काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार गत आवको चौथो त्रैमाससम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. ५ करोड १७ लाखभन्दा बढी छ ।
सो अवधिमा कम्पनीले रू. ६ करोड ७४ लाख खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा भने २५ दशमलव ७५ प्रतिशतले घटेको हो । सो अवधिमा कम्पनीले रू. ९ करोड ९ लाख नाफा कमाएको थियो । गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेसँगै नाफा प्रभावित भएको छ । अघिल्लो आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू.७४ लाख ३९ हजार रहेकोमा गत आवमा बढेर रू. २ करोड ६७ लाख पुगेको छ ।
गत आवमा कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४८ पैसा रहेकोमा गत आवमा घटेर ६ रुपैयाँ ८८ पैसामा कायम भएको हो । गत आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ५४ दशमलव ५४ गुणा, तरलता अनुपात ३६ दशमलव ४६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३७ दशमलव ६० छ ।
कम्पनीको चुक्ता पूँजी रू. ९८ करोड १६ लाख छ । कम्पनीले जगेडामा रू. ३१ करोड ७३ लाख र रिटेन्ड अर्निङमा रू. ५ करोड १७ लाख सञ्चिति गरेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला