औद्योेगिक क्षेत्र विस्तार( सम्पादकीय)

सरकारले प्रस्ताव गरेका १५ नयाँ औद्योगिक क्षेत्रमध्ये आगामी पाँच वर्षमा सम्पन्न गर्ने गरी छ वटा क्षेत्रको निर्माण कार्यलाई तीव्रता दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्नुभएको छ । यसैगरी १६ गते उहाँले दमकमा चीन–नेपाल मैत्री औद्योगिक पार्क शिलान्यास गर्नुहुने कार्यक्रम छ । यसबीच बाँके, रुपन्देही र मकवानपुरमा पनि औद्योगिक क्षेत्रको शिलान्यास हुनेछ । सबै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको नीतिअनुसार १५ मध्ये छ वटा औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडि बढाएको छ । वर्तमान सरकारको चालू नीति तथा बजेट वक्तव्यमा सबै प्रदेशमा कम्तीमा एक औद्योगिक क्षेत्र स्थापना गर्न बजेट विनियोजन गरिएको छ । औद्योगिक क्षेत्र निर्माणमा आवश्यकपर्ने जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृतिजस्ता प्राथमिक गृहकार्य सम्पन्न भइसकेकाले आगामी पाँच वर्षपछि सुविधा सम्पन्न क्षेत्र निर्माण भई औद्योगिक लगानीलाई सहज गर्ने निश्चित छ । कञ्चनपुरको दैजीछेला (सुदूरपश्चिम), बाँकेको नौबस्ता र रुपन्देहीको मोतीपुर (लुम्बिनी), चितवनको शक्तिखोर र मकवानपुरको मयूरधाप (बागमती) तथा झापाको दमक (प्रदेश १) औद्योगिक क्षेत्र निर्माणका लागि सरकारले २०७२ चैतमा निर्णय गरेको थियो । औद्योगिक क्षेत्रको निर्माणले उद्योगीलाई भाडा, जग्गा उपभोग, विद्युत् आपूर्ति, कच्चा तथा उत्पादित वस्तुको ढुवानीमा सहजता हुनेछ भने श्रमिकका बालबच्चा स्याहार केन्द्र सञ्चालनजस्ता सामाजिक उत्तरदायित्वका कार्यमा पनि सहजता हुनेछ । थप छ वटा औद्योगिक क्षेत्र स्थापनाका लागि करिब डेढ खर्ब रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ । राज्यले यति ठूलो लगानी गरिसकेपछि औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्न प्रोत्साहित गर्नु त्यत्तिकै आवश्यक छ । स्वदेशी लगानीमा निर्माण हुने मयूरधाप, दैजीछेला र नौबस्ता औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यकपर्ने २५ अर्ब रुपियाँ उपलब्ध गराउन उद्योग र अर्थमन्त्रीले संयुक्त प्रतिबद्धता गर्नुभएकाले रकमको अभाव हुनेछैन । शक्तिखोर तथा मोतीपुर औद्योगिक क्षेत्र निर्माणमा वैदेशिक लगानी खोजी भइरहेकाले स्रोत व्यवस्थापन सुनिश्चित गर्नुपर्ने पहिलो आवश्यकता हुनेछ ।

सम्बन्धित सामग्री

बालाजु औद्योगिक क्षेत्र

करिब ६३ वर्षअघि स्थापना भएको बालाजु औद्योगिक क्षेत्र देशकै पहिलो औद्योगिक क्षेत्र हो । औद्योगीकरणका माध्यमबाट मुलुकमा आर्थिक विकास गर्ने उद्देश्यले ५ फागुन ०१६ मा यस औद्योगिक क्षेत्रको शिलान्यास तत्कालीन राजा...

