विराटनगर (अस) । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि मोरङका १७ स्थानीय तहलाई ८ अर्ब २७ करोड ६१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ, जसमा समानीकरण अनुदानमार्फत ३ अर्ब १ करोड ५२ लाख, सशर्त अनुदानमार्फत ४ अर्ब ८६ करोड ९३ लाख, विशेष अनुदान मार्फत १८ करोड ४८ लाख र समपूरक अनुदानमार्फत २० करोड ६५ लाख रुपैयाँ छ ।
जिल्लाका विराटनगर महानगरपालिकाले १ अर्ब २१ करोड ८५ लाख बजेट पाएको छ । महानगरले पाएको यो बजेट चालू आर्थिक वर्षको भन्दा २ करोड बढी हो । विराटनगरले आगामी वर्षका लागि विशेष अनुदानमार्फत ४ करोड, सशर्त ७२ करोड १७ लाख र समानीकरण अनुदानमार्फत ४५ लाख ६८ हजार पाउने भएको छ ।
मोरङका आठ नगरपालिकामध्ये सबैभन्दा बढी बजेट पाउने नगरपालिका सुन्दरहरैंचा नगरपालिका हो । उक्त नगरपालिकाले ६८ करोड २७ लाख अनुदान पाउने भएको छ । सबैभन्दा कम अनुदान पाउने नगरपालिका भने लेटाङ हो । लेटाङ नगरपालिकालाई ३६ करोड ३९ लाख विनियोजन गरिएको छ । यसैगरी उर्लाबारी नगरपालिकालाई ६१ करोड १७ लाख, पथरीशनिश्चरे नगरपालिकालाई ४६ करोड ३० लाख, बेलबारी नगरपालिकालाई ५२ करोड ३९ लाख, रंगेली नगरपालिकाका लागि ४७ करोड ३२ लाख, रतुवामाई नगरपालिकाका लागि ५१ करोड ६९ लाख र सुनवर्षी नगरपालिकाका लागि ३९ करोड ६६ लाख बजेट परेको छ । यस्तै आठओटा गाउँपालिका रहेको मोरङमा सबैभन्दा बढी बजेट बूढीगंगा गाउँपालिकाले ४३ करोड ६२ लाख रुपैयाँ बजेट पाएको छ । सबैभन्दा कम भने कटहरी गाउँपालिकाले ३३ करोड ३१ लाख बजेट पाएको छ ।
यसैगरी कानेपोखरी गाउँपालिकाले ३९ करोड ७७ लाख, केराबारी गाउँपालिकाले ३५ करोड ६२ लाख, ग्रामथान गाउँपालिकाले ३६ करोड ८५ लाख, जहदा गाउँपालिकाले ३८ करोड २२ लाख, धनपालथान गाउँपालिकाले, ३७ करोड १६ लाख र मिक्लाजुङ गाउँपालिकाले ३८ करोड २ लाख बजेट पाएका छन् ।
विराटनगर । आन्तरिक किचलोको कारण अघिल्ला आर्थिक वर्षहरूमा समयमै बजेट ल्याउन नसकेका मोरङका १७ स्थानीय तहले यसपटक समयमै (असार १० गतेभित्र) ल्याएका छन् । आगामी आव २०७८/२०७९ का लागि एक महानगर आठ नगर र आठ गाउँपालिकाले नगर/गाउँसभामा १२ अर्ब ३० करोड ९० लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
कतिपय स्थानीय तहले असार १० अगावै नीति तथा कार्यक्रम र बजेट नगर/गाउँसभामा पेश गरिसकेका थिए । जिल्लामा विराटनगर महानगरपालिकाले जिल्लामा सबैभन्दा बढी रू. ४ अर्ब १० करोड ३ लाख र ग्रामथान गाउँपालिकाले सबैभन्दा कम ४४ करोड रुपैयाँको बजेट ल्याएका छन् ।
यसैगरी सुन्दरहरैचा नगरपालिकाले २ अर्ब १५ करोड १२ लाख, बेलबारी नगरपालिकाले १ अर्ब ३५ करोड ७० लाख, पथरीशनिश्चरे नगरपालिकाले ९५ करोड ६६ लाख, लेटाङ नगरपालिकाले ९० करोड ८६ लाख, उर्लाबारी नगरपालिकाले ८५ करोड ७४ लाख, रंगेली नगरपालिकाले ७१ करोड ७८ लाख, रतुवामाई नगरपालिकाले ६७ करोड ४५ लाख र सुनवर्षी नगरपालिकाले ५८ करोड ५३ लाख रुपैयाँको बजेट पेश गरेका छन् ।
एक महानगर र आठ नगरपालिकाले आगामी आवका लागि ७ अर्ब ६१ करोड ८ लाख रुपैयाँको बजेट ल्याएका छन् । त्यसैगरी आठ गाउँपालिकाकाले ४ अर्ब ६९ करोड ८२ लाख रुपैयाँको अनुमानित आयव्यय प्रस्तुत गरेका हुन् ।
गाउँपालिका अन्तर्गत केराबारी गाउँपालिकाले ८० करोड ८९ लाख, कानेपोखरीले ७६ करोड ९७ लाख, मक्लिाजुङ गाउँपालकिाले ७० करोड ७१ लाख, बुढीगंगाले ५६ करोड ३२ लाख, धनपालथान गाउँपालिकाले ४८ करोड १५ लाख, जहदाले ४७ करोड ७५ लाख, कटहरीले ४४ करोड ९९ लाख र ग्रामथानले ४४ करोड २ लाख रुपैयाँ बजेट ल्याएका छन् ।
यसपटक प्रदेश १ सरकारले पनि असार १ गते नै प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ । प्रदेश १ सरकारका आर्थिक ममिला तथा योजनामन्त्री टंक आङ्बुहाङले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएका हुन्, जुन अहिले प्रदेशसभामा छलफलको क्रममा छ । आर्थिक विधेयक पारित भएको अवस्थामा आइतवार हुने प्रदेशसभाको बैठकमा बजेट पनि पारित हुनेछ ।
उर्लाबारी नगरपालिकाको शुक्रबार साँझ सम्पन्न प्रथम नगरसभाले चालू आव २०७४/७५ का लागि ४८ करोड ११ लाख १३ हजार ५३३ रुपैयाँको बजेट पारित गरेको छ । नगरसभाले यस वर्ष नगरपालिकाका नौवटै वडामा पूर्वाधार विकासको कार्यक्रमलाई विशेष प्राथमिकताका साथ अघि बढाउने गरी बजेट पारित गरेको नगर प्रमुख खड्ग फागोले जानकारी दिए । नगरसभाले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता…
उर्लाबारी (मोरङ) । उर्लाबारी नगरपालिकाको शुक्रबार साँझ सम्पन्न प्रथम नगरसभाले चालू आव २०७४/७५ का लागि ४८ करोड ११ लाख १३ हजार ५३३ को बजेट पारित गरेको छ ।