्योगलाई मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्रमा स्थानान्तरण गर्ने घोषणा गरेको छ । प्रदूषणरहित स्वच्छ राजधानी बनाउने उद्देश्यले उपत्यकाका उद्योगलाई स्थानान्तरण गरिने र त्यहाँ जाने उद्योगलाई १० वर्षसम्मका लागि निःशुल्क जग्गा उपलब्ध गराउने सरकारले बजेट कार्यक्रममार्फत घोषणा गरेको हो । सरकारले त्यस्ता उद्योगलाई विद्युत् डिमाण्ड शुल्क ५ वर्षका लागि पूरै छूट दिने बताएको छ । यस्तै कंक्रिट सडक बनाउन नेपाली सिमेन्ट र फलामको उपयोगको व्यवस्था गरिने उल्लेख छ । उद्योग व्यवसायमा बजेटका विशेषता लगानीमैत्री उद्योग प्रशासनदेखि आधुनिक पूर्वाधारदेखि औद्योगिकीकरणलाई तीव्र बनाइने स्वदेशी वस्तुको उत्पादनदेखि बजारीकरणमा निजी क्षेत्रसँगको सहकार्यमा मेड इन नेपाल र मेक इन नेपाल अभियान सिमेन्ट, औषधि, फलामे डण्डी, फर्निचर र जुत्ता उत्पादनमा आत्मनिर्भर हुँदै निकासीमा जोड घरेलु, साना तथा मझौला उद्योगको संरक्षण र बजार प्रवर्द्धन गर्न ‘भर्चुअल ट्रेड–शो’ आयोजना उच्च हिमाली तथा पहाडी क्षेत्रका २२ जिल्लाका ३३ स्थानीय तहमा ‘ऊनी मिशन’ कार्यक्रम दमक, मयुरधाप, मोतीपुर, नौबस्ता, लम्की, दैजीमा आगामी २ वर्षभित्र पूर्वाधार निर्माण गरिसक्ने । विशेष आर्थिक क्षेत्र (सेज)को पूर्वाधार विकासका लागि ५२ अर्ब बजेट स्थानीय तहमा शुरू गरिएको औद्योगिक ग्राम निर्माणलाई निरन्तरता दिन ९२ करोड विनियोजन एकल विन्दुबाट प्रदान गरिने उद्योग सम्बन्धी सबै जानकारी विद्युतीय माध्यमबाट दिइने ई–कमर्श सम्बन्धी कानून तर्जुमा गरिने औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना गर्द वातावरणीय दृष्टिले संवेदनशीलबाहेक अन्य उद्योगलाई वातावरणीय प्रभाव मूल्यांकन गर्नुनपर्ने दलित समुदायको परम्परागत शीप, कला, पेशालाई संरक्षण गर्न सबै प्रदेशमा ‘भगत सर्वजित शिल्प उत्थान तथा विकास’ कार्यक्रम तारे होटल, सिमेन्ट, फालम उद्योगका लागि आवश्यक पर्ने पहुँचमार्ग प्रसारण लाइन लगानीकर्ताले बनाएमा सरकारले निर्माण लागतको ७५ प्रतिशत रकम शोधभर्ना दिइने

औद्योगिक पूर्वाधार प्राथमिकतामा

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले देशका विभिन्न स्थानमा शिलान्यास गरिरहेका औद्योगिक क्षेत्रको निर्माण कार्य तीव्र गतिमा अगाडि बढ्ने बताउनुभएको छ । सरकारले आर्थिक विकासका लागि औद्योगिक पूर्वाधार विकास निर्माणलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । नेपाल सरकारले घोषणा गरेको नौबस्ता औद्योगिक क्षेत्रको मङ्गलबार शिलान्यास गर्नुहुँदै उहाँले यो शिलान्यासका लागि मात्रै शिलान्यास होइन, तोकिएकै समयमा कार्य पूरा हुने बताउनुभयो ।