द्वन्द्वपीडितको साढे २ करोड खातामा त्यसै छ, पीडितलाई दिईँदैन जितेन्द्र भण्डारी

पाँचथर । पाँचथर जिल्लामा द्धन्द्धकालमा विस्थापित भएका परिवार र मृतकका लागि आएको साढे २ करोड रुपैयाँ रकम फ्रिज भएको छ । द्धन्द्धकालको समयमा विस्थापित भएका परिवारका लागि आएको ५ करोड १६ लाख ७५ हजार रुपैया मध्ये २ करोड ४७ लाख ९५ हजार रुपैया रकम फ्रिज भएको हो ।

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीमा ठगिएकालाई २ करोड चार लाख क्षतिपूर्ति

सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई  दुई करोड चार लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ । आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका पीडितलाई सामीले उक्त क्षतिपूर्ति रकम दिलाउन सहजीकरण गरेको हो । वैदेशिक रोजगारमा गएका कामदार र उनीहरूका परिवारलाई कानुनी सहायताका लागि प्राप्त उजुरी एक […]

वैदेशिक रोजगारीमा ठगिएकालाई २ करोड ४ लाख क्षतिपूर्ति

१४ असार, तनहुँ । सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई दुई करोड चार लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ । आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका पीडितलाई सामीले उक्त क्षतिपूर्ति रकम दिलाउन सहजीकरण गरेको हो । वैदेशिक रोजगारमा गएका कामदार र उनीहरूका परिवारलाई कानुनी सहायताका […]

साढे २ करोड ठगी गर्ने महिला पक्राउ

ठगी तथा आपराधिक विश्वासघात कसुरमा संलग्न रहेको अभियोगमा काठमाडौँ महानगरपालिका-१६ घर भएकी ५४ वर्षीया बिमला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।पीडितको नवलपरासी जिल्लास्थित जग्गा/जमिन खण्डीकरण र बिक्री गरी सो बापत प्राप्त प्रतिफल बाँडफाँड गर्ने लगायतको झुक्यानमा पारी जग्गा लिई पीडितलाई दिनुपर्ने नगद २ करोड ५६ लाख रुपैयाँ नदिई फरार रहेकी उनलाई महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-१६ बालाजुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला

बाढी पीडितलाई नगद सहयोग

झापा जिल्लाका ४ पालिकाका १ हजार ६६५ परिवारलाई विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) मार्फत २ करोड २५ लाख रुपैयाँ रकम आएको छ । सहयोग रकम नेपाल रेडक्रस सोसाइटी झापा शाखाले बाढी प्रभावित क्षेत्रका वासिन्दालाई वितरण गर्न शुरूआत गरेको छ । डब्ल्यूएफपीमार्फत आएको रकम गौरीगञ्ज गाउँपालिका–१, २ का ३६८, झापाको वडा नम्बर १, २, ३, ६ का ६७२, कनकाई नगरपालिका–४ का १८६ र शिवसताक्षी नगरपालिकाको २, ४, ५, ६, ८, ९ र १० का ४३९ परिवारलाई नगद सहायता रकम वितरण गरिरहेको नेरेसो जिल्लाका सभापति लोकराज ढकालले जानकारी दिए । ...

बैङ्किङ कसुर मुद्दामा २ करोड १७ लाख जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

बैङ्किङ कसुर मुद्दामा २ करोड १७ लाख रकम जरिवाना र पीडितलाई भराउनुपर्ने फैसला भएपछि फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको बूढानीलकण्ठ घर भएका ६७ वर्षीय कृष्णबहादुर थापालाई वीरगञ्जबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।रवीन्द्र थापाको जाहेरीमा उच्च अदालत पाटनले कृष्णबहादुर विरुद्ध २०७७ मंसिरमा १ करोड २५ लाख बिगो र ७५ लाख जाहेरवालालाई भराउने फैसला गरेको थियो । बैङ्किङ कसुरको सो मुद्दामा उनलाई अदालतले १७ दिन कैद तोकेको थियो

सरकारले दियो विपद् पीडितलाई नीजि आवास पुनर्निर्माण गर्न २ करोड ८६ लाख

काठमाडौं। सरकारले यसवर्षको मनसुनबाट घर क्षति भई पुनर्निर्माण गर्नुपर्ने विपद् पीडित लाभग्राहीलाई नीजि आवास पुनर्निर्माण गर्न दुईकरोड८६ लाख रुपैयाँ निकासा गरेको छ। उक्त रकम लाभग्राहीलाई वितरण गर्ने प्रक्रियामा रहेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जनाएका छन्। बाढी पहिरो पीडितको नीजि आवास पुनर्निर्माण कार्यलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उच्च प्राथमिकतामा साथ अघि बढाउने मन्त्रालयको तयारी रहेको उनले बताए।

मेलम्चीको बाढी पीडितका लागि २ करोड ३१ लाख सहयोग

असार ३, सिन्धुपाल्चोक । मेलम्ची बाढी पीडितहरूको लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ । बिहीबार साँझसम्म २ करोड ३१ लाख सहयोग प्राप्त भएको छ । ‘अहिलेसम्म २ करोड ३१ लाख रकम सहयोगको बचनबद्धता प्राप्त भएको छ’, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले भने– ‘केहि रकम आईनै सकेको छ ।’ सबैभन्दा बढी रकम काठमाडौं महानगरपालिकाले सहयोग गर्ने जनाएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्चीका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्चीका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् । यो रकम बाढी प्रभावितको राहत तथा उद्दारका लागि खर्च गर्नका लागि दिइने मेयर शाक्यले बताएका छन् । हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको उनले बताएका छन् । ‘हामीलाई काठमाण्डौ महानगरपालिकाले २ करोड सहयोग गर्ने पत्र पठाएको छ’, मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले भने– ‘चौतारा साँगाचोकगढी नगरपालिका, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाले पनि सहयोगको वचन दिएका छन् ।’ कागेश्वरी मनोहरा नगरपालिकाले पनि मेलम्चीका बाढीपीडितका २० लाख रुपैंया सहयोग गर्ने जनाएको छ । ‘आपत विपद्मा सहयोग गर्नु हामी सबैको दायित्व हो’, नगर प्रमुख कृष्णहरि थापाले भने– ‘मेलम्ची बाढी पहिरोबाट विस्तापितलाई सहयोग पुगोस् भनेर तुरुन्त यो निर्णय गरोका हौं ।’ उनका अनुसार एक दुई दिनमै सो रकम हस्तान्तरण गरिने तयारी गरिएको छ ।  चौतारा साँगाचोकगढी नगरपालिकाले ६ लाख सहगोग गर्ने जनाएको छ । नगर बिहीबार बसेको नगर विपद ब्यवस्थापन समितिको बैठकले नगरपालिकाले बाढीबाट प्रभावित हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकालाई ६ लाख सहयोग गर्ने निर्णय गरेको हो । ‘हाम्रो जिल्लामा यत्ति ठूलो विपद् पर्दा सो क्षेत्रका स्थानीयलाई केहि मात्रामा भएपनि सहयोग मिलोस् भनेर हामीले ६ लाख रुपैंया प्रदान गर्ने निर्णय गरेका हौं’, चौतारा साँगाचाकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले भने । त्यस्तै गोकर्णेश्वर नगरपालिकाले ५ लाख सहयोग गर्ने जनाएको छ । विपत्तमा परेकाहरूलाई राहत उपलब्ध गराउन नगरपालिकाको तर्फबाट ५ लाख सहयोगको घोषणा गरिएको गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले बताए । ‘हाम्रो छिमेकी जिल्ला सिन्धुपाल्चोक यतिबेला बाढी र पहिरोको चपेटोमा परेको छ । सयौं जनता विस्थापित बन्न पुगेको खबर पाएका छौं’, चालिसेले भने– ‘यस्तो दुःखद घडीमा राहत स्वरुप ५ लाख उपलब्ध गराउने निर्णय गरेका छौं ।’ बाढी पीडितहरूलाई विभिन्न संघ संस्थाले खाद्यान्न, त्रिपाल, लत्ताकपडा सहयोग गरिरहेका छन् । ‘हामीले प्राप्त सहयोगलाई एकद्वार प्रणालीमार्फत पीडितलाई वितरण गरिरहेका छौं’, मेलम्ची विपद् समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले भने– ‘हामीले राहत प्रदान गर्ने संघ संस्थालाई पनि एकद्वार प्रणालीमार्फत दिन आह्वान गरेका छौं ।’   मंगलबार साँझ मेलम्ची नदीमा आएको बाढीका कारण तीन जनाको मृत्यु भईसकेको छ भने १७ जना सम्पर्कविहीन भएका छन् । मृत्यु हुनेमा मेलम्ची खानेपानी आयोजनामा काम गर्ने दुई जना चिनियाँ र एक जना भारतीय नागरिक छन् । चिनियाँ नागरिक गोङ टियान छिगोको शव इन्द्रावती ११ मा फेला परेको हो भने अर्का चिनियाँ नागरिक यु चि झुको सिन्धुली जिल्ला, सुनकोशी ५ मा शव फेला परेको हो । त्यस्तै, भारतीय नागरिक कमललोचन महतोको सिन्धुली जिल्लाकै सुनकोशी– ७ को सुनकोशी नदी किनारमा शव फेला परेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए । बाढीले विभिन्न स्थानमा गरी ९ वटा पुल बगाएको छ । हेलम्बु गाँउपालिकाको वडा नं. १ र ६, २ र ६, चिउरीखर्क र वडा नं. १ को १–१ वटा गरी ४ वटा र मेलम्ची नगरपालिकाको तिपेनी जाने १ वटा सहित ५ वटा झोलुङ्गे पुल बगाएको छ । त्यस्तै, हेलम्बु गाउँपालिकाकै तिम्बु, हल्दे र नाकोतेको १÷१ वटा र मेलम्ची नगरपालिकाको १० र ११ जोड्ने पक्की पुलसमेत बगाएको छ ।

काठमाडौँ महानगरले मेलम्ची र हेलम्बुका बाढी पीडितलाई २ करोड सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार (आज) आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् । उक्त रकम भौतिक पूर्वाधार निर्माणमा खर्चका लागि दिइने […]

बाढी पीडितलाई अक्षय कुमारले दिए २ करोड :: Pahilopost.com

बलिउड अभिनेता अक्षय कुमारले भारतको उतरपूर्वी राज्य असमका बाढी पीडितलाई भारु २ करोड सहयोग गरेका छन्। असममा बाढीका कारण मानिसहरुको जनजीवन प्रभावित भएको छ।   अक्षयले असमको मुख्यमन्त्री राहत कोषलाई १ करोड र काजीरंग नेशनल पार्कलाई १ करोड गरी २ करोड सहयोग गरेका हुन्। अक्षयले ट्वीटरमार्फत आफूले बाढी पीडितलाई