काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म दोल्ती पावर कम्पनी लिमिटेडले विद्युत विक्रीबाट ५ करोड ८३ लाख रूपैयाँभन्दा बढी आम्दानी गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ५ करोड ५६ लाख रूपैयाँभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको हो ।
दोस्रो त्रैमाससम्म कम्पनी ९८ लाख ७२ हजार रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्ष यस अवधिसम्म कम्पनी २ करोड २३ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो । यस वर्ष विद्युत विक्री आम्दानी बढेसँगै कम्पनीको खुद नोक्सानी घटेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ५३ करोड ६४ लाख ८६ हजार रूपैयाँभन्दा बढी रहेको छ भने जगेडा कोष रकम १५ करोड ३९ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । दिर्घकालिन कर्जा ७० करोड २५ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालिन कर्जा भने रहेको छैन् । गत वर्ष यस अवधिसम्म दिर्घकालिन कर्जा ७१ करोड ५८ लाख रूपैयाँभन्दा बढी रहेको थियो ।
अल्पकालिन कर्जा भने ७ करोड १६ लाख रूपैयाँभन्दा बढी थियो । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १ रूपैयाा ८४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ७१ रूपैयाँ ३० पैसा छ ।
रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. ५ करोड ७४ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा भने करीब २९ प्रतिशत कम हो । अघिल्लो आवमा कम्पनीले रू.७ करोड ९७ लाख नाफा कमाएको थियो ।
गत आवमा कम्पनीको सञ्चालन नाफा ऋणात्मक रहेकाले र खुद ब्याज आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । अघिल्लो आवमा कम्पनीको सञ्चालन नाफा रू. ४ करोड १६ लाख धनात्मक रहेकोमा गत आवमा रू. १ करोड ८८ लाख ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा १४ प्रतिशत कमि आएको हो ।
कम्पनीको चुक्ता पूँजी रू. ३९ करोड १४ लाख रहेको छ । कम्पनीले गत आवमा जगेडामा रू. १२ करोड ३६ लाख सञ्चिति गरेको हो । सो अवधिमा कम्पनीले रू. १ अर्ब ४० करोड सापटी लिएर, रू. ९८ करोड १४ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब ९० करोडभन्दा बढी कर्जा लगानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५६ पैसा (वार्षिक), तरलता अनुपात ५ दशमलव २१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव ३६ छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार गत आवको चौथो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. ५ करोड १७ लाखभन्दा बढी छ ।
सो अवधिमा कम्पनीले रू. ६ करोड ७४ लाख खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा भने २५ दशमलव ७५ प्रतिशतले घटेको हो । सो अवधिमा कम्पनीले रू. ९ करोड ९ लाख नाफा कमाएको थियो । गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेसँगै नाफा प्रभावित भएको छ । अघिल्लो आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू.७४ लाख ३९ हजार रहेकोमा गत आवमा बढेर रू. २ करोड ६७ लाख पुगेको छ ।
गत आवमा कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४८ पैसा रहेकोमा गत आवमा घटेर ६ रुपैयाँ ८८ पैसामा कायम भएको हो । गत आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ५४ दशमलव ५४ गुणा, तरलता अनुपात ३६ दशमलव ४६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३७ दशमलव ६० छ ।
कम्पनीको चुक्ता पूँजी रू. ९८ करोड १६ लाख छ । कम्पनीले जगेडामा रू. ३१ करोड ७३ लाख र रिटेन्ड अर्निङमा रू. ५ करोड १७ लाख सञ्चिति गरेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला
दशैंलाई रमाइलो गरेर मनाउन सबैले पैसा खर्च गर्छन् । तर नोटबाट फूल बनाएर मन्दिर सजाइएको सुन्दा अनौठो लाग्न सक्छ ।
भारतको आन्ध्र प्रदेशस्थित नल्लोरमा ऐतिहासिक वासनी कन्यका परमेश्वरी मन्दिरलाई ५ करोड १६ लाख भारतीय रुपैयाँ अर्थात् ८ करोड २५ लाख नेपाली रुपैयाँ बराबरका नोटबाट फूल बनाएर सजाइएको छ ।
त्यो मन्दिरलाई नोटका फूलले सजाइएको यो पहिलोपटक भने होइन । विगतमा पनि यसरी नै फूलका नोटबाट मन्दिरलाई सजाउने गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नल्लोर शहरी विकास प्राधिकरणका अध्यक्ष र मन्दिर कमिटीका सदस्य मुक्कला ...
भदौ १०, टोकियो । जापानले अमेरिकी फर्मा कम्पनी मोडेर्नाको कोभिड–१९ विरोधी खोपको १६ लाख ३० हजार मात्राको प्रयोगमा रोक लगाएको छ ।
घरेलु स्तरका केही बृहत् खोप केन्द्रहरुमा खोपको प्रयोग नभएका भाइलहरुमा बाह्य वस्तु भेटिएको भन्ने खबर आएको एक हप्ताभन्दा बढी समय बितिसकेपछि सो निर्णय गरिएको हो ।
सावधानी अपनाउन सोही प्रडक्शन लाइनमा उत्पादन गरिएका करीब १६ लाख ३० हजार मात्रा खोपको प्रयोग अहिलेको लागि आफूले स्थगित गरेको जापानमा मोडेर्नाको खोप विक्री वितरणको जिम्मा पाएका जापानी औषधि निर्माता कम्पनी ताकेदा फर्मास्युटिकल कम्पनीले बताएको हो ।
पछिल्लो समस्याका कारण सुरक्षा समस्या देखिन्छ कि देखिदैंन भनेर हेर्न भने बाँकी नै रहेको मन्त्रालय र कम्पनीले बताएका छन् । मन्त्रालयका अनुसार मोडेर्नाले यस मामिलामा अनुसन्धान गर्ने वाचा गरेको छ ।
ताकेदाले मोडेर्नालाई पनि आकस्मिक अनुसन्धानको लागि अनुरोध गरेको छ । असामान्य देखिएका खोपको कुनै पनि मात्रा प्रयोग नगर्न ताकेदाले स्वास्थ्य संस्था तथा अन्य निकायहरुलाई अनुरोध गरेको छ ।यस घटनाले देशमा कोरोना भाइरस विरोधी खोपको उपलब्धतामा पर्ने प्रभाव रोक्न प्रयास गरिने ताकेदाले बताएको छ ।
आईची, गिफु, इबाराकी, साइतामा र टोकियोमा खोपका ३९ भाइलमा बाह्य वस्तु पुष्टि भएका थिए । यी खोप स्पेनको कारखानामा उत्पादन गरिएको र सोही कारखानामा सोही समयमा १६ लाख ३० हजार मात्रा उत्पादन गरिएको र यी खोपहरु ३००४६६७, ३००४७३४ र ३००४९५६ लटमा पर्ने पनि बताइएको छ । सो लटका खोपहरु देशभरका करीब ८६३ खोप केन्द्रमा वितरण गरिएको छ ।
मन्त्रालयले हरेक केन्द्रलाई यिनीहरुको प्रयोग नगर्न अनुरोध गरेको छ । सम्बन्धित व्यक्तिहरुले प्रभवित खोप हो कि होइन भनेर जाँच्न सकुन् भनेर मन्त्रालयले लट नम्बर सार्वजनिक गरेको हो ।
जापानले मे महीनामा अनुमति दिएयता मोडेर्नाका १ करोड मात्राभन्दा धेरै खोप प्रयोग गरिसकेको छ । सरकारले कम्पनीसँग ५ करोड मात्रा खोपको लागि सम्झौता गरेको थियो । हाल १२ वर्ष वा सोभन्दा बढी उमेरकालाई मोडेर्नाको खोप लगाइरहेको छ । एजेन्सी
स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म थप १ करोड ५ लाख खोप आउने बताएका छन् । बिहीवार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै राज्यमन्त्री श्रेष्ठले जापानबाट यही शनिबार र आइतबार ८ लाख एस्ट्राजेनेका खोप आउने र दोश्रो चरणमा थप ८ लाख खोप आउने जानकारी गराए । यस्तै चीनबाट यही १५ तारिखभित्र १६ लाख खोप आउने बताए । चीनबाट नै साईनोफार्मको ६० लाख भेरोसेल खोप आउने र भारतबाट १० लाख खोप आइपुग्ने जानकारी गराए । यस्तै भुटानबाट ३ लाख कोभिडशील्ड खोप आउनेक्रममा रह
पाँचथर । पाँचथर जिल्लामा द्धन्द्धकालमा विस्थापित भएका परिवार र मृतकका लागि आएको साढे २ करोड रुपैयाँ रकम फ्रिज भएको छ । द्धन्द्धकालको समयमा विस्थापित भएका परिवारका लागि आएको ५ करोड १६ लाख ७५ हजार रुपैया मध्ये २ करोड ४७ लाख ९५ हजार रुपैया रकम फ्रिज भएको हो ।