संरक्षित क्षेत्र घोषणा र विस्तार तत्काल रोक्न माग

सामुदायिक वन उपभोक्त महासंघले संरक्षित क्षेत्र निकुञ्ज, आरक्ष, संरक्षण क्षेत्र, मध्यवर्ति क्षेत्र, वातावरण संरक्षण क्षेत्र र वन संरक्षण क्षेत्र विस्तार तथा घोषणा गर्ने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन् । 

सम्बन्धित सामग्री

१० वर्षअघिको आर्थिक अभियानबाट: अन्नपूर्ण क्षेत्रमा होटेल थप्ने तयारी

अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका पर्यटकीय स्थानमा होटलको संख्या बढाउने प्रकिया शुरू भएको छ । स्थानीय नागरिकको सहमति र सरोकारवालासँगको परामर्शबाट आगामी अक्टोबर महीनाभित्र नयाँ होटल निर्माण तथा पुराना चारओटाको क्षमता विस्तार गरिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का पर्यटन अधिकृत नरेन्द्र लामाले बताए । ‘यसबारे एक्यापले आन्तरिक रूपमा अध्ययन गरिरहेको छ,’ लामाले भने । होटल विस्तारले संरक्षित क्षेत्रको वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले भूबनोट अध्ययन गरी निर्णय लिनुपर्ने प्रावधान रहेको छ । एक्यापले संरक्षित क्षेत्र व्यवस्थापनका लागि संरक्षित क्षेत्रअन्तर्गत पाँच जिल्लाका ५७ गाविसमा स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समिति गठन गरेको छ । ती समितिलाई त्यस क्षेत्रमा आवश्यक पर्यटकीय पूर्वाधार निर्माण र व्यवस्थापनको जिम्मा दिएको छ ।  वर्ष ६, अंक २१५, बिहीवार, ७ वैशाख, २०६९

गोदावरी फुलचोकी वन संरक्षण क्षेत्र घोषणा खारेज गर्न माग

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले गोदावारी फुलचोकी वन संरक्षण क्षेत्र खारेज गरी मानव अधिकार र सामुदायिक वन अधिकार सुनिश्चित गर्न माग गरेका छन् । नेपालमा अब थप तथा अतिरिक्त संरक्षित क्षेत्र घोषणा वा विस्तार गर्नु भनेको अन्तर्राष्ट्रिय लक्ष्य र मान्यताविपरीत रहेको भन्दै खारेजीको माग गरिएको हो ।वन तथा वातावरण मन्त्रालयले ललितपुर र काभ्रेपलाञ्चोक जिल्लामा […]

संरक्षित क्षेत्र विस्तार खारेजीको माग गर्दै वन महासंघ आन्दोलित

काठमाडौँ : सामुदायिक वन उपभोक्ता महासङ्घले सङ्घीय वन ऐन एवं नियमावलीका साथै संरक्षित क्षेत्र घोषणा तथा विस्तार कार्य समुदायको विरुद्धमा रहेको भन्दै खारेज गर्न माग गरेको छ । महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले आज गण्डकी प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापालाई कार्यकक्षमा ज्ञापनपत्र बुझाउँदै सङ्घीय वन न…

संरक्षित क्षेत्र विस्तार आवश्यकता हो ?

प्राकृतिक सम्पदा तथा जैविक विविधताले भरिपूर्ण भएको मुलुक हो नेपाल । वन्यजन्तु, वनस्पति र जैविक विविधता तथा तिनको समग्र पारिस्थितिकीय प्रणालीलाई संरक्षण, व्यवस्थापन र सदुपयोग गर्ने उद्देश्यले वि.सं. २०३७ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको स्थापना भएको थियो । नेपालमा रहेका विभिन्न वनस्पति, वन्यजन्तु, भू–दृश्यहरूको संरक्षण, संवद्र्धन तथा व्यवस्थापन गर्ने उद्देश्यले स्थापित राष्ट्रिय निकुञ्ज […]

संरक्षित क्षेत्र विस्तार भए आन्दोलन गर्ने फेकोफनकोे चेतावनी

सामुदायिक वन उपभोक्ता महासंघ फेकोफनले संरक्षित क्षेत्र विस्तार भए आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले संरक्षण क्षेत्र विस्तार गर्दा सामुदायिक वन उपभोक्ताहरूको वन पैदावार उपभोगको अधिकार खोसिने भन्दै आन्दोलन गर्ने चेतावनी दिएको हो । काठमाडौं, ललितपुर, मकवानपुर र धादिङको फूलचोकी–चन्द्रागिरी क्षेत्र,धादिङको रुवी उपत्यकासहितको उत्तरी क्षेत्र, संखुवासभा, तेह्थुम र ताप्लेजुङ्गको तीनजुरे–मिल्के–जलजले लगायतका क्षेत्रमा वन संरक्षण […]

निकुञ्‍ज, आरक्ष र संरक्षण क्षेत्र विस्तारप्रति फेकोफनको आपत्ति

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन) ले नयाँ निकुञ्‍ज, आरक्ष र संरक्षित क्षेत्र घोषणा र संरक्षण क्षेत्र विस्तार गर्ने सरकारको तयारीप्रति आपत्ति जनाएको छ । यसै साता काठमाडौँमा देशभरका करिब ३ सय जना प्रतिनिधिको उपस्थितिमा सम्पन्न भएको फेकोफनको आठौं राष्ट्रिय परिषद्ले २१ बुँदे घोषणा पत्र जारी गरेको छ ।

पर्यापर्यटन बढाउन संरक्षित क्षेत्र विस्तार गरिने

सरकारले संरक्षित क्षेत्र विस्तार गर्ने तयारी गरिरहेको छ । मध्यपहाडी क्षेत्रमा संरक्षित क्षेत्र विस्तार गरेर वन्यजन्तु जोगाउन र पर्यापर्यटन विकासका लागि संरक्षित क्षेत्रको क्षेत्रफल बढाउने तयारी भएको हो ।हिमाली क्षेत्र र तराई भूभागमा संरक्षित क्षेत्र विस्तार भए पनि पहाडी क्षेत्रमा भने शिवपुरी राष्ट्रिय निकुञ्जमात्रै छ । पहाडी क्षेत्रमा पनि संरिक्षत क्षेत्र विस्तार गरेर पर्यापर्यटन बढाउने […]

संरक्षण क्षेत्र विस्तार रोक्न माग

सामुदायिक वन उपभोक्ता महासंघले संरक्षण क्षेत्र विस्तार रोक्न माग गरेको छ । संरक्षित क्षेत्र घोषणा गर्दा उपभोक्ताको वन पैदावार उपभोग गर्ने अधिकार खोसिएको भन्दै विस्तार रोक्न फेकोफनले माग गरेको हो ।डाल्पा, जुला, हुम्ला, ललितपुरको गोदावारी, डडेधुरालगायतका जिल्लाहरुमा संरक्षित क्षेत्र घोषणा गर्ने प्रस्तावमा छलफल भइरहको छ । सामुदायिक वनले संरक्षण गरीरहेको क्षेत्रमा संरक्षण क्षेत्र विस्तार भए […]