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी

बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घ, बुटवलले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकलौटी रूपमा गरेको औद्योगिक क्षेत्रको भाडा वृद्धि खारेजीको माग गर्दै बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेको छ ।नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले घोषणा गरेको चरणबद्ध आन्दोलनको कार्यक्रमअन्तर्गत आज कालो ब्यानरसहित बुटवल औद्योगिक क्षेत्र उद्योग सङ्घ, रुपन्देही उद्योग सङ्घ र नेपाल उद्योग परिसङ्घको नेतृत्वमा गएका उद्योगीहरूले व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रशासन प्रमुखको कार्यकक्षमा तालाब

विराटनगरका तीन वडाका केही क्षेत्र मात्र कृषि क्षेत्र

टङ्कीसिनवारी– विराटनगर महानगरपालिकाको तीन वडाका केही क्षेत्रलाई मात्र कृषि क्षेत्र तोकिएको छ । महानगरपालिकाका कूल १९ वडामध्ये वडा नं १४, १६ र १८ का केही क्षेत्रलाई कृषि क्षेत्र निर्धारण गरी बाँकी १६ वटा वडालाई गैरकृषि क्षेत्र तोकिएको हो । महानगरपालिकाको भू-परिषद्को बैठकले वडा नं १४, १६ र १८ को हकमा चार किल्ला खुलाई कृषि क्षेत्र […]

सुनसरीमा चार क्षेत्र : गच्छदार र चौधरीको प्रतिस्पर्धा रहेको क्षेत्र बढी चर्चामा

सुनसरी - सुनसरीमा प्रतिनिधि सभाका लागि चारवटा क्षेत्र रहेकोमा क्षेत्र नम्बर १ मा एमाले–जसपाबाट अशोक राई र सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो उम्मेदवार छन् । यस्तै, निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सीताराम मेहता र एमालेका भीम आचार्य चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरी पुनः प्रतिस्पर्धामा छन् । क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीश कुसियत प्...

मुख्यसचिव कोईरालाले भने-सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो भएन

काठमाडौँ । पूर्व मुख्यसचिव विमल कोईरालाले सरकार सरकार जस्तो र निजी क्षेत्र निजी क्षेत्र जस्तो नभएको बताएका छन् ।  बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वमुख्य सचिव कोईरालाले यस्तो बताएका हुन् । उनले सरकार र निजी क्षेत्र सहकार्य गरेर मुलुक भित्र उत्पादन र उत्पादकत्व […]

संरक्षित क्षेत्र घोषणा र विस्तार तत्काल रोक्न माग

सामुदायिक वन उपभोक्त महासंघले संरक्षित क्षेत्र निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र, मध्यवर्ति क्षेत्र, वातावरण संरक्षण क्षेत्र र वन संरक्षण क्षेत्र विस्तार तथा घोषणा गर्ने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।

चलचित्र क्षेत्र अझै अनिश्चित

काठमाडौं, असार २७ । निषेधाज्ञा विस्तारै खुकुलो हुँदै अधिकांश क्षेत्र क्रमिक रूपमा खुल्न थाले पनि चलचित्र क्षेत्र अझै निषेधमै छ । लामो निषेधाज्ञाले चलचित्र क्षेत्रले ठूलो घाटा बेहोर्नुका साथै यससँग सम्बन्धित हजारौँ मानिस बेरोजगार भएका छन् । निषेधाज्ञा क्रमिक रूपमा खुकुलो हुँदै गएको अवस्थामा चलचित्र क्षेत्र पनि खुला हुनुपर्ने माग गरिएको छ । चलचित्र निर्माता […]

घोराहीमा औद्योगिक क्षेत्र घोषणा

दाङ-नेपाल सरकारले घोराही उपमहानगरपालिकामा औद्योगिक क्षेत्र घोषणा गरेको छ । दाङको घोराही उपमहानगरपालिका वडा नं ३ र ५ को क्षेत्रमा औद्योगिक क्षेत्र घोषणा गरिएको हो ।नेपाल सरकारको यही माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले औद्योगिक क्षेत्र घोषणा गरेको हो । लामो समयदेखि दाङमा औद्योगिक क्षेत्र स्थापनाको लागि दाङ उद्योग वाणिज्य संघले पहल गर्दै आएको थियो […]

दाङ औद्योगिक क्षेत्र घोषणा : नीजि क्षेत्र हर्षित

सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र कार्यान्वयनका लागि स्थानीय तह घोराही उपमहानगरपालिकाले स्थानीय तवरमा प्रकृया थाल्ने छ । यसका लागि नीजि क्षेत्र दाङ जिल्ला उद्योग वाणिज्य संघले आवश्यक समन्वयको गर्नेछ । उक्त क्षेत्रमा बसोबास गरेका नागरिकहरुको उचित ब्यवस्...